कांग्रेस नेता पुनले १०० एन्टिजेन कित रोल्पा पठाए


रोल्पा समाचारदाता
८ जेठ लिबाङ

This image has an empty alt attribute; its file name is anarsing.png


नेपाल सरकारका पूर्व सिंचाइ राज्यमन्त्री रोल्पा जिल्लाको सभापति अमरसिंह पुनको पहलमा सरकारलाई दबाबका लागि रोल्पामा १ सय थान एन्टिजेन कित पठाइएको छ । जिल्लामा समुदाय स्तरमा पुगेको कोरोनाको चेकजाँच गर्न कित रोल्पा अस्पतालमा पठाइएको हो ।
नेपाली कांग्रेस रोल्पाका सभापति समेत रहनु भएका पुनले आफूहरूले उपलब्ध गराएको सहयोगले समुदाय स्तरमा फैलिएको कोरोनाको पहिचान गरि समुदायमा कोरोनाको अवस्था थाहा पाउन मदत गर्ने बताउनु भएको छ । विज्ञहरूले अवस्था थप भयावह र जटिल बन्न सक्ने चेतावनी दिइरहेकोले सरकारले गम्भीरता साथ राज्यको सम्पूर्ण संयन्त्र कोभिड नियन्त्रणमा लगाउनु पर्ने उहाँले बताउनु भएको छ । नेता पुनले भन्नुभयोः–‘स्वास्थ्य सामाग्री यथाशीघ्र जनतालाई अनुभुती हुनेगरि सबै ठाउँमा पठाउनुपर्छ ।’
धेरै जनता रोगसँग लडिरहेका छन् , सम्मान तरिकाले सम्पूर्ण स्थानमा स्वास्थ्य सामाग्री बितरण गर्ने ब्यबस्था गर्नका लागि अनुरोघ गर्नुभएको छ । निति, नियम, संविधानको मर्म एवम् जनअपेक्षा विपरीत चलिरहेको ओली नेतृत्वको सरकारलाई दबाब दिन पार्टीकै लगानीमा पहिलो चरणमा स्वास्थ्य सामाग्री रोल्पा पठाइएको बताउनु भएको छ । समुदाय स्तरमै कोरोना बढिरहेको रोल्पामा अक्सिजन र आवस्यक स्वास्थ्य सामाग्रीको अभावले सङ्क्रमितको उपचारमा समस्या परिरहेको रोल्पा अस्पतालका मेडिकल अधिकृत डा. आधार वलीले बताउनु भएको छ ।

You may also like