रोल्पामा पहिलो पटक रातो कार्ड वितरण शिविरबाट ६७ जना सञ्चारकर्मीले सेवा लिए ।

रोल्पा समाचारदाता
चैत्र ६ गते
नेपाल सरकार सूचना तथा प्रविधि मन्त्रालय सूचना विभागको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको संयोजनमा तीन दिने प्रेस प्रतिनिधि परिचय (रातो कार्ड) वितरण घुम्ति सञ्चालन भएको छ । जिल्लामा पहिलो पटक चैत्र ५,६ र ७ मा रोल्पाको लिबाङमा सञ्चालन गरिएको छ ।
सोमबार एक कार्यक्रमका विचमा उद्घाटन गरी रोल्पा जिल्लामा पहिलो पटक रोल्पा जिल्लामै घुम्ति शिविरको आयोजना गरी प्रेश कार्ड वितरण गरिएको छ । जिल्ला समन्वय समिति रोल्पाका सदस्य कर्मलाल परियारले शिविरको उद्घाटन गर्दै रोल्पा जिल्लामा पहिलो पटक प्रेस प्रतिनिधि कार्ड वितरण शिविरबाट रोल्पा जिल्लाका पत्रकारहरुले सुविधा लिनका लागि अनुरोध गर्नुभयो । उहाँले सूचना विभागले रोल्पा जिल्लामा पहिलो पटक शिविर सञ्चालन गरेर सेवा गरेकोमा धन्यवाद व्यक्त गर्दै रोल्पा जिल्लाका सञ्चारकर्मीहरुलाई थप जिम्मेवारी बन्नका लागि प्रेरणा प्रदान गर्ने बताउनुभयो ।
कार्यत्रममा विशिष्ट अतिथि सहायक प्रमुख जिल्ला अधिकारी चुडामणी शर्मा गौतमले प्रेस प्रतिनिधीकार्ड लिएर आफूलाई अझै सवल र सक्षम एवं जिम्मेवार सञ्चारकर्मीको रुपमा चिनाउनका लागि अनुरोध गर्नुभयो । यस्तै कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ रोल्पाका सँस्थापक अध्यक्ष काशीराम डाँगीले पत्रकारलाई रातो कार्ड वितरण शिविर रोल्पामै लिएर सेवा प्रदान गरेमा धन्यवाद व्यक्त गर्नुभयो । साथै पत्रकारीता पेशा जिम्मेवारी पेशा भएकाले यसको मर्यादामा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।

 


