आयुर्वेद स्वास्थ्य सेवा राेल्पाकाे वार्षिक समीक्षा तथा याेजना तर्जुमा गोष्ठी

आयुर्वेद स्वास्थ्य सेवा राेल्पाकाे वार्षिक समीक्षा तथा याेजना तर्जुमा गोष्ठी
चन्द्र रोकामगर
कार्तिक २१ गते (सुलिचौर–रोल्पा)


This image has an empty alt attribute; its file name is c3.jpg

आयुर्वेद स्वास्थ्य केन्द्र राेल्पाको वार्षिक २०७६÷२०७७ वार्षिक समीक्षा तथा तर्जुमा गोष्ठी कार्यक्रम सुनिलस्मिति गाउँपालिकाको सुलिचौरमा आज सम्पन्न भएको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननीय दीपेन्द्र कुमार पुनले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले शिक्षा, स्वास्थ, आयुर्वेद र कृषि क्षेत्रमा लगानी बढाएको बताउनुभयो । अझै यो कोरोना भाइरसको महामारीको बेला आयुर्वेदिक औषधीको उपचार बढेको हुनाले यस उपचारको लाभ लिनुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is c1.jpg

त्यसैगरी सुनिलस्मिति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती मगर, सुनसरी गाउँपालिका अध्यक्ष आस बहादुर पुन, रुन्टीगढी गाउँपालिका अध्यक्ष बालराम बुदा, थबाङ गाउँपालिका अध्यक्ष वीर बहादुर घर्ती, लुङग्री गाउँपालीका उपाध्यक्ष भिमकला बुढाथोकी, माडी गाउँपालिका उपाध्यक्ष धनिकला बुढामगर आतिथ्यता थियो । यस अस्पतालले रोल्पाको सदरमुकाम लिबाङबाट सुनिल स्मृति गाउँपालिकाको छिर्नेबाट र रोल्पाको माडि गाउँपालिकाको घर्तिगाउँबाट पनि सेवा प्रदान गर्दै आएको छ । यि आयुर्वेद अस्पतालबाट ३० प्रकारका औषधी पाईन्छ । आयुर्वेद उपचार धेरै पुरानो उपचार हो । यसमा प्राकृति तरिकाले साथै जडिबुटीको मध्यबाट उपचार गरिन्छ । यो उपचारबाट कुनै समस्या हँुदैन । साथै रोल्पा आयुर्वेद अस्पतालको बारेमा डा.आलोक कुमार पाण्डेयले आर्थिक वर्ष २०७६÷२०७७ बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समीक्षा कार्यक्रममा मिझिङ आयुर्वेद अस्पतालबाट ससिराम भण्डारी र घर्तिगाउँ आयुर्वेदिक अस्पतालबाट देविन्द्र पुनले आफ्नो अस्पतालको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आयुर्वेद केन्द्र, रोल्पाको इञ्चार्ज डा.आलोक कुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरोकारवाला निकायहरुको सहभागिता थियो ।

You may also like