आन्तकरिक मामिला तथा कानून मन्त्रीले उद्घाटन गरेको कार्यक्रममा ३ लाख ९२ हजार २ रुपैया ६५ पैसा संकलन

रेशमकुमार विश्वकर्मा
२०७४ फागुन १०
लिबाङ– रोल्पा
रोल्पाको पत्रकारिताको विकाससँगै भौतिक विकासमा अगाडि बढिरहेको बेला नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको नव निर्मित भनवको थप निर्माणसँगै पत्रकारिता कल्याणकारी कोष स्थापनाको लागि सहयोग सङ्कलन अभियानको बिहीबार प्रमुख अतिथि प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद के.सी.‘सोनाम’ले लिबाङमा उद्घाटन गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश ५ का आन्तरिक मामिला मन्त्री तथा कानुन मन्त्री के.सी.ले कार्यक्रमको उद्घाटन गर्दै भन्नुभयो–“विशेष नीति निर्माण गरी पत्रकारिताको विकास प्रर्वद्वनको निम्ति प्रदेश सरकारले विशेष पहल गर्दछ । यसलाई नीति बनाएर सम्वोधन गर्नु पर्दछ ।” केसीले प्रदेशको पत्रकारिताको सर्वाङ्गीण विकासको निम्ति टेवा पुग्न विश्वास प्रमुख अतिथि आन्तरिक मामिला मन्त्री तथा कानुन मन्त्री के.सी.ले धारणा व्यक्त गर्नुभयो । उहाँले पत्रकारिता निष्पक्ष मर्यादित बन्नु पर्ने आश्वयकता औल्याउनुभयो ।
मन्त्री बनेपछि नेपाल पत्रकार महासंघ रोल्पाको आयोजनामा भएको पहिलो जिल्लाको औपचारिक कार्यक्रममा मन्त्री केसीले रोल्पा जिल्लाको समग्र पत्रकरिताको विकासको निम्ति प्रतिवद्वता कार्यक्रममा व्यक्त गर्नुभयो । उहाँले आफूहरु नीति निर्माणतहबाटै सम्वोधन गर्ने बताउनुभयो । साथै रोल्पा जिल्लाको पत्रकारितालाई सम्मान समेत व्यक्त गर्नुभयो ।
प्रदेश नं.५ का प्रदेशबासीको हितको निम्ति शुसान र सुरक्षालाई प्राथमिकताका साथ कार्यन्वयन गर्ने जिम्मेवारी भएको प्रमुख अतिथि के.सी.ले हेलौ सुरक्षा कार्यक्रम सञ्चालन गरी १०० मा फोन गरेपछि जुनसुकै अवस्थामा उद्दार गर्न सकिने बताउनुभयो । सबै जनतालाई सुरक्षाको प्रत्याभूति हुने गरेर काम गरिने समेत बताउनुभयो ।
आन्तरिक तथा कानून मन्त्री केसीले प्रदेश सरकारको महत्वपूर्ण विषय प्रदेशको नामाङ्ककरण र स्थायी सदरमुकाम निर्माधरण भएकाले विवादरहीत वातारणामा प्रदेशबासीलाई पायक पर्नेगरी प्रदेश सरकारले निर्णय अगाडि बढाउने तयारी गरिरहेको बताउनुभयो । प्रदेश सरकारलाई आवश्यक कानुन निर्माणको निम्ति आवश्यक कानुन मसौदा समितिबाट कानुन मौसदा संकलन गरी कानुन निर्माण प्रक्रियालाई समेत प्रदेश सरकारले प्राथकिताका साथ अगाडि बढिरहेको छ प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री के.सी.ले जानकारी दिनुभयो
उहाँले प्रदेश सरकार कर्मचारी सरुवा बढुवामा विगतको कार्यशैलिबाट पाठ सिक्दै कर्मचारी व्यवस्थापनको विशेष योजना निर्माण गरी कार्यन्वयनमा ल्याउने धारणा व्यक्त गर्नुभयो । नेपालको संविधान अनुसार स्थानीय जनप्रतिनिधिको भरन पोषनको कानुन निर्माण अधिकार भएकाले सोही अनुसार जनप्रतिनिधिको भरनपोशणको व्यवस्था गर्ने योजनामा प्रदेश सरकार बताउनुभयो ।
वर्तमान समयमा जसरी प्रदेशको विभिन्न जिल्लाका ठाउँमा रहेका जिल्लाबासीको टेलिफोनसँग जोडिएको एनसेलको टावरमा बम विष्फोट भएको बेला कुनै कारणले पनि विकाससँग जोडिएका भौतिक संरचनामा ध्वंशको नीति अबलम्बन नगर्न सम्बन्धित निकायलाई कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला मन्त्री तथा कानुन मन्त्री के.सी.