जिल्ला प्रशासन कार्यालय रोल्पाद्वारा पत्रकार महासंघको नव निर्वाचित पदाधिकारीलाई बधाइ तथा सम्मान

जिल्ला प्रशासन कार्यालय रोल्पाद्वारा पत्रकार महासंघको नव निर्वाचित पदाधिकारीलाई बधाइ तथा सम्मान
रोल्पा समाचारदाता
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is k.jpg


जिल्ला प्रशासन कार्यालय रोल्पाद्वारा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको नव निर्वाचित पदाधिकारीलाई बधाइ तथा सम्मान कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना मगरले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको नव निर्वाचित पदाधिकारीहरुलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो । उहाँले वितगदेखि नै नेपाल पत्रकार महासंघले जिल्लाको विकास, सुशासन, पारदर्शितामा संस्थागत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकोले नव निर्वाचित पदाधिकारीले पनि जिल्लाको विकास, सुशासन, पारदर्शितामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ संघीय प्रतिनिधि मौसम रोका, कविता उपाध्याय, प्रदेश प्रतिनिधि मानसिंह विश्वकर्मा, जिल्लाल शाखा अध्यक्ष नवीन लोचन मगर सहित नव निर्वाचित पदाधिकारीहरुको उपस्थित थियो ।

You may also like