लोकतन्त्रलाई बचाउन मेरो उमेद्वार हो ः खगेन्द्र प्रकाश हमाल

प्रदेशसभा सदस्यको उमेद्वार
रोल्पा क्षेत्र नं. २
होः रोल्पा जिल्लाको पश्चिमी साविकको पाखापानी गा.वि.स. ३ (हाल सुकीदह गाउँपालिका ५) रोल्पामामा बुवा वीरबहादुर हमाल र आमा विराग हमालको कोखबाट जन्मिनुभएका खग्रेन्द्र हमाल यतिवेला प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसबाट उमेद्वार दिनुभएको छ । उहाँ रोल्पा जिल्लाका पश्चिम क्षेत्रमा राजनीतिक कार्यक्रम लिएर हिडिरहनुभएको छ ।
लोकतन्त्रलाई बचाउनको लागि नेपाली कांग्रेस नै चाहिने भएकाले गर्दा नै आफ्नो उमेद्वारी दिएको बताउनुभयो । उहाँले देशलाई अधिनायकवादको दिशामा लग्ने खतराबाट मुक्त गर्नका निर्वाचनमा होमिएको बताउनुभयो ।
उहाँको प्रतिद्वन्दी बाम गठबन्धनबाट तर्फबाट संयुक्त रुपमा साझा उमेद्वार दिपेन्द्रकुमार पुनमगरलाई उमेद्वारको रुपमा अगाडि सारेको छ । नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले लगायत बाम गठबन्धनको उमेद्वारको चुनौतीको साामानामा गर्न हमाललाई निकै कठिन परेको छ । राजनीति तथा अधिवक्ताको रुपमा काम गरिरहेका हमालाईलाई अर्काे चुनौती पछिल्लो समयमा माओवादी केन्द्र निरन्तर सरकारमा रही रोल्पाको विकास निर्माणमा बढी जोड दिनु पनि हो ।
विद्यार्थी जीवनदेखि नै राजनीतिक रुपमा सक्रिय रहनुभएका हमाल समाज सेवा र राजनीतिक जीवन विताई रहनुभएको छ । उहाँ नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुँदै आउनुभएको थियो । उहाँ स्थानीयतहको निर्वाचनमा सुकिदह गाउँपालिको अध्यक्षमा उमेद्वारी दिने तयारी गरिरहेको बेलामा पार्टी सभापतिले आफ्ना भाइलाई टिकट दिएपछि हमाल पछि हट्नुभएको थियो ।
लामो समय नेपाली कांग्रेसमा राजनीतिक गर्दा गर्दा समाज सेवाको लक्ष्यलाई पहिलो ध्यान जनतालाई दिएको बताउनुभयो । उहाँले राजनीतिक आन्दोदनले मात्रै जनताको जीवन स्तर परिवर्तन नगर्ने भन्दै अब आर्थिक उपार्जन, व्यवसायी, रोजगारमुखी कार्यक्रम तय गर्नुपर्ने बताउनुभयो । रोजगार र आयमूलक कार्यक्रमलाई बढी प्राथमिकता दिने बताउनुभयो ।
हमालका ५ प्रतिवद्धताहरु
१) आफ्नो क्षेत्रमा सडक सञ्जाल प्राथमिकतामा दिदै सबै वडापालिका तथा गाउँहरुलाई सडक सञ्जालले जोड्ने ।
२) खानेपानीलाई विशेष जोड दिने ।
३) रोजगारको अवसर नपाएर विदेशीएका युवाहरुलाई गाउँ घरमै रोजगारीको व्यवस्था गर्ने ।
४) बालबालिकाको हक र अधिकारको संरक्षण र संम्बर्धन गर्ने, दलित तथा महिलाहरुको अधिकारलाई सँस्थागत गर्ने ।
५) आर्थिक आत्मनिर्भर बनाउनको लागि सबैलाई योजना निर्माण गरी कार्यन्वयन गर्ने ।
६) रोल्पाको पश्चिमक्षेत्रलाई तरकारी तथा नगदेवालीको रुपमा विकास गर्ने ।
७) महिलाहरुलाई घरमै आय–आर्जनको उद्यम सृजना गर्ने ।
८) नमूना बस्ती निर्माण गर्ने ।
९) द्वन्द्व पीडितहरुका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने ।
१०) सभ्य सँस्कृति अनुसार समाज निर्माण गर्ने ।

You may also like