लोक स्टारमा शनिलाई रोल्पा समाचार साप्ताहिकबाट पहिलो स्वागत “सधै कला, संगीत क्षेत्रबाट देशलाई चिनाई रहनु” –प्रदेशसभा सदस्य पुनमगर

रोल्पा समाचारदाता
कात्तिक १० गते


आइ.एम.इ. नेपालको लोक स्टार विजेता शनि विश्वकर्मालाई विजय विजयीभएपछि पहिलो पटक रोल्पा आएका विश्वकर्मालाई स्वागत तथा बधाई कार्यक्रम गरिएको हो । रोल्पा समाचार साप्ताहिकको आयोजनामा ५ नं. प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगरको प्रमुख आतिथ्यतामा आईतबार सम्पन्न भएको थियो ।

आईतबार राती भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभासदस्य दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले रोल्पा जिल्लालाई लोक कला र गलाको माध्यमबाट देश विदेशमा चिनाउन सफलभई विजेता भएको हार्दिक वधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो । पुनमगरले भन्नुभयोः–“कलाको माध्यमबाट रोल्पालाई चिनाउनु भयो । रोल्पा जिल्लाको परिचयलाई बदल्नु भएको छ, तपाईले विजेता प्राप्त गर्नुभयो बधाई छ । साथै मैले पनि रोल्पा जिल्लाका विभिन्न कार्यक्रममा सार्वजनिक रुपमै मतदान गरि दिन आग्रह गरेको थिए सबै मतदाता लगायत सहयोगीहरुलाई धन्यवाद दिन्छ, आगामी दिनमा पनि यस्तो साझा विषयमा हामी एक स्थानमा हुनेछाँै ।”
प्रदेश साँसद पुनमगरले आगामी दिनमा पनि रोल्पा र देशको नाम सधै लोक कला र सँस्कृतिबाट चिनाउन आग्रह गर्दै भन्नुभयोः–“जीवनलाई सधै ख्याल गर्नु, लक्ष्यलाई सधै चुम्नु निरन्तर अगाडि बढिरहनु । नेपाली पन र नेपाली जीवन शैलीलाई सधै चिनाई रहनु”
यसैगरी कार्यक्रममा समाजसेवी एवं नेपाली कांगे्रसका सभापति कृष्णबहादुर घर्तीमगरले अब जंकोट, रोल्पा भन्दा पनि देशकै हुँ भनेर कला र संगीतक्षेत्रबाट अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले जीवनका सफलताका बेलामा भित्रहरु धेरै हुने बताउँदै त्यसैलाई निरन्तरता दिनका लागि अनुरोध गर्नुभयो । गीत संगीत पनिबाट पनि नाम र आर्थिक उपार्जन गर्न सकिने बताउँदै पेशालाई निरन्तरता दिदै अगाडि बढ्न अपिल गर्नुभयो । रोल्पालीको सधै साथ रहने कुरा औलाउँदै रोल्पालीहरुको माया, स्नेतहलाई सधै सम्मान गर्ने समेत जोड दिनभयो ।
कार्यक्रममा शनिले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । आफू सफल भएकोमा सबैको सहयोगले मात्रै सम्भव भएको बताउँदै त्यो सहयोगलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ः–“मेरो जीवन सफल भएको होइन, आम सबैको सहयोगले मात्रै भएको हो यो जीत सबैको हो । यो सबै हजुरहरु कै कारण हो, आज मलाई नेपाल लोकस्टारको बिजेता बनाईदिनु भएको छ, यो खुसीको क्षण तपाई हाम्रो लागि नै हो । यो जित भनेकै तपाईहरुको माया साथ सहयोग सपोर्ट अनि बिश्वासको हो । मेरो काधमा यो मायाको जिम्मेवारी आएको छ। मैले यो कुरा आत्मसात गर्दै अबको दिनमा नेपाली गित संगितलाई माया गर्दै अगाडि बढने छ ु। सदैब तपाईबाट यस्तै साथ सहयोगको अपेक्षा गरेको छु ।”


कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य कर्मलाल परियार, अधिवक्ता जितविक्रम मल्ल, रोल्पा हस्पिटल प्रा.ली.का प्रमुख शिवप्रसाद आचार्य, समाजसेवी दिलमणी भण्डारी, तिलक केसी, भवानसिंह विएम लगायत सरोकारवालाको आतिथ्यता रहेको थियो ।
रोल्पा जिल्ला रोल्पा नगरपालिका ८ जंकोटमा जन्भिएका १७ वर्षका शनि विश्वकर्मा लोक स्टार विजय भएपछि रोल्पालीहरु निकै हर्षित भएका छन् । सबै स्थानमा स्वागत एवं बधाई कार्यक्रमको आयोजना गरिएको छ । रोल्पा समाचार साप्ताहिकको आयोजनामा भएको कार्यक्रममा समाचारका प्रकाशक एवं सम्पादक मानसिह विश्वकर्माले सञ्चालन गर्नुभएको थियो । उहाँले सधै रोल्पा समाचार शनिकै प्रगतिका लागि लाग्ने कुरा समेत प्रतिद्धतासहित बधाई व्यक्त गर्नुभयो । सोमबार विहान शनिको घरमा जंकोटमा पनि बधाई कार्यक्रमको आयोजना गरिएको छ ।

You may also like