“पार्टी एकताले मात्रै बाम, नेपाल र नेपालीको सम्बृद्ध छ, रोल्पाका सबै खरको छानो मुक्त गर्दछौँ ” ः–माओवादी केन्द्रका नेता वर्षमान पुनमगर

मानसिंह विश्वकर्मा
रोल्पा घोडागाउँ पञ्चिकोट
माघ २४, २०७४
नेकपा माओवादी (केन्द्र) का कार्यालय सदस्य एवं यूवा नेता वर्षमान पुन ‘अनन्त’ले वाम एकता भाड्नका लागि माओवादी र एमालेभित्रका अवसरबादी शक्तिहरु न्वारानदेखिको बल लगाएर लागेको बताउनुभयो । उहाँले सुवर्णावती गाउँपलिका १ घोडागाउँ पञ्किोटका रोल्पाका अग्नी पिडितहरुका लागि घर पुनः निर्माण घोषणा तथा राहत वितरण तथा कार्यक्रममा यस्तो कुरा बताउनुभयो ।
उहाँले भन्नुभयोः–“हामी संघीय र प्रदेशको निर्वाचनमा संगै चुनाबमा गयौँ, बामपन्थीको बहमुत पनि लियौँ, अब त्यो देखि डराएर बामपन्थी शक्तिहरुबाहेक त निरन्तर लागि रहेका छन्, केही अगाडि माओवादीकेन्द्रले ५ वर्षसम्म सरकारको नेतृत्व गर्नका लागि प्रस्ताव लिएर आए त्यो माओवादी केन्द्रले मानेनौँ, अब एमालेलाई माओवादी केन्द्र विनानै सरकार बनाउन प्रस्ताव गरेका छन् । यी सबै पार्टी एकताको बाह्य शक्ति निरन्तर लागेको कुरा पुष्टि हुन्छ अब हामी त्यसका विरुद्धमा एकता गरेर छाड्छौँ । ”


पार्टी एकता कार्यदलको सदस्य समेत रहनुभएका वर्षमान पुनमगर ‘अनन्त’ ले भन्नुभयोः–“पार्टी भित्र अदुरर्शी विचार बढी भएका व्यक्तिहरु पनि पार्टी एकताको पक्षभन्दा अन्य बाह्य शक्तिको प्रभावमा परेकाले पनि बाह्य शक्तिलाई बल पुगेको छ पार्टी एकताले मात्रै नेपालका कम्युनिष्ट र बामपन्थीहरु साथै नेपाल र नेपालीको सम्बृद्ध हुन्छ, हामी त्यो प्रक्रिया छिटो परणाम दिनु पर्दछ । ”
पार्टी एकताका लागि दुई दलीय कार्यदल तथा बाहिरसमेत आफु निक्कै सक्रिय भएको यथार्थ बुझ्दा बुझ्दै आफुलाई एकता बिरोधी भनि बदनाम गराउने प्रयास गर्नुुले अवसरवादीहरु नै एकता भाड्न सक्रिय भएको पुष्टी हुने पुनमगरले बताउनुभयो ।
प्रचण्डका विश्वास पात्र समेत रहनुभएका पुनमगरले भन्नुभयो–“केही दिनअघि अध्यक्ष प्रचण्डले समेत यस कुराको खुलासा गरिसक्नुभएको छ, जुनशक्ति एकता भाड्न माओवादीको पछि लागेको थियो, अहिले त्यही शक्ति एमालेको पछि लागेको छ, मलाई विश्वास छ एमालेका साथीहरु पनि एकता प्रकृयाबाट टाढा जानुहुने छैन ।’
रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा विजय वर्षमान पुनमगर ‘अनन्त’ ले माओवादी केन्द्र कुनैपनि शर्तमा वाम एकताको प्रक्रियाबाट पछि नहट्ने अडान दोहो¥याउदै अब राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको केही दिनमै नेपालमा बाम सरकार निर्माण हुने समेत बताउनुभयो ।
माघ १३ गते भएको आग्लानीबाट नरीमा घर्तीमगर, नरेन्द्र पुनमगर, कुमारी पुनमगर, अमरबहादुर घर्तीमगर, पवी घर्तीमगर, कृष्णबहादुर घर्तीमगर र किशोर घर्तीमगरको घर गोठ जेलेर नस्त भएको थियो । आग्लागी भएको गाउँको अनुगमन तथा अलोकन समेत गर्नुभएको थियो ।
सुवर्णावती गाउँपालिकाबाट उहाँले ७ घर पुननिर्माणमा सहयोग गर्ने घोषणा गर्दै सुरक्षित आवास तथा सुरक्षित घर बनाउने आफने चुनावी घोषणा पत्र अनुसार साविकको घोडागाउँ ६ पञ्किोटबाट शुरुवातका लागि पहिलो चरणमा ५० घरमा जस्ता पाता लगाउनका लागि कार्यक्रम घोषणा समेत गर्नुभयो । उहाँले भन्नुभयोः–“मलाई र हाम्रो पार्टीलाई प्रतिनिधी र प्रदेश सभामा निर्वाचित बनाएपछि हाम्रो पहिलो लक्ष्य गरिवहरुसँको कार्यक्रम अन्तर्गत सुरक्षित आवास अन्तर्गत रोल्पाका जम्मा ४३ हजार घर परिवारमध्ये २० हजार अझै खरको छानो भएकोले त्यसलाई अन्त्य गर्नका लागि जस्ता पाटा लगाउने पहिलो कार्यक्रम बनाएका थियौँ जनताको माझमा गयाँै, जनताले विजय पनि बनाउनुभयो, हाम्रो प्रतिवद्धता अनुसार काम गर्दछौँ, जनयुद्धको नमूना गाउँबाट अभियानको शुरुवात भयो ।”
पहिलो पटक रोल्पाबाट निर्वाचित बन्नुभएको पुनमगरलेले गाउँपालिका र सांसदहरुको सहकार्यमा रोल्पाका फुसको घर मुक्त गर्ने अभियान अन्तर्गत गाउँपालिककाले जति घर निर्माण गर्दछ त्यति संख्यामै आफूहरुले पनि निर्माणमा सहयोग गरिदिन समेत बताउनुभयो । उहाँले गाउँपालिकाको पनि अवपनन्न हुने गरी कार्य सम्पनन गरिने बताउनुभयो । आग्गाली विपतमा परेकाहरुप्रति सहानुभूति व्यक्त गर्दै भन्नुभयोः“ म बाहीर मेरो उपचारको शिलशिलाको क्रममा गएको थिए मैले गाउँपालिका र वडापालिका लगायत अन्य सामाजिक संघसँस्थाहरुलाई सम्पर्क गरेर अनुरोध गरेको थिए, यो दुखमा साथ हामी सबैको हुन्छ ।”

