सफल अभिभावक तालिम तथा अन्तरक्रिया भेला

सफल अभिभावक तालिम तथा अन्तरक्रिया भेला
रोल्पा समाचारदाता
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is h1.jpg


होलिभिजन आवासीय माध्यमिक विद्यालय लिबाङ रोल्पाद्वारा सफल अभिभावक तालिम तथा अन्तरक्रिया भेला शनिबार लिबाङमा सम्पन्न भएको छ ।
यस भेलाको प्रमुख अतिथि रोल्पा नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव महेन्द्र पराजुली, नेपाल कम्युनिष्ट पार्टी निकटको शिक्षक संगठन नेपाल शिक्षक संगठन रोल्पा जिल्ला सचिव भुप बहादुर के.सी, प्रधाध्यापक खेम खड्का, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको संस्थापक अध्यक्ष काशिराम डाँगीले मनतव्य राख्नुभएको थियो । कार्यक्रम ग्लोबल स्किल डेभलोपमेन्ट नेपालको सहयोग र होलिभिजन आवासीय माध्यमिक विद्यालय लिबाङको आयोजनमा तालिम सम्पन्न भएको हो । प्रशिक्षक क्षेत्र प्रसाद ज्ञवालीले सफल अभिभावकमा हुनुपर्ने गुण सम्बन्धि प्रशिक्षण गर्नुभएको थियो । अभिभावकहरुले आफ्नो बालबालिकाहरुलाई सम्पत्तिको रुपमा समय छुट्याउनुपर्ने निस्कर्ष भेलाले गरेको छ । भेलामा अभिभावकहरुले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो । यस्तो अभिभावक अभिमुखिकरण कार्यक्रम वर्षमा २ पटक अभिवार्य आयोजना गर्नुपर्ने आवश्यकता सहभागी अभिभावकहरुले औल्याएको छ । विद्यार्थीहरुले कविता र गीत बाचन गरेको प्रधानाध्यापक ओम के.सी.ले जानकारी दिनुभयो । अभिभावकहरुले विद्यालयको कमजोरीहरु औल्याउँदै आगमी दिनमा ति कमजोरीहरु सुधार गर्दै अगाडि बढ्नका लागि सुझा दिएको उहाँले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चन्द्र प्रकाश आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रधानाध्यापक ओम के.सी.ले गर्नुभएको थियो भने स्वागत शिक्षिका रेखा सुनारले गर्नुभएको थियो ।

You may also like