५ नंं. प्रदेश शहीद स्मृति हाप्किडो प्रतियोगितामा  प्रथम

कार्तिक ४ गते
लिबाङ रोल्पा


सहिद स्मृति मार्शल आर्टस् हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगिता–२०७६ सम्पन्न भएको छ । ५ नं. प्रदेश नेपाल टिम प्रतियोगितामा ८ स्वर्ण प्राप्त गर्दै प्रथम बन्न सफल भएको छ ।
उक्त प्रतियोगितामा ६ स्वर्ण सहित प्रदेश न. ३ दोस्रो, २ स्वर्ण सहित कर्णाली प्रदेश तेस्रो स्थान ल्याउन सफल भएको कार्यक्रम संयोजक यमुना घर्तीमगरले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुषतर्फ प्रदेश न. ३ का बिशाल खड्का र महिलातर्फ प्रदेश न. ५ कि कबिता घर्ती मगरले बेस्ट प्लेयरको उपाधि हात पार्न सफल बन्नुभएको छ ।

त्यसैगरी बेस्ट रेफ्रि भवन बुढामगर बन्नुभयो भने उद्यमान खेलाडी ५ नंं. प्रदेशका खेलाडी आशोक बुढामगरले आफ्ना पार्न सफल हुनुभयो । प्रतियोगितामा सात प्रदेशका सात टिम र आयोजकको १ टिम गरी जम्मा ८ टिमको सहभागिता थियो भने प्रत्येक टिममा १६ खेलाडी समावेश थियो । पुरुष तर्फ ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५ र ६५–७० के.जी. तौल समूहका खेलाडी सहभागिता हुनुभएको थियो । त्यसैगरी महिलातर्फ पनि सोहि तौल समूहका खेलाडीहरुको सहभागिता थियो ।

प्रतियोगितामा स्वर्ण १६, रजत १६, कास्य ३२ गरि जम्मा ६४ वटा पदक विभाजित थियो । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी, उदयमान खेलाडी, प्रशिक्षक र निर्णायकलाई दश दश हजार नगदसहित सम्मान गरिएको थियो भने टिम प्रथम, द्वितीय र तृतियलाई आकर्षक ट्रफी, प्रमाण पत्र तथा नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ ।

जिल्लाको ग्रामीण क्षेत्रमा राष्ट्रिय स्तरको प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न हुने जिल्लाबासीको निम्ति खुसीको कुरा हो भने आयोजकले पनि एक सफल्ता प्राप्त गरेका छ । जुन प्रतियोगिता आयोजकले भव्य र सभ्य रुपमा सम्पन्न हुनुमा आगामी यस्ता राष्ट्रिय स्तरको कार्यक्रममा आयोजना समेत सहज बन्ने निश्चित भएको छ ।

You may also like