होटेल व्यावसायी संघ को पाँचौ वार्षिक साधार सभा सम्पन्न

रेशम विश्वकर्मा
लिबाङ, रोल्पा
२०७६ भाद्र २१


होटल व्यवसायी संघ रोल्पाको वार्षिक पाँचौं वार्षिक साधारण सभा शनिबार लिबाङमा सम्पन्न भएको छ । सभाले होटल व्यवसायीहरु एक जुट बन्नुपर्ने कुरामा एक मत भएका छन् ।
उक्त कार्यक्रमको प्रमुख अतिथि एवं होटल व्यवसायी संघ ५ नं. प्रदेश नेपालको उपाध्यक्ष प्रमुख अतिथि एकनारायण चापागाईले संघीय संचरनाले साविक जिल्लाको सदरमुकामा होटल व्यवसायीमा केही प्रभाव परेको छ, यो समस्या ५ नंंंं. प्रदेशका १२ ओटा जिल्लाको सदरमुकामका होटल व्यवसायीहरुको मात्र समस्या ७५ ओटा जिल्लाको सदरमुकाम स्थित होटल व्यवसायीहरुको समस्या भएको बताउनुभयो । साविक जिल्लाको सदरमुकाम लगायत अन्य ठाउँहरुको होटल व्यवसायीको प्रर्वद्वर विकासको निम्ति संघ सरकार, प्रदेश सरकार, स्थानीय सरकारहरुले पर्यटन क्षेत्रको विकास गरी पर्यटनको विकासमा ध्यान पु¥याउनु पर्ने जोड दिनुभयो । प्रदेश सरकारसँग १२ ओटा जिल्लाको होटलहरुको प्रर्वद्वनको निम्ति पर्यटन क्षेत्रको पहिचान गरी पर्यटनको विकासको माग गरेको प्रमुख अतिथि चापागाईले बताउनुभयो । पर्यटन क्षेत्रका विनियोजिट वजेट कार्यन्वयको क्रममा होटेल व्यवसायिसँग समन्वय कार्यन्वयन गर्नुपर्ने आवश्यक औल्याउनुभयो । होटल व्यवसायीको प्रर्वद्वन र विकासको निम्ति नीति व्यवस्थापन गरी कार्यन्वयन गर्ने दायित्व संघ सरकार, प्रदेश सरकार, स्थानीय सरकारको हो भने होटलको व्यवस्थापनका लागि स्वयम होटल व्यवसायी सक्रिय बन्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । ५ प्रदेश होटल व्यवसायीको हक अधिकार सुनिश्चिताको लागि प्रदेश संघ निरन्तर पहल गर्ने समेत प्रमुख अतिथि चापागाईले कार्यक्रममा उद्घोष गर्नुभयो । होटल व्यवसायीको हक अधिकार सुनिश्चितताका लागि सम्पूर्ण होछल व्यवसायीहरुलाई एक हुन पनि उहाँले अनुरोध गर्नुभयो । प्रमुख अतिथि चापागाईले भ्रमण वर्ष स्न २०२० अभियान सफल बनाउन होटल व्यवसायीसँग समन्वय सहकार्यका विना सम्भव नभएको भन्दै आगामी दिनमा होटल व्यवसायीसँग समन्वय सहकार्य गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । होटल व्यवसायी दीर्घकालनी सञ्चालनका लागि होटलमा आएका ग्राहकहरुलाई प्रदान गरिने सेवा प्रभावकारी नै भएको हुँदा सोही अनुसारको व्यवस्था र सेवा प्रदान गर्नुपर्ने सम्पूर्ण प्रमुख अतिथि चापागाईले जोड दिनुभयो ।
त्यसैगरी कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्लाको प्रतिनिधि नेपबहादुर वली, नेपाली काँग्रेस रोल्पा जिल्ला कोषाध्यक्ष खड्कबहादुर खत्री, नेपाली काँग्रेस रोल्पा जिल्लाको निवर्तमान जिल्ला सभापति एवं अग्रज व्यक्तित्व कृष्णबहादुर घर्तिमगर, नेपाल लेखापढी कानुनी व्यवसायी एशोसियसन लिबाङ इकाई रोल्पाको अध्यक्ष होमबहादुर पुन, रोल्पा उद्योग वाणिज्यसंघको उपाध्यक्ष केशव कुमार आचार्य, होटल व्यवसायी संघ बाँके जिल्लाको सल्लाकार विश्वराज खनाल, सोही जिल्लाको महासचिव खेमराज शर्मा लगायतका अतिथिहरुले शुभ कामना मनतव्य राख्नुभएको थियो । कार्यक्रमको वक्ताहरुले ग्राहकलाई उपयुक्त व्यवहारमा गर्नुपर्ने, होटोलमा झैझगडा हुने क्षेत्र भएकोले हुँदा होटेल व्यवसायिलाई सजक बन्नु पर्ने, भ्रम वर्ष सफल बनाउन होटल व्यवसाय व्यवस्थित गर्नपर्ने, पर्यटन भित्र्याउन होटल व्यवसायी नै सक्रिय बन्नुपर्ने जस्ता धारणा व्यक्त गरेका थिए । होटल व्यवसायी संघ स्थापना समयदेखि हालसम्म योगदानलाई कदर होटल व्यवसायी संघ रोल्पाकाले होटल व्यवसायी संघ केन्द्रीय सदस्य पूर्णिमाया रोका, होटेल व्यवसायी संघ ५ नंं. प्रदेश नेपाल सदस्य एवं होटल व्यवसायी संघ रोल्पाको सह कोषध्याक्ष घलुराम पोख्रेल र होटल व्यवसायी संघ रोल्पाको निवर्तमान अध्यक्ष हरिबहादुर घर्तीमगर प्रमाण पत्र, र दोसल्लाह ओढाई सम्मान गरेको थियो । साधरण सभामा होटल व्यवसायी संघ रोल्पाको आर्थिक तथा संगठनिक सहित आगामी कार्य योजना समेत प्रस्तुत गरिएको थियो । जसमा संघको आगामी कार्य योजना जिल्लामा अवस्थित एक नगरपालिका र नौं ओटा गाउँपालिकाहरुमा शाखा विस्तार गर्ने, सफल र अनुशासित व्यवसायीलाई सम्मान, संघमा आवद्व सम्पूर्ण व्यवसायीहरुलाई संस्थाको बारेमा प्रशिक्षण, सार्वजनिक स्थलामा खुल्ला रुपमा विक्रि वितरण गर्दै आएका व्यवसायीहरुलाई संगठनको नियमको दायरामा ल्याउने, संघ भित्रका लज व्यवसायीहरुलाई दार्ताको दायरीमा ल्याउने, संघमा आवद्व व्यावसायीहरुलाई प्राकृतिक प्रकोप तथा विविध समस्या भएमा संस्थाले सक्दो सहयोग गर्ने जस्ता महत्वपूर्ण आगामी कार्य योजना जिल्ला संघले तय गरेको छ ।