यस्तै कार्यक्रममा विशिष्ट अतिथ एवं सूचना विभागका शाखा अधिकृत रुपा विश्वकर्माले रोल्पा जिल्ला दुर्गम भएपछि रोल्पा जिल्लाका पत्रकार महासंघका अध्यक्ष लगायत कार्यसमितिको सक्रियतामा लिन सफल भएको बताउनुभो । आफूहरुले जिल्लाका सञ्चार कर्मीलाई सेवा प्रदान गर्नका लागि आएको बताउँदै सो शिविरबाट सेवा लिनका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेकपा (एमाले) प्रदेश संगठन समितिका सदस्य राजकुमार कक्षपति, नेपाली कांग्रेस रोल्पाका उपसभपति किशोर आचार्य, नेकपा (माओवादी) केन्द्र) रोल्पाका केन्द्रीय आयोजक समिति सदस्य फविन्द्र आचार्य, नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति कृष्णबहादुर घर्तीमगर, नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेम बुढामगर, गैर सकारी सँस्था रोल्पाका सहसचिव अर्जुन डिसी, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका उपाध्यक्ष विश्वकुमार चन्द, नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापति नौलसिंह पुनमगर, राष्ट्रिय सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको तर्फबाट नयाँ पत्रिकाकाका सम्वाददाता नविन लोचन मगर, नेपाल प्रेस युनियन रोल्पाका अध्यक्ष कविता उपाध्याय, स्थानीय छापा तथा अनलाईनको तर्फबाट रोल्पा अनलाईनका माधव वली, जिल्लामा सञ्चालित रेडियोहरुको तर्फबाट रोल्पा रेडियोका घनश्याम आचार्य लगायतले बोल्नुभएको थियो ।
सोमबार भएको उद्घाटन कार्यक्रमा जिल्लामा सञ्चालित विभिनन सञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधी एवं विभिन्न सरकारी कार्यालयका सूचना अधिकारी लगायतको उपस्थिति रहेको थियो । ५ गते उद्घाटन पछि भएको शिविरमा राजधानी दैनिकका रोल्पा सम्वाददाता पत्रकार धरेन्द्र डाँगी, जनआस्था साप्ताहिकमा कार्यरत पत्रकार दयाराम डाँगीले लिनुभएको थियो । शिविरको दोस्रो दिन मंगलबारसम्ममा रोल्पा जिल्ला र प्यूठानका गरी जम्मा ६७ जनाले शिविरबाट कार्ड लिएका थिए । जसमा ६३ जना सञ्चारकर्मी प्रेस प्रतिनिधी, १ जनाको नविकरण, ३ जना अध्यक्षहरुले अध्यक्षले समेत सेवा लिएका थिए । शिविर टोलीमा ना.सु रमा निरौला, कम्प्युटर अप्रेटर खगेन्द्र कार्की र खरिदार आकाश अधिकारी रहेको थियो । सो टोलीले दुइ दिनसम्ममा कार्य सम्पादन गरेको थियो ।
महासंघ रोल्पाका अध्यक्ष मानसिंह विश्वकर्माले रोल्पा जिल्लाका क्रियाशील र मिडियामा कार्यरत सञ्चारकर्मीहरुले कार्ड लिएको र अझै यस्ता कार्यलाई अगाडि बढाउनको लागि रोल्पा सूचना विभागलाई अनुरोध समेत गर्नुभयो । रोल्पा जिल्लामा शिविर सञ्चालन गर्नका लागि सूचना विभागले छनौट गरेमामा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाले सूचना विभागका महा निर्देशक विरबहादुर राई लगायत सबैलाई धन्यवाद समेत व्यक्त छ ।
उद्घाटन कार्यक्रम शाखाका अध्यक्ष मानसिंह विश्वकर्माको अध्यक्षतामा भएको थियो भने सचिव जीवन डाँगी र सहसचिव हर्क बहादुर घर्तीमगरले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमका सहभागिहरुलाई स्वागत उपाध्यक्ष दारासिंङ डाँगीले गर्नुभएको थियो ।
सम्पादकीय शिविर सबै सञ्चारकर्मीले उपयोग गरौँ
रोल्पा जिल्लामा पहिलो पटक सूचना विभागको आयोजना र नेपाल पत्रकार महासंघ रोल्पाको संयोजनमा सूचना विभागले जारी गर्ने सूचना विभागको प्रेसकार्ड वितरणको शिविर आयोजना हुने भएको छ । रोल्पा जिल्लामा चैत्र ५, ६ र ७ गते सञ्चालन हुनेभएको छ । पहिलो पटक यो रोल्पा जिल्लाका सञ्चारकर्मीहरुको लागि निकै राम्रो अवसर हो । पहिलो पटक सञ्चालन गरिने शिविरबाट रोल्पाका सञ्चारकर्मीहरुले कत्तिको सेवा लिन सक्छन् त्यो नै महत्वपूर्ण प्रश्न हो ।
सूचना विभागले काठमाण्डौबाट मात्रै जारी गरिने कार्ड लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि केही देशका ठूला शहरहरुमा मात्रै प्रेस पास कार्ड वितरण गरिरहेको छ । रोल्पा जस्तो दुर्गम जिल्लामा सो शिविर सञ्चालन गर्ने कुरा कल्पना भन्दा निकै परको विषय मानिन्थ्यो । द्वन्द्वको उद्गम थलो एवं शान्ति प्रक्रिया थालनीभएपश्चात तीव्ररुपमा विकास भएको रोल्पा जिल्लाको पत्रकारिता क्षेत्र निकै उर्वर मानिएको छ । रोल्पा जिल्लामा सामुदायिक रेडियो, जिल्लाबाट प्रकाशित पत्रिका, अनलाईन एवं राजधानी तथा अन्य शहरबाट प्रकाशित र प्रशारित सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको बाक्लो एवं सक्रिय सहभागि रहेको छ । रोल्पा जिल्लाका पत्रकारहरुले काठमाण्डौँ गएर सूचना विभागको कार्ड प्राप्त गरेका सञ्चारकर्मीहरुको संख्या न्यून रहेको छ । रोल्पा जिल्लाका सञ्चारकर्मीहरुका लागि यो शिविर निकै महत्पपूर्ण हो । काठमाण्डौँ गएर कार्ड बनाउँदा विभिन्न झनझटिलो पक्रियाबाट मुक्त गर्नका लागि महासंघ रोल्पा सफल हुने भएको छ । काठमाण्डाँैबाट प्रदान गरिने जिल्लामै आएर सेवा दिने जो अवसर प्रदान सूचना विभागले गरेको छ त्यसका लागि सूचना विभागका महानिर्देशक विरबहादुर राई, शाखा अधिकृत रुपमा विक लगायतलाई धन्यवाद छ । साथै यसको पहलकर्ता नेपाल पत्रकार महासंघ रोल्पा शाखाका अध्यक्ष मानसिंह विश्वकर्मा लगायत सिंगो कार्यसमितिलाई समेत धन्यवाद छ ।
रोल्पा जिल्लामा पहिलो पटक हुन लागेको शिविरमा सम्पूर्ण सञ्चार माध्यमका कार्यरत सञ्चारकर्मीहरुले घर आगनमा आएको सेवालाई उपभोग गरौँ, सञ्चार माध्यमको नियुक्ति पत्र, रिफारिसपत्रका साथमा आएर प्रेस पास कार्ड बनाऔँ । संघीयताले दिएको अधिकारको उपभोग गरौँ । रोल्पा जिल्लाको पत्रकरिता र माध्यमलाई जिम्मेवार बनाँै । प्रेस पास प्राप्त गरी थप जिम्मेवारी प्रर्दशन गरौँ ।

You may also like