ले अनुरोध गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि प्रदेश नं. का सासंद दिपेन्द्र कुमार पुमगर ‘सिजल’ले नेपाल पत्रका महासंघ जिल्ला शाखा रोल्पाले पत्रकारिता कल्याणकारी कोषलाई नीतिगत रुपमा व्यवस्था नभए कुनै बेला शक्ति पहुँचको आधारमा कोषको दुरुपयोग हुने भएकोले जिल्ला शाखा रोल्पाले नीतगत रुपमा व्यवस्था गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । रोल्पा जिल्लाको विकास समृद्धिको निम्ति जिल्लाको पत्रकारिताले महत्वपूर्ण योग्दान पु¥याएको हुँदा आगामी दिनमा महासंघ जिल्ला शाखाको संस्थाको सर्वाङ्गीण विकासको निम्ति विशेष सहयोग गर्ने प्रतिवद्वता विशिष्ट अतिथि प्रदेश सासंद पुनगमर ‘सिजल’ व्यक्त गर्नुभयो । आगामी दिनमा जिल्लाको सम्रग विकास समृद्धिको निम्ति जिल्लाको पत्रकारिताको महत्वपूर्ण भूमिकाको अपरिहार्यता भएकोले जिल्लाको पत्रकारिताले सोही अनुसारकको भूमिका निर्वाहको निम्ति आम पत्रकारहरूलाई उहाँले अनुरोध गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर ‘अविनाश’, रोल्पा नगरपालिकका नगर प्रमुख पुर्ण के.सी, प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई, नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्लाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका पूर्व अध्यक्ष वर्तमान सल्लाहकार खेमबहादुर बुढामगर, नेपाली काँग्रेस रोल्पाका जिल्लाका निवर्तमान सभापति समाज सेवी कृष्णबहादुर घर्तीमगर, जिल्ला समन्वय समिति रोल्पाका समन्वय अधिकारी शुसील बैद्य, जिल्ला पशु सेवा कार्यालय रोल्पाका वरिष्ठ पशु चिकित्सक डा. गान्धीराज उपाध्याय, रोल्पा नगरपालिका कार्यालय रोल्पाका प्रशासकीय अधिकृत कामनसिङ थापामगर, जिल्ला शिक्षा अधिकारी कल्पणा घिमिरे, गैर सरकारी संस्था महासंघ रोल्पाका अध्यक्ष कर्णबहादुर बाठा, रोल्पा हस्पितल प्रा.लि. रोल्पाका व्यवस्थापक शिव आचार्य, जलजला बहुमुखी क्याम्पस रोल्पाका सहायक प्रमुख प्राध्यापक गोकर्ण प्रसाद पुनमगर, नेपाल लेखापढी कानुन व्यवसायी एसोशियसन रोल्पाका अध्यक्ष होमबहादुर पुनमगर, निर्माण व्यवसायी संघ रोल्पाका सचिव रमेश बुढामगर, उद्योग वाणिज्य संघ रोल्पाका उपाध्यक्ष विश्व कुमार चन्द, सर्वज्ञा हार्डवयरका व्यवस्थापक ज्ञानु वली लगायतक आतिथिहरूले कार्यक्रमको शुभ–कामना मतनव्य राख्नुभयो ।
कार्यक्रममा गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट रोल्पा जिल्लाको जिल्लाको क क्षेत्र र ख क्षेत्र बाट निर्वाचितद्वोय प्रदेश सासंद कुलप्रसाद के.सी.‘सोनाम’ र दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ लाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंह विश्वकमा, द्वोय पूर्व अध्यक्ष खेमबहादुर बुढामगर, मौसम रोकामगरले प्रमाण पत्र, अविरल्यापनसँगै खादा ओढाएर सम्मान गर्नुभयो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको निर्माधिन भवनको निर्माण र पत्रकारिता कल्याणकारी कोष स्थापनाको निम्ति नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंह बि.क.ले रु ५० हजारको चेक आर्थिक विभागका प्रमुख हर्कबहादुर घर्तीमगरलाई कार्यक्रममा हस्तारन्तरण गरी घोषणा अभियानो घोषणा गर्नुभएको थियो । त्यसैगरी सर्वज्ञा हार्डवयरका व्यवस्थापक ज्ञानु वलीले रु ५१ हजार १ सय ५१ रुपैया १ पैसा, रोल्पा उद्यागो वाणिज्य संघ रोल्पाका उपाध्यक्ष विश्व कुमार चन्दले रू २५ हजार, निर्माण व्यवसायी संघ रोल्पाका सचिव रमेश बुढामगरले रू २५ हजार ५ सय ५, राप्ती उप क्षेत्रीय अस्पताल दाङकी डाक्टर सविना घर्तीमगरले रु.