रोल्पामा क्लिन स्वीप गर्दै माओवादी केन्द्र सबैलाई धन्यवाद दिए अनन्तले

मानसिंह बिक
रोल्पा २४ मंसिर
बाम गठबन्धनका साझा उमेद्वारहरु एवं नेकपा (माओवादी केन्द्र) का बरिष्ठ नेता वर्षमान पुनमगर ‘अनन्त’ प्रदेश नं. (क) माओवादी केन्द्रका युवा नेता कुलप्रसाद केसी ‘सोनाम’ र प्रदेश नं. (ख) मा नेकपा (माओवादी) केन्द्र)सचिवालय सदस्य दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ विजयी हुनु भएको छ । विजयी भएपछि सधै नेपाल, रोल्पा, र रोल्पालीको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
मतपरिणाम अनुसार ४०६७४ मतले विजय हासिल गर्नुभएको थियो । लोकतान्त्रिक गठबन्धनका साझाँ उमेद्वार सिचाई राज्यमन्त्री एवं अमरसिंह पुनमगर १९९०६ मत लिनुभएको छ । अमरसिंह पुनमगरभन्दा वर्षमान पुनमग १९९०६ मतले अगाडि रहनुभएको छ । रोल्पामा ७० हजार ७७६ मत खसेको थियो ।


प्रदेश नं. क (रोल्पा क्षेत्र नं. १) प्रदेश सभा सदस्यमा वाम गठबन्धनका साझाँ उमेद्वार नेकपा (माओवादी केन्द्र) का युवा नेता कुलप्रसाद केसीले ‘सोनामले हजार १८५१२ मत लिनुभएको छ । उहाँका प्रतिद्वन्दी लोकतान्त्रिक गठबन्धनका उमेद्वार शेरबहादुर महराले १०४०१ मत प्राप्त गर्नुभएको छ । केसीले महरालाई मतले ८१११ मतले पछि पार्दै विजयी हासिल गर्नुभएको छ । रोल्पा जिल्लाको क्षेत्र नं. १ मा ३३ हजार ९७१ खसेको थियो ।

यसैगरी यसै गरी प्रदेश ख (रोल्पा क्षेत्र नं.२) प्रदेश सभा सदस्यमा संयुक्त बाम गठबन्धनका उमेद्वार नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य दिपेन्द्र पुनमगर ‘सिजल’ ले २४४९० मत लिएर विजय हुनुभएको छ । लोकतान्त्रिक गठबन्धन तर्फबाट नेपाली कांग्रेसका जिल्ला समिति सदस्य खगेन्द्र प्रकाश हमालले ९९६९ मत लिनुभएको छ । पुनमगरले १४५२१ मतान्तरमा विजयी हुनुभएको थियो । क्षेत्र नं. २ मा ३६ हजार ८०५ खसेको थियो ।
विजयीको प्रमाणपत्र ग्रहण गर्दै प्रतिधिसभा सदस्य वर्षमान पुनमगर ‘अनन्त’ ले रोल्पा जिल्लाका मतदाताको मतदानबाट विजयी भएकोमा खुशी व्यक्त गर्दै आम रोल्पा, रोल्पालीको हितका काम गर्दै राष्ट्रको सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले देशको राजनीतिलाई आमूल परिवर्तनलिनका आफ्नो पनि भूमिका रहने बताउनुभयो ।
यस्तै प्रदेश नं. १ का सभा सदस्य कुलप्रसाद केसीले पनि रोल्पाली जनताको विकासमा अहोरात्र लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस्तै २ का प्रदेश सभा सदस्य दिपेन्द्रकुमार पुनमगरले आम मतदातालाई हार्दिक धन्यवाद व्यक्त गर्दै रोल्पालाई आफ्नो उचाईमा थप माथि उठाउनको लागि भूमिका हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

You may also like