अरेशमा वडा सचिव नहुँदा जनता मारमा र स्वास्थ्य भवन निर्माण गर्नुपर्ने

रोल्पा समाचारदाता
रोल्पा अरेश
कात्तिक २२ गते


सुनिलस्मृति गाउँपालिका वडा नं. ८ अरेशबासीले रोल्पा वडा सचिव नहुँदा पञ्जिकरण लगायत अन्य दैनिक काम काजमा कठिन परेको बताएका छन् । साथै वडा सचिवको व्यवस्था गरि दिनका लागि वडा अध्यक्ष समक्ष माग रोखेका छन् ।
यस्तो गुनासो अरेशबासीले स्ट्रोम फाउण्डेसन नेपालको आर्थिक सहयोग तथा सहयोगी हातहरुको समूह शहास नेपालको आयोजनामा “दीगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रम अन्तर्गत वडाका सेवा प्रादायक र सेवाग्रहीबीचमा भएको अन्तरक्रिया कार्यक्रममा बताएका हुन् ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहजकर्ता पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष एवं पत्रकार मानसिंह विश्वकर्माले स्थानीय समस्या तथा सामाधानका बारेमा बहसको शुरुवात गरेपछि स्थानीयले वडा सचिव यस आर्थिक वर्षको शुरुवातदेखि नै नभएपछि आफूहरुलाई सेवा लिनका लागि निकै कठिन भएको बताए ।


कार्यक्रमका सहभागी भुमा पुनमगरले वडा सचिव नभएकोले जन्म, मृत्य, बसाई सराई, विवाह दर्ता लगायत सचिवहरुले सम्पादन गर्ने कार्य समयमै सुविधा पाउन नसकेको गुनासा राख्नुभएको थियो । उहाँले स्वास्थ्य सेवा पनि छिटो छरिटो प्रदान गर्नका लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने सुझाव दिनुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष पूर्णबहादुर पुनमगरले वडा कार्यालयबाट सम्पादन गर्नका लागि आफू दिनरात लागि परेको बताउनुभयो । साथै उहाँले आफूले जनतालाई सहज रुपमा सकेसम्म सेवा प्रदान गरिरहेको बताउँनुभयो । सेवाग्रहीले सचिवको अभावमा भएको समस्याको बारेमा उहाँले भन्नुभयोः–“सचिव साउनदेखि नै छैन, तेबाङ र अरेश हेर्ने गरि आएपनि हाल सचिव नभएको स्वीकार गर्दै आफूले जनताको काम सम्पादन गर्नका लागि सही गरेर भएपनि राखेर अथवा सुलिचौर पठाएर भएपनि सेवा प्रदान गरिरहेको छु ।” यो समस्या गाउँपालिकामा पनि राखेको बताउनुभयो ।