त्यसैगरी संघको आर्थिक वर्ष २०७५÷२०७६ को आयतर्फ सदस्यता नविकरण र नयाँ दर्ता शुल्क रु ६ लाख ८० हजार १५०, साधारण सदस्य शुल्क रु ५१ हजा ५०, खाली बोटल रु १ लाख २४ हजार गरी जम्मा रु ८ लाख ५२ हजार २ सय र २०७५ असार महिनाभन्दा अगाडिको बचत रु ४ लाख ८० हजार ७४३, यसमा फर्चेद हुन बाँकी रु १ लाख ६८ हजार ५२०, पुरानो बचत रु ३ लाख १२ हजार २२३ गरी जम्मा कुल आय १३ लाख ३५ हजार ९४३ रहेको सभामा प्रस्तुत गरिएको थियो भने जम्मा खर्च रु ६ लाख ३ हजार २५९ भएको छ । आर्थिक वर्ष २०७५÷२०७६ सम्म संघ रोल्पाको कुल जम्मा बचत रु ५ लाख ६४ हजार १६४ कार्यक्रममा प्रस्तुत गरिएको थियो । होटल व्यवसायी संघ रोल्पाको अध्यक्ष गनबहादुर घर्तीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विपीन थापाले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष ज्ञानेन्द्र आचार्यले गर्नुभएको थियो ।

You may also like