ओलीको प्रतिगमनकारी कदमको विरुद्धमा रोल्पाको सुलिचौरमा विरोध कार्यक्रम गर्दै


रोल्पा समाचारदाता
माघ ८ गते सुलिचौर –रोल्पा

This image has an empty alt attribute; its file name is sulichau-porgam.jpg


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुर्वी निर्वाच क्षेत्र (क) को आयोजनामा सुलिचौरमा विशाल विरोध जनसभा हुनभएको छ । सो सभालाई सम्वोधन गर्नका लागि पूर्व सभामुख एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य कृष्णबहादुर महरा र निवर्तमान ऊर्जा मन्त्री एवं स्थायी समिति सदस्य वर्षमान पुनमगर र केन्द्रीय दिपेन्द्र कुमार पुनमगर र केन्द्रीय सदस्य मेघमणि चौधरी सम्वोधन गर्नुहुने भएको छ ।
आज रोल्पाको सुलिचौरमा हुने विशाल विरोध सभामा सुनिलस्मृति गाउँपालिका, रोल्पा नगरपालिका, लुंग्री गाउँपालिका र सुनछहरी गाउँपालिकाबाट पनि जनताहरु आउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का निर्वाचन क्षेत्र १ का इन्चार्ज गुणेन्द्र घर्तीमगरले बताउनुभयो । पूर्वी रोल्पाको बसपार्तमा हुने विरोध सभाको लागि सम्पूर्ण तयारी भइरहेको जिल्ला समिति सदस्य एवं युवा नेता रत्न महराले बताउनुभयो ।
¥याली सहित बजार परिक्रमा गर्ने र विरोध सभा बसपार्कमा गरिने समेत आयोजकले बताएको छ । गाउँ गाउँबाट बाजा गाजाहित ¥याली लिने तयारी भइसकेको समेत विभिन्न गाउँपालिकाका पार्टी अध्यक्षहरुले बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड, माधव नेपाल समूहले यस भन्दा अगाडि रोल्पाको लिबाङमा विशाल जनसभा गरि सकेको छ भने भोली अर्थात ९ गते निर्वाचन क्षेत्र २ को पश्चिम रोल्पाको घर्तीगाउँमा गर्ने बताएको छ । केपी शर्मा ओली समूहले भने रोल्पामा खुल्ला रुपमा कार्यक्रम गर्न अझै बाकी रहेको बताएको छ ।
यस सभालाई सम्वोधन गर्नका लागि नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेल आउने भने पनि गैरेको अर्काे स्थानको सभालाई सम्वोधन गर्नु पर्ने भएकोले रोल्पामा न आउनु हुने भएको केन्द्रीय सदस्य दीपेन्द्र कुमार पुनमगरले बताउनुभो ।

You may also like