रोल्पा नगरपालिका वडा नं. ९ पूर्ण भर्ना उत्सव तथा वडा स्तरीय पढाई मेला सम्पन्न

रोल्पा समाचारदाता
ह्वामा, रोल्पा
भाद्र २९ गते


राष्ट्रिय बाल दिवस २०७६ को अवसरमा रोल्पा नगरपालिका वडा नं. ९ ह्वामालाई पूर्ण भर्ना घोषणा गरिएको छ । वडा पालिकाका ४ देखि १२ वर्ष उमेर समूहका सबै बालबालिकाहरु विद्यालयमा भर्ना भएपछि वडालाई पूर्ण भर्ना वडा घोषणा गरिएको हो । आइतबार वडाको बृहत कार्यक्रम गरी पूर्ण भर्ना उत्सव तथा वडा स्तरीय शैक्षिक मेला सम्पन्न गरिएको हो ।
कार्यक्रममा हुरेक रोल्पाका कार्यक्रम संयोजक कर्ण दरैले रोल्पा नगरपालिकालाई शैक्षिक हव बनाउने योजनामा सम्पूर्ण वडाहरु अगाडि बढेकोमा धन्यवाद व्यक्त गर्दै यस अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । यस अभियानलाई पूर्णतामा दिनका लागि सेभद चिल्डे«ेन र हुरेक रोल्पा पनि लागि परिरहेको बताउनुभयो । सबै बालबालिकालाई शिक्षा प्रदान गर्नका लागि सहयोग गर्नुपर्नेसमेत बताउनुभयो । साथै कार्यक्रममा विशिष्ट अतिथि समाजसेवी जानसिंह घर्तीमगरले ह्वामाका सबै बालबालिकालाई विद्यालयमा भर्ना गरी शिक्षा प्रदान गर्नका लागि सबैलाई अनुरोध गर्नुभयो । उहाँले ह्वामाको शैक्षिक अवस्था विगतभन्दा तुलनात्मक रुपमा सुधार भएको बताउनुभयो ।


सेभद चिल्डेनको आर्थिक सहयोग हुरेक नेपालको समन्वय तथा रोल्पा नसगरपालिका वडा नं. ९ को आयोजनामा भएको कार्यक्रममा १२ जना बालबालिकालाई शैक्षिक सहयोग समेत प्रदान गरिएको थियो । सोही अवसरमा वडा स्तरीय शैक्षिक मेलामा कक्षा २ मा अनुलेखन, कक्षा ३ को पठन प्रवाह, अभिभावकको कथा वाचन, शिक्षकको कविता वाचन, लगातको कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा २ को अनुलेखनमा बराह प्रा.वि. कर्तमका कुश्मी बुढा प्रथम, बागेश्वरी मा.वि. लिनवका पुजा बुढा द्वितीय, जनता प्रा.वि. चोयबाङका बर्जिता बुढामगर, नेपाल राष्ट्रिय आधारभूत विद्यालय ह्वामाका पुन लिप्रसाद सान्त्वना भएका छन् । यसैगरी कक्षा ३ को पढाई प्रवाहमा निशा डाँगी प्रथम, अंकित बुढा द्वितीय, देविकला पुन तृतीय र जनमना सान्त्वना भएका थिए ।
यसैगरी अभिभावक कथा वाचनमा तिलिसा बुढामगर प्रथम, प्यारामाया बुढा द्वितीय, बिष्णु केसी तृतीय, जानसिंह घर्तीमगर सान्त्वना भएको थिए । शिक्षक कविता वाचनमा जनदिशा प्रा.वि.का सविन विक प्रथम, नेपाल राष्ट्रिय आधारभूत मा.वि.का होलिसा घर्तीमगर द्वितीय, बाल आधारभूत विद्यालयका कर्मराज पुनमगर तृतीय, प्रा.वि. रिसबाङका बमकुमारी घर्तीमगर स्वान्त्वना हुनुभएको थियो ।
कार्यक्रममा सिकाई उपलब्धीको आधारमा कक्षा ३, ५ र ८ का विभिन्न विषय शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो । साथैँ वडाको शैक्षिक सुधारका लागि अमूल्य योगदान गरेको भन्दै कार्यक्रममा सेभद चिल्ड्रेन रोल्पा, हुरेक रोल्पा, सेभद चिल्डे«ेन रोल्पाका दिलकमल क्षेत्री, हुरेक रोल्पाका दिलकुमारी बुढामगरलाई समेत सम्मान गरिएको थियो ।
रोल्पा नगरपालिकाकामा ९ वटा सामुदायिक विद्यालयमा १ हजार १७ जना रहेको छ । वडाको शैक्षिक उपलब्धी ६७ प्रतिशत, उतीर्ण दर ९५ प्रतिशत, विद्यालय दोह¥याउने ३ प्रतिशत र विद्यालय छोड्ने २ प्रतिशत रहेका छन् । रोल्पा नगरपालिका ह्वामाको शैक्षिक सुधारका लागि सबै सरोकारवाला एक भएपछि मात्रै सम्भव भएको हो ।
कार्यक्रम वडा अध्यक्ष भिमबहादुर घर्तीमगर अध्यक्षतामा सम्पन्न भएको थियो भने शिक्षक पूर्ण विक्रम घर्तीमगरले सञ्चालन गर्नुभएको थियो ।

You may also like