उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को तिहार रोल्पा आफ्नो जन्म घरमा

मानसिंह विश्वकर्मा
रोल्पा कात्तिक ११ गते


उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ आफ्नो पुर्ख्यौली जन्मघरमा तिहार मनाउँदै हुनुहुन्छ, कात्तिक ८ गतेसाझ घर आउनु भएका उपराष्ट्रपति पुनमगर १३ गतेमात्रै काठमाण्डौँ पर्किनु हुनु भएको छ । उपराष्ट्रिपति भएपछि पहिलो पटक टिहार घरमा मनाउने योजना सहित उहाँ रोल्पाको परिवर्तन गाउँपालिका– २ राङसीस्थित पुर्ख्यौली घर आउनुभएको हो ।
तिहासको समयमा पहिलो पटक घर आएपछि गाउँबासीहरु निकै खुशी भएका छन् । पुनलाई बाजागाजासहित भव्य स्वागत गाउँबासीले गरेका छन् । उपराष्ट्रपतिका बुवा सोही घरमै बस्दै आएका छन् । यतिबेला उपराष्ट्रपति नन्दबहादुर पुनमगर ‘पासाङ’को घरमा दिदीबहीनी, गाउँका इस्त्रमित्र समाजसेवी लगायतको जमघट भएको छ । दैनिक जसो नचारु टिम, देउसी भैलो टिम लगायतको साँस्कृतिक कार्यक्रम उहाँको घरमा भइरहेको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनमगर ‘पासाङ’ बाल्यकालदेखि नै गाउँका विभिन्न सांस्कृतिक समूह, क्लव लगायतमा सहभागी हुँदै अगाडि बढ्नु भएको थियो । पछिल्लो चरणमा विभिन्न परिवर्तशील मेला, पर्वहरुमा सरंगे, पैसेरु लगायतका नाँचमा सहभागी हुँदै, नाँचको अगुवा र वाध्यक बाद्यकका रुपमा पनि परिचित हुनु हुन्थ्यो ।


पहिलो कार्यकाल उपराष्ट्रपति भएका बेला घर आएका उपराष्ट्रपति पुनको दोस्रो कार्यकाल पछिको यो पहिलो आगमन भएको र अझै यति लामो समय तिहारको बेला बसेको वडा अध्यक्ष हरीप्रसाद बुढामगरले जानकारी दिनुभयो । उपराष्ट्रपति नन्दबहादुर पुनमगर ‘पासाङ’ ले घरमा आउनहरुलाई शुभकामना समेत व्यक्त गर्दै भेटघाट गरिरनुभएको छ । उहाँको भाई टिका पनि आफ्नै घरमा मनाउने तयारी छ । उहाँको १३ गते विहान मात्रै काठमाण्डौँ फर्किने कार्यक्रम रहेको सचिवालयले बताएको छ ।
उहाँसंग भेटघाट गर्नका लागि प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, शिक्षा स्वास्थ्य समितिका संयोजक जयपुरी घर्तीमगर, प्रदेश सभा सदस्य दीपेन्द्र पुनमगर, नेकपाका नेतृ तारा घर्तीमगर लगायतको टोलीले भेटघाट गरेको छ ।

You may also like