३५ हजार, जलजला बहुमुखी क्याम्पस रोल्पाका सहायक प्रमुख प्राध्यापक गोर्कण पुनमगरले रु दश हजार ५ को चेक, वाइसियल रोल्पा जिल्ला अध्यक्ष रितमान पनु ‘अग्रीम’ ले रु. ५० हजार रुपैया, गैर सरकारी संस्था महासंघ रोल्पाका अध्यक्ष कर्णबहादुर बाठा रु २५ हजार १ रुपैया, जिल्ला शिक्षा कार्यालय रोल्पाका जिल्ला शिक्षा अधिकारी कल्पणा घिमिरेले रु. ५ हजार ५ रुपैया, रोल्पा नगरपालिका कार्यालय रोल्पाका प्रशासकीय अधिकृत कमानसिंह थापमगरले रु. ३४ हजार २ सय २० रुपैया, जिल्ला पशु कार्यालय रोल्पाका वरिष्ठ पशु चिकित्सक डाक्टर गान्धीराज उपाध्यायले रु. ५ हजार ५, जिल्ला समन्वय समिति रोल्पाका समन्वय अधिकारी शुसील बैद्यले रु. ५ हजार ५ सय ५, जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्र.ना.उ. ज्ञनेन्द्र प्रसाद फुयालले रु. ५ हजार २५ रुपैया, राष्ट्रिय अनुसन्धान कार्यालय रोल्पाका प्रमुख अनुसन्धान अधिकृत मनोज ढकालले रु. ५ हजार २५ रुपैया, रोल्पा नगरपालिका वडा नं १० धबाङ रोल्पा वडा अध्यक्ष मनबहादुर खत्रीले रु. ३० हजार, रोल्पा हस्पितल प्रा.लि. रोल्पाका व्यवस्थापक शिव आचार्यले रु. ५ हजार ५ सय ५५ रुपैया ५५ पैसा, उप राष्ट्रपति नन्दबहादुर पुनमगर ‘पासाङ’को प्रेस संयोजक मनोज घर्तीमगरले रु. १० हजार, राजन श्रेष्ठले रु. १५ हजार रुपैया सहयोग गर्नुभयो । सो कार्यक्रम अविधिमा नै जम्मा रु ३ लाख ९२ हजार २ रुपैया ६५ पैसा संकलन भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंह कि.क.ले जानकरी दिनुभयो ।
यसै गरी विकका अनुसार जिल्ला समन्वय समिति रोल्पा प्रमुख राजबहादुर बुढामगर ‘अविनाश’, रोल्पा नगरपालिका कार्यालय रोल्पाका नगर प्रमुख पुर्ण के.सी, जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, समाज सेवी कृष्णबहादुर घर्तीमगर, जिल्ला शिक्षा कार्यालय रोल्पाका जिल्ला शिक्षा अधिकारी कल्पणा घिमिरे, जिल्ला पशु सेवा कार्यालय रोल्पाका वरिष्ठ पशु चिकित्सक डाक्टर गान्धीराज उपाध्याय, जलजला बहुमुखी क्याम्पस रोल्पाका सहायक प्रमुख प्राध्यापक गोर्कण प्रसाद पुनमगर, उद्योग वाणिज्य संघ रोल्पाका, निर्माण व्यवसायी संघ रोल्पाका उपाध्यक्ष विश्व कुमार चन्द, नेपाल लेखापढी कानुन व्यवसायी एशोसियशन रोल्पाका अध्यक्ष होमबहादुर पुनमगर, गैर सरकारी सस्था महासंघ रोल्पाका अध्यक्ष कर्णबहादुर बाठा लगायत जिल्ला स्थितका सरकारी तथा गैर सरकारी संघ सस्थाबाट संस्थागत निर्माणबाट नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पालाई सहयोग गर्ने प्रतिवद्वता कार्यक्रममा व्यक्त गर्नुभयो । जिल्ला शाखा अध्यक्ष मानसिंह बि.क.ले कार्यक्रमको समापनमा जुन उद्वेश्यका साथ संकलन भएको रकमको सोही अनुसार रकमको सदुपयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, व्यपारी लगायत सरोकारवाला निकायहरूको सहभागिता थियो । अब नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको भवन निर्माण र पत्रकारिता कल्याणकारी कोष स्थापनाका लागि सहयोग सङ्कलन अभियान व्यापक रुपमा आगाडि बढाउने तयारी भएको आयोजकले बताएको छ ।
यस्तै जिल्ला सचिव जीवन डाँगीले यातायात व्यवासायी, होटेल व्यवसायी समिति, निर्माण व्यावसायी समिति र अन्य व्यवसायीसँग अभियानका सन्दर्भमा छलफल गरिने बताउनुभयो । जिल्लाका अन्य स्थानमा समेत सञ्चालन गरिने आर्थिक विभाग प्रमुख हर्कबहादुर घर्तीमगरले बताउनुभयो ।
जिल्ला शाखाको यो अभियानले पक्कै पनि जिल्लाको पत्रकारितासँगै पत्रकारिता कल्याण कोषले पत्रकारिता पेशाप्रति उत्प्रेरित गर्ने सम्भावना बढेको छ । जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंह बि.क.को अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन सचिव जीवन डाँगीले गर्नुभएको थियो भने सहभागिलाई स्वागत उपाध्यक्ष दारासिंङ डाँगीले गर्नुभएको थियो ।

You may also like