सहास नेपालको सामाजिक लेखाजोखा कार्यक्रममा सशक्तिकरण भएको निष्कर्ष

सहास नेपालको सामाजिक खेखाजोखा कार्यक्रममा सशक्तिकरण भएको निष्कर्ष
भाद्र २५ गते
तेबाङ, रोल्पा


स्ट्रोम फाउण्डेसन नेपालको आर्थिक सहयोग तथा सहयोगी हातहरुको समूह सहास नेपालको आयोजनामा “दीगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रमको सामाजिक लेखाजोखा कार्यक्रम सुनिलस्मृति गाउँपालिका वडा नंं.–७ तेवाबाङमा बुधबार सम्पन्न भएको छ । सो कार्यक्रममा सहभागिताहरुले कार्यक्रम सञ्चालन भएपछि सामाजिक शसक्तीकरणका लागि धेरै योगदान गरेको प्रतिक्रिया दिएका छन् ।

विभिन्न सम्वाद समूह कार्यत्रममा सुनिलस्मृति गाउँपालिका कार्यवाहक अध्यक्ष तुलसी सुनारले संस्थाले गाउँपालिकाको शिक्षा, सामाजिक सशक्तीकरणका लागि योगदान गरिरहेको बताउँदै यसलाई अन्य वडामा पनि विस्तार गर्नुपर्ने बताउनुभयो । साथै गाउँपालिकाका युवा युवतिहरुलाई दलित, महिला, सिमान्तकृत वर्गलाई योजना छनौट लगायत आफ्नो मागका बारेमा राख्न सक्ने बताउनुनै संँस्थाको राम्रो काम भएको बताउनुभो । उहाँले सँस्थाको निरन्तरताको कामना गर्दै अगाडि बढाउनको लागि सरोकारवाला निकायलाई अपिल गर्नुभयो ।


यसैगरी कार्यक्रममा सहास नेपाल “दीगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रमका टिम लिडर सुजन श्रेष्ठले सँस्थालाई जनताको आवश्यकता अनुसार नै अगाडी बढाउने र भौतिक विकास भन्दा पनि सामाजिक सशक्तीकरणमा जोड दिने बताउनुभो । उहाँले सम्माद केन्द्रहरुको निरन्तरताका लागि कार्यक्रमलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउने बताउनुभयो । सहजीकरणमा श्रेष्ठले संस्था स्थापना गर्नुको मुख्य उद्धेश्य भनेको भावी पुस्ताको लागि समृद्ध र न्यायिक समाज निर्माण गर्नु हो । साथै सार्वजनिक क्षेत्र तथा नागरिक समाज सुदृढीकरण, गुणस्तरीय शिक्षा र जीवनोपयोगी शिक्षा, दीगा आयआर्जनमा मुख्य जोड दिने बताउनुभयो । साथै दलित, सिमान्तकृत, महिला, विपन्न वर्गलाई प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभयो ।


यसैगरी कार्यक्रममा सामाजिक लेखाजोखा एवं सहजकर्ता प्रशिद्ध न्यौपानेले सहभागिताको आवश्यकता बारेमा अझै जनमैत्री गराउन आवश्यक रहेको बताउनुभयो । यसैगरी उहाँले सबै सम्वाद समूहहरुलाई प्रभावकारी रुपमा सीप प्रदान गर्नका लागि आवश्यक रहेको बताउनुभयो । उहाँले कार्यक्रमको अझै आवश्यक रहेका र कार्यक्रमलाई परिमार्जन गर्दै समुदायमा आधारित बनाउँदै लगेमा प्रभावकारी हुने बताउनुभयो । साथै संस्थालेको योगदान समाज रुपान्तरणमा रहेको बताउनुभयो ।
यसैगरी “दीगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रम रोल्पाका अनुगमन अधिकृत प्रताव श्रेष्ठले सुनिलस्मृति गाउँपालिका वडा नं. ४, ७ र ८ मा कार्यक्रम गरिरहेको बताउँदै यस कार्यक्रमले किशोरी सम्वाद केन्द्र, सहयोग समिति सम्वाद केन्द्र, आमा सम्वाद केन्द्र लगायत सबैलाई परिचालन गरी समामाजि परिवर्तन गरिरहेको बतानुभयो । कार्यक्रमबाट हालसम्म गरिएका कार्यक्रमको लक्ष्य, उपलब्धी लगायतका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा सुनिल स्मृति गाउँपालिका वडा पालिका ७ का का.वा. अध्यक्ष रेशम शर्मा, वडा नं. ८ का का.वा. अध्यक्ष धनराज रोका, नेपाली काग्रेस रोल्पाका सहसचिव महेन्द्र पुनमगर, नेपाल राष्ट्रिय मा.वि.का प्र.अ. बलदेव गौतम, नेपाल राष्ट्रिय मा.वि. प्र.अ. विष्णुभक्त आचार्य लगायतको उपस्थिति रहेको थियो ।


