नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पहिराकाे उच्च जाेखिममा

नेपाल रोष्ट्रिय माध्यमिक विद्यालय पहिराेकाे उच्च जाेखिममा
चित्रवियोग झाँक्री
फगाम–रोल्पा

This image has an empty alt attribute; its file name is c2.jpg

सुनछहरी गाउँपालिका–६ फगाम रोल्पा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पहिराेकाे उच्च जाेखिममा छ । विद्यालयको वरिपरि तारबार समेत पहिरोले बगाएको छ ।

This image has an empty alt attribute; its file name is c3.jpg

यस विद्यालयको प्रधानाध्यापक धन बहादुर पुनमगरका अनुसार गत असार महिनाबाटै पहिरो जान सुरु गरेको थियो । निरन्तर वर्षातको कारणले अहिले ठूलो पहिरो गएको छ । विद्यालयको प्रवेशद्धार पहिरोले बगाएपछि प्रवेशमा समस्या भएको छ । हाल कोरना भाइरस (कोभीड–१९)को महामारीको कारणले विद्यालय बन्द भए पनि विद्यालय सञ्चालन भएमा विद्यार्थीहरु आवतजावत गर्न असहज हुने उहाँले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is c1.jpg

यस विद्यालयको तारबार बाहिर विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको सक्रियतामा बाहिर २ सय टिमुरको बिरुवा गत असार महिना वृक्ष रोपन गरिएको थियो । ति सबै विरुवाहरु पहिरोले बगाएको छ । प्रधानाध्यापक पुनमगरले यो सबै विपत्ति गत वर्ष फगामदेखि विद्यालय हुँदै दाङ्सिबाङ जोडने मोटर बाटो विस्तारले पहिरो गएको बताउनुभयो । विद्यालय नजिकबाट करीव २ मिटरभन्दा बढी पहिरो गएको छ । पहिरोको कारण विद्यालय क्षेत्रदेखि मुनितिरका बस्ती पनि जोखिममा छ । विद्यालय व्यवस्थापन समितिले उक्त पहिरो रोकथाम तथा नियन्त्रणका लागि विभिन्न नियकामा माग गरेको छ । तर, हालसम्म कतैबाट पनि सुनुवाइ नभएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिमलाल पुनले बताउनुभयो ।

You may also like