 

  आज नै रोल्पा–काठमाडौं सम्पर्क मंचले संकलन गरेको राहात सामाग्री अनन्त र निवर्तमान सभामुख ओनसरी घर्तीले वितरण गर्नएको हो । सम्पर्क मञ्चले संकलन गरको २५ बोरा चामल, २० वटा वलाङ्केट, कम्वल २० वटा, चुन, दाल, तेल, ६ वटा गाग्ग्री, १२ वटा थाल र लत्ता कपडा वितरण गर्नुभएको थियो ।
राहत वितरण कार्यक्रममा सहभागी निवर्तमान सभामुख ओनसरी घर्तीमगरले त्यस क्षेत्रका अग्नी पीडित महिलाहरुलाई आयआर्जनको कार्यक्रमका लागि आफूले सकेजति सहयोग गर्ने बताउनुभयो । उहाँले महिलाहरु आग्लागीबाट बढी पीडितभएको बताउँदै दुःख व्यक्त समेत गर्नुभयो ।
कार्यक्रमा रोल्पा काठमाण्डाँै सम्पर्क मञ्चका इन्चार्ज चित्रबहादुर घर्तीमगर ‘गुलाफ’ले रोल्पाली जनताको सहयोगका लागि सम्पर्क मञ्च निर्माण गरेको बताउँदै अब त्यस कार्यमा मञ्च लाग्ने बताउनुभयो ।
कार्यक्रममा एवं नेकपा (माओवादी केन्द्र) सुवर्णावती गाउँपालिका अध्यक्ष रत्नमहरा, सुवर्णावती गाउँ कार्य पालिका सदस्य तुलसी सुनार, पत्रकार नविन लोचन, महिला नेतृ कामना, अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति सदस्य नेवलाप पोख्रेल लगायत सरोकारवालाहरुको समेतको आथित्यता रहेको थियो । रोल्पा काठमाण्डौँ सम्पर्क मञ्चका अध्यक्ष जीवन रोकामगरको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन नेकपा (माओवादी केन्द्र) केन्द्रीय आयोजक समिति सदस्य पवन कुवरले गर्नुभएको थियो ।

You may also like