जनप्रतिनिधीहरुले समृद्ध वडा निर्माण गरि दिनका लागि सँस्थालाई हातेमालो गरि दिनका लागि अनुरोध गरेका थिए ।
कार्यक्रममा कार्यक्रम अनुगमन अधिकृत प्रताप श्रेष्ठले संस्था स्थापना गर्नुको मुख्य उद्धेश्य भनेको भावी पुस्ताको लागि समृद्ध र न्यायिक समाज निर्माण गर्नु हो । साथै सार्वजनिक क्षेत्र तथा नागरिक समाज सुदृढीकरण, गुणस्तरीय शिक्षा र जीवनोपयोगी शिक्षा, दीगा आयआर्जनमा मुख्य जोड दिने बताउनुभयो । साथै दलित, सिमान्तकृत, महिला, विपन्न वर्गलाई प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभयो ।
कार्यक्रम प्रताप श्रेष्ठले रोल्पा जिल्लाका नागरिकलाई पनि सामाजिक, आर्थिक सशक्तिकरणका लागि कार्यक्रम छनौट गरिएको बताउनुभयो । २०५३ सालमा स्थापना भएको सँस्थाले रोल्पामा सुनिल स्मृति गाउँपालिका वडा नं. ४, ७ र ८ मा कार्यक्रम सञ्चालन गरिरहेको छ । रोल्पा जिल्लामा २०१९ देखि २०२३ सम्म सञ्चालन हुने आयोजकले बताएको छ । रोल्पा जिल्लामा काम गरेर नागरिकलाई हरेक कुरामा पैरवी गर्न तयार जनशक्ति निर्माण गर्नु नै प्रमुख उद्धेश्य भएको बताउनुभयो ।
कार्यक्रममा अभिभावक सम्वाद केन्द्रमा बस्नुभन्दा अगाडि आफ्नो परिचय, अन्यायको कुरा गर्न नसकेको तर केन्द्रमा बसेपछि आफ्नो कुरा भन्न, र अन्यायका विषय उत्थान गर्न सकिने बताउनुभयो ।
किशोरी सम्वाद केन्द्रमा राम्रो त भए पनि गाउँको विभिन्न उत्पादन तथा कृषि पेशाको काम गर्नुपर्ने भएकोले सम्वाद केन्द्रमा किशोरीहरु उफस्थिमा कम भएको सम्वाद सहयोग समिति संयोजक भविन्द्रा पुनमगरले बताउनुभो । सञ्चालक समितिको बैठकबाट हरेक कुराकाम माग नै गर्ने बताउनभुभयो । सम्वाद समूहका एनीमेटर मुना किशोरी समूह किशोरीहरुको अभिभावकहरुसँग छलफल गरेपछि सहभागि बढेकाको बताउनुभयो ।
यसैगरी नेपाल राष्ट्रिय मा.वि. अरेशका प्र.अ. बलदेव गौतमले विद्यार्थीहरुको अन्तरक्रिया, बक्तृत्वकला क्षमतामा कार्यक्रम सञ्चालन भएपछि विकास भएको प्रतिक्रिया दिदैँ कार्यक्रम निरन्तरता दिनु पर्ने बताउनुभयो । यसैगरी नेपाल मा.वि. तेबाङका प्र.अ. विष्णुभक्त आचार्यले कार्यक्रमलाई प्रभावकारी ढंगबाट अगाडि बढाउनको लागि अनुरोध गर्नुभयो ।
कार्यक्रम लागु भएपछि जनतताहरुमा सामाजिक सशक्तिकरण विकास भएको, आत्म वलमा विकास भएको, त्यसलाई अझै निरन्तरता दिनका लागि अनुरोध गरेका थिए । जनताको बिचमा गरेको कामलाई जनताको बीचमै गएर सामाजिक लेखा परिक्षण गर्नुलाई सकरात्मक रुपमा बुझेका छन् ।

ी पनि वडा कार्यालयमा आग्जनी

You may also like