लोक स्टारमा शनि विजयी ५० लाख नगद र २५ लाखको विमा प्राप्त

रोल्पा समाचारदाता
कात्तिक ८ गते


आइ.एम. इ. नेपालको लोक स्टारमा रोल्पाका शनि विश्वकर्मा विजयी भएका छन् । शुक्रबार भएको अन्तिम फाइनलमा शनि विजय भएको घोषणा भएका थिए । सो घोषणा भएपछि शनिलाई मतदान गर्ने र लगात सबै खुशी भएका छन् ।
रोल्पा जिल्ला रोल्पा नगरपालिका ८ जंकोटमा जन्भिएका १७ वर्षका शनि विश्वकर्मा लोक स्टार विजय भएका हुन् । विजय भएपछि ५० लाख नगद र २५ लाखको जीवन विमा पाउने भएका छन् । लोक स्टारमा विजयी भएपछि काठमाण्डौमै विजयी ¥याली निकालेका थिए । रोल्पाको जंकोटमा जन्मिएका शनि विश्वकर्माले परिवारबाट गीत संगीतमा लाग्ने प्रेरणा पाएका थिए । उहाँका ठूलो बुवा टेकबहादुर विश्वकर्मा (गर्जन आरोही) लामो समय जनयुद्धमा गीत संगीत क्षेत्रमा लागेर जनवादी गायकको रुपमा भूमिका निर्वाह गरेका थिए । मुख्य गर्जन आरोहीकै प्रेरणाबाट नै उनी कलाकार बन्ने तिर चासो गरेका थिए । गर्जन आरोहीले शनिलाई कलाकारिता पेशामा लाग्नका लागि निकै प्रयास गरेका थिए । शनि विश्वकर्मा २ वर्ष अगाडि भएको जलजला तारामा पनि प्रथम हुने दर्शकहरुले आकलन गरेपनि हुन सकेका थिएनन् । तर निरन्तर प्रयास गर्दै गएपछि शनि यस पटक सफल भएका छन् ।


यसैगरी चेतन गोतामे रनर अफ भएका छन् । चेतनले २५ लाख नगद र १५ लाख विमा पाउने भएका छन् । रनर अफ सेकेण्ड विनोद दनुवार भएका छन् । विनोदले १० लाख नगद र १० लाखको विमा पाएका छन् । त्यसैगरी रामकुमार नेपालीले पनि २ लाख नगद प्राप्त गरेका छन् ।
शनिले करिव ८ः३० बजेतिर फेसवुकमा आफ्नो खुशी यसरी व्यक्त गर्नुभएको छ ः–“मेरो जिबनमा यत्ती खुसीको क्षण आज पहिलो पटक आएको छ, यो सबै हजुरहरु कै कारण हो, आज मलाई नेपाल लोकस्टारको बिजेता बनाईदिनु भएको छ, यो खुसीको क्षण तपाई हाम्रो लागि नै हो । यो जित भनेकै तपाईहरुको माया साथ सहयोग सपोर्ट अनि बिश्वासको हो । म त यसको एउटा प्रतिनिधि मात्र थिए । आजदेखि मेरो काधमा यो मायाको जिम्मेवारी आएको छ। मैले यो कुरा आत्मसात गर्दै अबको दिनमा नेपाली गित संगितलाई माया गर्दै अगाडि बढने छु। सदैब तपाईबाट यस्तै साथ सहयोगको अपेक्षा गरेको छु ।”
“अन्ततः नेपाल लोकस्टारको सुरुको यात्रा देखि अहिलेसम्म यसरी बिजेता बनाउनको लागि धेरै सहयोग गर्ने सम्पुर्ण ती देश तथा बिदेशमा छरिएर रहनुभएका आदरणीय आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरु साथीभाईहरु साथै समग्र सबैमा मेरो शिर झुकाएर नमन ढोग अनि प्रणाम !!” शनिले सबैलाई धन्यवाद दिनुभएको छ ।
शनिलाई विजय गराउनका लागि रोल्पाका स्थानीयतह, जनप्रतिनिधी, अभियान्ता, सामाजिक संघ सँस्थाहरु लागेका थिए । सामुहिक प्रयासले शनि विजय भएका छन । शनिका घर परिवार र अभियान्ताहरुले सबैलाई धन्यवाद दिएका छन् । तर पनि सामाजिक सञ्जालहरुमा भोट सार्वजनिक नगरेमा ढाडली भएको भन्ने राकुमार नेपालीका पक्षधरहरुले लगाएका छन् ।

You may also like