माओवादी केन्द्रका वडा अध्यक्षमाथी विप्लबका कार्यकर्ताहरुले आक्रमण गरेको भन्दै माओवादी केन्द्र रोल्पाद्वारा खेद विज्ञप्ती जारी


रोल्पा समाचार दाता
रोल्पा २४ साउन

This image has an empty alt attribute; its file name is rolpa-nekapa-724x1024.jpg


आफ्नो वडा अध्यक्षलाई कुटपिट गरेको भन्दै नेकपा (माओवादी केन्द्र) रोल्पाले आज एक प्रेस विज्ञप्ती जारी गरकोे छ । साउन २४ गतेका दिन करिव ११ः३० बजेको समयमा रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं. ३ लिङडुङ घर भएका पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का त्रिवेणी ३ का पार्टी वडा अध्यक्ष क. शंकर घर्तीमगरलाई सोही वडा निवासी शोभराम रानामगरको टोलीले आक्रमण गरी मृत अवस्थामा जंगलमा फालिएको आरोप लगाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोलपाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छः–‘मंगलज्योति हाट बजार निगलपानीबाट तरकारीको दररेट बुझेर एक जना भाईसँग बाईमा चडेर घर फर्किदै गर्दा लामापुटली र भ्mयाबाङको बिच जंगलमा गौडाकुरी बथान बसेका त्रिवेणी ३ लिङ्दुङ बजार नजिकै घर भएका करिव वर्ष ३८ का शोभाराम रानाको नेतृत्वमा प्रथमनि राना, कमल बुढा, कमल पुन र मोहन पुनसहितले खुकुरी र लठ्ठीले प्रहार गरी एक्सासी सांघातिक हमला गरी आक्रमण गरेका छन् । निज वडा अध्यक्ष शंकर घर्तीमगरको दायाँ हातमा २ स्थानमा र बायाँ खुट्टामा एक स्थानमा भाचिदिएर मरनासन्न हुने गरी कुटपिट गरी मरि सक्यो भनेर जंगलमा फालेका थिए ।’
सो विज्ञप्तीमा निजसँग बाइकमा रहेको भाई भाग्न सफल भइ गाउँमा गएर हार गुहार गर्दै खबर गरेपछि स्थानीयबासीहरुले खोजी कार्य गर्दा जङ्गलमै अर्धमृत बेहोस अवस्थामा फालिएको भेटेका र स्थानीयवासीको पहलमा एम्बुलेन्स बनाएर दाङ तुल्सीपुर उपचारर्थ पठाइएको बताइएको छ ।
साथै माओवादी केन्द्र जिल्ला संगठन समिति रोल्पाले त्यस जघन्य गम्भिर अपराधिक घटनाप्रति घोरभत्र्सना एवं खेद व्यक्त गर्दै गम्भीर घाईते शंकर घर्तीको शिघ्र स्वास्थ्य लाभका कामनासमेत गरेको छ । बेहोस अवस्थामा जंगलमा रहेका क. शंकर घर्तीमगरलाई खोजी तथा उद्धार गरी तुरुन्त एम्बुलेन्स बनाएर उपचार्थ तुलसीपुर दाङ अस्पताल पु¥याउन सहयोग गर्ने स्थानीयबासीहरुमा हाम्रो पार्टी हार्दिक धन्यवाद व्यक्त समेत गरेको छ ।
जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरद्वारा घाईते शंकर घर्तीमगरलाई सांघातिक आक्रमण गरी मार्न खोज्ने, ज्यान मार्ने उद्योगको घटनामा संलग्न ती आक्रमणकारी लगायतको टोलीलाई प्रहरी, प्रशासनले अविलम्ब खोजवीन एवं कारवाही गरी त्यस क्षेत्रमा अमनचयन, शान्ति सुरक्षा कायम गर्नका लागि हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला जोडदार माग एवं अपिल समेत गरेको छ ।
यस विषयमा आरोपित शोभाराम रानाले आफू कोरोनालाई लक्षण देखा परेपछि आफू स्वास्थ्य चौकी जुगारमा उपचार गराइ रहेको, ससुरालीमा रहेको, आफू घटनामाबारेमा कुनै जानकारी नभएको, आफूलाई राजनीतिक पूर्वाग्रही भएर नाम जोडेको मात्रै भएको प्रतिक्रिया दिनुभएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले केही अगाडि देखि विभिन्न राजनीतिक विचारको आधारमा आक्रमण भइ रहेका आज त्यसले उग्र रुप लिएको भन्दै खोजी कार्य भइरहेको घटनामा संलग्नहरुलाई कानूनी कारवाही गर्नका लागि नेपाल प्रहरी रहेको बताउनुभयो ।
त्रिवेणी गाउँपालिकामा केही समय यता विचार, समूहको आधारमा हानाहान गर्ने घटनाक्रम चलिरहेको छ । यो पनि त्यसकै प्रतिविम्ब हुन सक्ने अनमुमान गरिए पनि घटनाबारे सत्यतथ्य आइ सकेको छैन ।

You may also like