दुई महिना सिलाई कटाई तालम सम्पन्न

दुई महिना सिलाई कटाई तालम सम्पन्न
फागुन ८ गते

This image has an empty alt attribute; its file name is m1-1.jpg


रोल्पा, त्रिवेणी गाउँपालिका–७ तिला बजारमा सञ्चालित दुई महिना सिलाई कटाई तालिम शनिबार तिलामा सम्पन्न भएको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि त्रिवेणी गाउँपालिका–७ नं. वडा अध्यक्ष भान बहादुर घर्तीमगर सिलाई कटाई व्यवसायी सञ्चालनको लागि आधारभूत सीपलाई व्यवहारमा लागू गर्दै व्यवसायी सञ्चालन गर्न अनुरोध गर्नुभयो । आगामी दिनमा महिलाहरुलाई व्यवसायी प्रर्वद्वनको निम्ति वडा कार्यालयको तर्फबाट विशेष ध्यान दिने प्रतिवद्वता समेत उहाँले व्यक्त गर्नुभयो ।
त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि सिलाई कटाई व्यवसायी संघ रोल्पा जिल्ला सचिव मनबहादुर नेपाली, रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रेशम बि.क, सिलाई कटाई व्यवसायी संघ माडी गाउँपालिका सचिव एमव् युवा व्यवसायी मोहन पुनले मनतव्य राख्नुभएको थियो । वक्ताहरुले तालिममा सिकेको सीपलाई उपयोग गर्दै व्यवसायी सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । व्यवसायी दर्ता गरेर सञ्चालन गरेको अवस्थामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले न्यूनतम व्याजदर वा विना व्याज ऋणको व्यवस्था गर्दै आएकाले आगामी दिनमा व्यवसायीहरु दर्ता गरी सञ्चालन गर्नुपर्ने सुझाव व्यक्त गर्नुभएको थियो । १५ जना महिलाहरु सहभागी भएको तालिमको सहजिकरण प्रशिक्षक सुस्मिता चौधरीले गर्नुभएको थियो । तालिम गत पुसको १० गतेदेखि सञ्चालन भएको थियो । घरेलु तथा साना उद्योग कार्यालय रोल्पाको तथ्याङ्क अधिकृत टिका घर्तीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उद्यीमशिल सहजकर्ता प्रेम विष्टले गर्नुभएको थियो स्वागत तालिममा सहभागी प्रशिक्षार्थी पुष्पा श्रेष्ठले गर्नुभएको थियो ।

You may also like