किशोरी रुपान्तरण शिक्षाले बाल बिबाह न्यूनिकरणमा थप सहयोग पुगेको छ: का.वा. गा.पा. अध्यक्ष बुढामगर

कार्तिक २३,
जैपा रोल्पा   नेपाल रेडक्रक सोसाइटी जिल्ला शाखा रोल्पाद्वारा परिवर्तन गाउँपालिका ५ राङ्कोट रोल्पामा सञ्चालित बाल बिबाह न्यूनिकरण कार्यक्रम अन्तर्गत किशोरी रुपान्तरण शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम शनिबार जैपा राङ्कोट रोल्पामा सम्पन्न भएको छ । किशोरी रुपान्तर शिक्षाबाट किशोरीहरुलाई बाल बिबाह लगायत जीवन निर्वाह सम्बन्धि ज्ञान अभिवृद्धिमा थप सहयोग भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि एवं परिवर्तन गाउँपालिका कार्यबाह अध्यक्ष एवं ५ नं. वडा अध्यक्ष सुकबहादुर बुढामगरले बाल बिबाह न्यूनिकरण कार्यक्रम अन्तर्गत किशोरी रुपान्तरण शिक्षाले वडामा बाल बिबाह न्यूनिकरणमा थप सहयोग पुगेको बताउनुभयो । वडालाई निकट भविष्यमा बाल बिबाहमुक्त वडा घोषणाको लक्ष्य सहित वडा कार्यालय बाल बिबाहलाई अन्त्य अभियानमा निरन्तर सञ्चालन भइरहेको समयमा किशोरी रुपान्तरण शिक्षाबाट किशोरीहरुमा बाल बिबाहले तत्काल र दीर्घकालीन असरको बारेमा ज्ञान अभिवृद्धिमा समेत सहयोग पुगेको धारणा व्यक्त गर्नुभयो ।

नेपालको संविधानमै बाल बिबाहलाई समाजिक अपराधको रुपमा स्वीकार्यको अवस्थामा वडामा वडा कार्यालयले बाल बिबाह नहुनको निम्ति सहजिकरण गर्दै आएको छ तर वडाको सहजिकरणलाई वडाबासीले वेवास्ता गरी बाल बिबाह गरिए पनि त्यो बिबाहलाई वडा कार्यालयले खारेजी गर्दै आएको कार्यक्रममा प्रमुख अतिथि बुढामगरले बताउनुभयो । साथै निकट अभिवष्यमा परिवर्तन गाउँपालिकालाई नै बाल बिबाह गाउँपालिका घोषणाको निम्ति कार्य विधि बनि सकेको छ, अब त्यो कार्य विधिलाई गाउँपालिको सबै वडाहरुमा प्रभावकारी कार्यन्वयन गर्नमा समेत बाल बिबाह न्यूनिकरण कार्यक्रमले समेत सहयोग भुमिका निर्वाह विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । प्रमुख अतिथि बुढामगरले अब गाउँपालिकामा समाजिक विकृति विसंगतिहरुलाई अन्त्य गरी सभ्य गाउँपालिका बनाउने समेत कार्यक्रममा उद्घोष गर्नुभयो । समग्र गाउँपालिकाको अभियानहरुलाई सफल बनाउन गाउँपालिकाबासीहरुको समेत महत्वपूर्ण भूमिका रहने भएको हुँदा सम्पूर्ण गाउँपालिकाबासीहरुलाई सहयोगी भूमिका लागि हार्दिक अनुरोध गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा परिवर्तन गाउँपालिका १ नं. वडा अध्यक्ष बमबहादुर पुनमगर, नेपाल रेडक्र सोसाइटी जिल्ला शाखा रोल्पाको सभापति डी.वी. टुहुरो, परिवर्तन गाउँपालिका महिला तथा बालबालिका कार्यालय संयोजक खिम पुन, युएनएपपिए जिल्ला संयोजक खगेन्द्र भट्ट, कार्यक्रम संयोजक लक्ष्मण स्वर्णकार, नेपाल टिलिभिजन रोल्पा सम्वादादाता माधव कुमार वली, रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पदाक रेशम बि.क, किशोर रुपान्तरण शिक्षा सहजकर्ता प्रमिता खड्का, महिला स्वयम सेवीका नविना पुनमगर, आमा समूह अध्यक्ष बमकुमारी वली लगायका सरोकारवाला निकायहरुको आतिथ्यता थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले परिवर्तन गाउँपालिका ५ नं. वडा राङ्कोट रोल्पामा बाल बिबाह न्यूनिकरणमा किशोरी रुपान्तरण शिक्षाले थप सहयोग पुगेको बताएका थिए । परिवर्तन किशोरी समूहका किशोरीहरुलाई प्रत्येक हप्ताको शनिबार विभिन्न शीर्षकमा किशोरी रुपान्तरण शिक्षा कार्यक्रम सञ्चालन हुँदा आएको सहजकर्ता प्रमिता खड्काले कार्यक्रममा बताउनुभयो । किशोरी शिक्षा प्रत्येक शनिबार बाल बिबाहले तत्काल र दीर्ककालीन किशोरीहरुलाई शारिरीक लगायत समाजिक क्षेत्रमा पर्ने प्रभाव लगायतका सरसफाई, पोषण, वचत लगायतका फरक फरक विषयवस्तुमा किशोरीहरुलाई शिक्षा प्रदान गर्दै आएको सहजकर्ता खड्काले बताउनुभयो ।

किशोरीहरुले किशोरी रुपान्तारण शिक्षाबाट धेरै व्यवहारिक ज्ञान प्राप्त भएको भन्दै आगामी दिनमा पनि कार्यक्रमको निरन्तरताको जोड सहभागिताहरुले दिनुभएको थियो । साथै बाल बिबाह सम्बन्धि किशोरी रुपान्तरण शिक्षामा किशोरहरुलाई सहभागिता बनाए बाल बिबाह न्यूनिकरणमा थप सहयोग पुग्ने सहभागिहरुको धारणा थियो । बाल बिबाहमा किशोरी नै धेरै प्रभावित बन्ने भएकोले बाल बिबाह अस्वीकारको निम्ति किशोरीहरुको आत्म सुरक्षामा समेत किशोरी रुपान्तारण शिक्षा थप सहयोग पुगेको समूहको अध्यक्ष देविका चन्दले बताउनुभयो । किशोरी समूहमा ३० किशोरीहरुले प्रत्येक शनिबार प्रति व्यक्ति रु १० रुपैया जम्मा गर्ने व्यव्यस्था गरेको छ । हालसम्म प्रति व्यक्तिाको रु ३ हजार जम्मा भएको समूहको अध्यक्ष चन्दले कार्यक्रममा बताउनुभयो । प्रत्येक हप्तामा जम्मा भएको रकम आ आफ्नो उज्वल भविष्यको लागि मात्र प्रयोग गर्ने समेत चन्दले बताउनुभयो । कार्यक्रम परिवर्तन किशोरी समूह परिवर्तन गाउँपालिका ५ राङ्कोट रोल्पाको अध्यक्ष देविका चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण बाल बिबाह न्यूनिकारण कार्यक्रम संयोजक मोकर्ण पुनमगरले गर्नुभएको थियो ।

You may also like