यस्तै वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता पनि प्रथम चौमासिकको आपूmहरुले नपाएको जेष्ठ नागरिकहरुले गुनासा राखेका थिए । यस विषयमा वडा अध्यक्ष पुर्णबहादुर पुनमगरले गाउँपालिमा पनि प्रमुख प्रशासकीय अधिकृतको अभावमा दिन नसकिएको बताउँदै अब जनताको घर दैलोमै लिई दिने बताउनुभयो । साथै वडा अध्यक्ष पुनमगरले अरेशको समृद्धिका लागि स्वास्थ्य भवन निर्माणका लागिका लागि पहल भइसकेको, गुणस्तरीय शिक्षाका लागि कक्षा ११ सञ्चालन भएको, विद्युत, सडक, खानेपानी लगायतको विकास निर्माण एवं सामाजिक विकासका लागि लागि रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा शिक्षाको बारेमा नेपाल राष्ट्रिय मा.वि.अरेशका प्रतिनिधी भिमबहादुर पुनमगरले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न लागेको बताउँदै शिक्षक दरवन्दी, भौतिक पूर्वाधार लगायतको अभाव रहेको जानकारी गराउँदै निन्तर लागेको बताउनुभयो । साथै यसमा विद्यार्थीको भविस्यका लागि अभिभावकले निरन्तर लगानी गरिरहेको नागरिकहरुले बताएका थिए । नागरिकहरुलले विद्यार्थीहरुको कोर्ष समयमै नसिकिनु, पढाईमा गुणस्तरीयता शिक्षामा अभाव, शिक्षकहरुले दायित्व निर्वाहमा कमीको बारेमा गुनासा गरेका थिए । त्यसलाई पनि हल गर्ने गरी योजना निर्माण गर्नुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा स्थानीयले स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य चौकीमा भवनमा कोठाको अभावमा सबै सेवा एउटै कोठामा लिदा आफूहरुलाई कठिन, स्वास्य सेवा प्रदानमा पनि असहज भएको विषयमा स्वास्थ्य चौकी अरेशका इन्चार्ज युवराज भुषालले भवन निर्माणको लागि जग्गा खरिद भइरहेको, सेवा प्रदान छिटो छरिटो गर्ने, निशुल्क सेवालाई प्राथमिकता दिने, ल्याप परिक्षणका लागि प्यूठान अस्पतालसँग कुराकानी भइरहेको बताउनुभयो ।
यस्तै नेपाल राष्ट्रिय मा.वि. अरेशमा विद्यार्थीरुको शैक्षिक गुणस्तरका लागि आफूहरुले निकै मेहनत गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर पुनमगले बताउनुभयो ।
यस्तै सहास नेपालको कार्यक्रम सञ्चालन भएपछि युवा, युवतिहरु सक्रिय भएको, क्षमतामा विकास भएको, सबै मानिसलाई आफ्नो कुरा राख्नका लागि आत्मवल पैदा गरेको सहास नेपालको सम्वाद समूहका एमिनेटर उमा पुनमगरले बताउनुभयो । साथै सहास नेपालका सामाजिक परिचालक प्रमुख विकले अरेशका नागरिकहरुलाई सशक्तिकरण, आत्मनिर्भर र गुणस्तीय शिक्षामा काम गरिहेको बताउनुभयो ।
सहास नेपाल कार्यक्रममा रोल्पा जिल्लामा सामाजिक, आर्थिक सशक्तिकरणका लागि कार्यक्रम छनौट गरिएको बताउनुभयो । २०५३ सालमा स्थापना भएको सँस्थाले रोल्पामा सुनिल स्मृति गाउँपालिका वडा नं. ४, ७ र ८ मा कार्यक्रम सञ्चालन गरिरहेको छ । रोल्पा जिल्लामा २०१९ देखि २०२३ सम्म सञ्चालन हुने आयोजकले बताएको छ । रोल्पा जिल्लामा काम गरेर नागरिकलाई हरेक कुरामा पैरवी गर्न तयार जनशक्ति निर्माण गर्नु नै प्रमुख उद्धेश्य भएको बताउनुभयो ।
संस्थाले स्थापना गर्नुको मुख्य उद्धेश्य भनेको भावी पुस्ताको लागि समृद्ध र न्यायिक समाज निर्माण गर्नु हो । साथै सार्वजनिक क्षेत्र तथा नागरिक समाज सुदृढीकरण, गुणस्तरीय शिक्षा र जीवनोपयोगी शिक्षा, दीगा आयआर्जनमा मुख्य जोड दिने बताउनुभयो । साथै दलित, सिमान्तकृत, महिला, विपन्न वर्गलाई प्राथमिकताका साथ अगाडि बढाउने लक्ष्य लिएको छ ।
अभिभावक सम्वाद केन्द्रमा बस्नुभन्दा अगाडि आफ्नो परिचय, अन्यायको कुरा गर्न नसकेको तर केन्द्रमा बसेपछि आफ्नो कुरा भन्न, र अन्यायका विषय उत्थान गर्न सकिने किशोर समूहहरुले बताएको छन् ।
कार्यक्रममा गाउँ कार्यपालिका सदस्य मनसरी वि.क., वडा सदस्य खगीश्वर घर्तीमगर, खिमा रोका, सहास नेपाल सामाजिक परिचालक कुलबहादुर पुन, कुमारी विश्वकर्मा, समाज सेवी लकबहादुर पुनमगर, जेष्ठ नागरिक दिलपुरा घर्तीमगर लगायतको आतिथ्यता रहेको रहेको थियो ।

You may also like