कम्युनिष्ट आन्दोलन विश्वमै उज्वल भविष्य छः नेकपा (मसाल) महामन्त्री सिंह

कार्तिक २२ गते
लिबाङ रोल्पा ।


नेपाल कम्युनिष्ट पार्टी (मसाल) केन्द्रीय महामन्त्री मोहन विक्रिम सिंहले कम्युनिष्ट आन्दोलन नेपालमा मात्र नभई विश्वमै उज्वल भविष्य भएको धारणा व्यक्त गर्नुभएको छ ।
उहाँले यस्तो धारणा प्रगतिशिल पत्रकार संघ नेपाल जिल्ला समिति रोल्पाले शुक्रबार लिबाङमा आयोजित पत्रकार सम्मेलनमा व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो–“विश्वमै पूँजीवादी व्यवस्था दैनिक धारासायी बन्दै गरेको अवस्थमा कम्यूनिष्ट आन्दोलन अन्तिममा लक्ष्यसम्म पुग्न मैले विश्वास लिएको छु ।” नेपालमा विगतदेखि गणतन्त्र ल्याउनको निम्ति कम्युनिष्ट संर्घ गर्दै आएको थियो भने अब त्यो गणतन्त्रको बचाउनको निम्ति संर्घ गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

नेपालको सन्दर्भमा संघीयता नेपाली जनताको चाहना लागू गरिएको होइन भारतीय विस्तारवादी सामाज्यवादीको दबाबमा नेपालमा संघीयता लागू गरेको हुँदा नेपालमा संघीयता धेरै समय सफल नहुने महामन्त्री सिंहले दाबी गर्नुभयो । संघीय व्यवस्था कार्यन्वयसँगै नेपाली जनतामा संघीयताप्रति धेरै असन्तुष्ट बढेको हुँदा अब केही वर्षमै संघीयता असफल हुन्छ महामन्त्री सिंहले भन्नुभयो । रोल्पा जिल्लामा म आफुले गठन गरेको कम्युनिष्ट पार्टीले ६ दशकको समयवधिमा धेरै विकास भएको प्रति उहाँले खुसी व्यक्त गर्नुभयो । कम्युनिष्टको सिद्धान्त छाड्दै जाने गैर कम्युनिष्टहरुलाई कुनै पनि हालतमा कम्युनिष्ट स्वीकार्न नसकिने समेत महामन्त्री सिंहले बताउनुभयो । संघीयता व्यवस्था अहिले नै परिवर्तन गर्ने वातावरण नभएको हुँदा फरक मत सहित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको कार्यन्वयनको निम्ति पार्टी संघीय व्यवस्थामा सहभागि भएको जिकिर समेत गर्नुभयो । संघीयताको विकल्पको वातावरण तय भयो भने पार्टीले संघीयताको विरोधको नेतृत्व गर्ने प्रतिवद्वता समेत पार्टीको महामन्त्री सिंहले व्यक्त गर्नुभयो ।
त्यसैगरी उहाँले धर्मको राजनीतिले नेपाल र नेपालीको हित नहुने नेपाल कम्युनिष्ट पार्टी मसालको केन्द्रीय महामन्त्री मोहन विक्रिम सिंहले बताउनुभयो । नेपालमा धर्मको नाममा नेपालको कम्युनिष्टहरुलाई सामाज्यवादी भारती लगायतका केही मूलकहरु सक्रिय भएको समेत बताउनुभयो । नेपालीहरुले आत्मैदेखि आफ्नो धर्म परिवर्तन गर्नुभन्दा पनि विदेशीको पैसाको प्रभोलनमा आफ्नो धर्म परिवर्तन गरेको प्रति उहाँले दुःख व्यक्त समेत गर्नुभयो ।

नेपालमा राजतन्त्र फाल्नेका निम्ति हामी सबै एक ठाउँमा उभिएका थियौं तर आज केही शक्तिहरुको चाहनामा राज संस्था बित्याउनु खेल शुरुवात भएको छ, यो कुरा आम नेपाली जनता र पार्टीलाई मान्य नहुने बताउनुभयो । महामन्त्री सिंहले भारतीय सामाज्यवादीले योजनामा नेपालमा राज संस्था बित्याउने उद्वेश्य सहित विभिन्न क्रियाकलापहरु शुरुवात गरेको छ, जसको उदाहारण लिपु लेकको नक्सा भारतमा समावेश गरी सार्वजनिक गरेको छ । अब हामी धेरै ठूला सपना बोक्नुभँदा पनि वर्तमान अवस्थामा नेपालको स्वाधिनताको विषयतमा एक जुट हुनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले नेत्र विक्रम चन्द ‘विप्लव’ र मोहन वैद्य नेतृत्वको कम्युनिष्ट पार्टीको कुनै ठोस कार्य दिशा तय भएको भन्दै खाली धमिलो पानीमा माछा मार्ने रणनीति अबलम्बन गरेका छन् भने वर्तमान कम्युनिष्ट पार्टी (नेकपा) कम्युनिष्टको सिद्वान्त विपरित अगाडि बढेको हुँदा कम्युनिष्ट स्वीकार्न नसकिने उहाँको धारणा थियो । राज्य व्यवस्था परिवर्तन गर्द छौं भन्दै तत्कालीन ने.क.पा. (माओवादी)ले एक दशक भन्दा लामो समयसम्म सशस्त्र द्वन्द्व सञ्चालन गरेयो तर अन्तिममा त्यही संसदीय व्यवस्थामा फर्किनु पर्ने बाध्यता भयो । त्यसैले राजीनितक व्यवस्था परिवर्तन शान्तिपूर्ण आन्दोलनबाट नै सम्भव भएको अवस्थामा नेपालका सन्दर्भमा हत्या हिंसाको आवश्यकता नभएको महामन्त्री सिंहले बताउनुभयो ।

वास्ताविक कम्युष्टि नेपाली जनताले चिनि सकेका छन् भने जसको परिणाम आगामी दिनमा देखा पर्ने समेत उद्घोष गर्नुभयो । राजनीति पार्टी कुन समयमा ठूलो कुन समय सानो भन्ने कुरा त वर्षातको भेलझै भएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको संस्थापक अध्यक्ष काशिरा डाँगी, पूर्व अध्यक्ष खेमबहादुर बुढामगर लगायतका पत्रकारहरुको सहागिता थियो । कार्यक्रमको सहजिकरण प्रगतिशिल पत्रकार संघ नेपाल जिल्ला समिति रोल्पाको सदस्य मिनराज रोकाले गर्नुभएको थियो ।

You may also like