“बाल विवाह गर्दैनौँ, गर्न पनि दिदैनौँ” भन्दै तेबाङबासीद्वारा हस्ताक्षरसँगै प्रतिवद्धता

रोल्पा समामाचारदाता
पुस ४ तेबाङ रोल्पा

बाल विवाह अन्त्य सबैले आफ्नो घरबाट शुरुवात गरेपछि सम्भव भएको भन्दै सबैले हातेमाले गरी अगाडि बढ्नु पर्ने आवश्यक तेबाङबासीले बताएका छन् । उनीहरुले बाल विवाह गर्दैनौ, गर्न पनि दिदैनाँै भन्दै हस्ताक्षर एवं प्रविद्धता गरेका छन् । उनीहरुले बालविवाहले पनि समृद्ध समान निर्माणमा बाधा पु¥याएको भन्दै त्यसलाई सबैको सकार्यमा न्यूनिरकण गर्न सकिने बताएका छन् ।
यस्तो विचार सहयोगी हातहरुको समूह (सहास) नेपालद्वारा सञ्चालित मर्यादित सामाजिक तथा आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रम अन्तर्गत सुनिलस्मृति गाउँपालिका वडा नं.७ तेबाङमा शुक्रबार “ हामी सबै मिली बनाऔँ ः बाल विबाह मुक्त गाउँ” भन्ने मुख्य मान्यताका साथ साथ बाल विवाह न्यूनिकरण सम्बन्धी सामुदायिक सम्वाद कार्यक्रमका सहभागी तेबाङबासीले यस्तो बताएका हुन् । सहभागीहरुले बालविवाह आफूहरुले पनि नगर्ने, गर्न पनि नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।


जुगेपोखरी सावलम्बन समूह सुनिलस्मृति गाउँपािलका ७ तेबाङको आयोजना, सुनिलस्मृति गाउँपालिका संयोजन तथा स्ट्रोम फाउन्डेशनको आर्थिक सहयोगम शुक्रबार तेबाङमा भएको सामुदायिक सम्वाद कार्यक्रममा तेबाङबासीले यस्तो सामूहिक प्रतिवद्धता गरेका हुन् । जनप्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी एवं सरोकारवाला निकायको सहभागीमा बाल विवाह न्यूनीकरण समन्धी सामुदायिक सम्वाद कार्यक्रम भएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष मानसिंह पुनमगरले आफूहरुले समृद्ध तेबाङ निर्माण गर्नका लागि निरन्तर लागेको बताउँदै त्यसका लागि बालविवाह पनि अन्य गर्नुपर्ने बताउनुभयो । साथै उहाँले भन्नुभयोः–“म वडा अध्यक्ष भएपछि बालविबाह न्यूनीकरणका लागि पहिलो प्राथमिकता दिएको छु, म बालविवाहको कुनै पनि कार्यक्रममा सरिक भएको छैन, हुने पनि छैन, बालविवाह नगर्न दिनका लागि सकेजति पहल गरिरहेको छु ।” उहाँले बालविवाह सामाजिक अपराध भएकोले यसलाई सबैको सहयोगमा अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले वडाको कार्यमा हातेमालो एवं सहकार्य गरिरहेको सहयोगी हातहरुको समूह (सहास) नेपाललाई पनि धन्यवाद व्यक्त गर्नुभयो ।
वडा सदस्य रेगम शर्माले तेबाङमा विभिन्न नमूना योग्य कामहरु गर्दै आईरहेकोले गर्दा बालविवाह न्यूनिकरण गर्नका लागि पनि सबैको सहयोग भइरहेकोले अन्त्य गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरका अ.हे.व योगेन्द्र पोख्रेलले २० वर्ष अगाडि नै विहे गरेमा शारिरिक, मानसिक रुपमा परिपक्क नहुने भएकाले विभिन्न शारिरिक तथा मानसिक, सामाजिक, आर्थिक लगायत जीवनको संबाङ्गीण विकासमा अबरोध हुने कुरा बताउँदै २० वर्षपुगेपछि विहे गरेमा मात्रै राम्रो हुने बताउनुभयो । उहाँले मानिसको स्वास्थ्य राम्रो एवं दीर्घ बनाउनको लागि उमेर पुगेपछि विहे गरेर अगाडि बढ्नका लागि अनुरोध गर्दै बाल विवाह गरेमा मानव स्वास्थ्यमा निकै असर पर्ने बताउनुभयो । साथै उहाँले विभिन्न यौण रोगका सक्रमण समेत हुने बताउँदै आफूले नै ध्यान दिएर बाल विवाह नगर्न अनुरोध गर्नुभयो ।


कार्यक्रममा इलाका प्रहरी कार्यालय रोल्पाका प्रहरी सहायक निरीक्षक पुरुत्तोम रेग्मीले बाल विवाह गरेमा गर्ने, गराउने सबैलाई कानूनी कारवाही हुने बताउँदै त्यसका लागि सरोकारवालाले ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले बालविवाह गरेमा ३ वर्ष कैद र ३० हजार रुपैया जरिमाना गर्न सकिने बताउँदै त्यसका लागि सबैले सचेत हुन अनुरोध गर्नुभयो ।
कार्यक्रममा सहास नेपालका कार्यक्रम अनुगमन अधिकृत प्रताव श्रेष्ठले बालविवाहको समस्या अत्याधिक भएकोले गर्दा तेबाङमा पनि विभिन्न सचेतना कार्यक्रमहरु तय गरि कार्यन्वयन गरिएको बताउनुभयो । सुलिनस्मृति गाउँपालिकालाई बालविवाह मुक्त गाउँपालिका बनाउनको लागि तेबाङ, अरेश, मिझिङमा अभियान थालिएको समेत बताउनुभयो ।


कार्यक्रममा वडा सदस्य काली विश्वकर्मा, नेपाल राष्ट्रिय मा.वि. तेबाङका तेबाङका प्र.अ. भानुभक्त अचार्य, प्रहरी कार्यालय सुलिचौर रोल्पाका हवल्दार बलबहादुर सुनार, साहस नेपालका सामाजिक, गौरीमाया घलाङ, नर्वेका नागरिकद्वय मुकेश, ओस्कर, परिचालक नरेश सुनार, समाजसेवी नेमलाल परियार लगायत सामाजिक अभियान्ताहरुको सहभागिता भएको थियो ।
विभिन्न निकायको सहभागीतामा सम्पन्न कार्यक्रम जुगेपोखरी स्वावलम्वन समूहका मिछाकुमारी रोकाको अध्यक्षता भएको थियो । कार्यक्रमको सञ्चालन एवं सहजीकरण नेपाल पत्रकार महासंघ पत्रकार महासंघका रोल्पाका पाँचौ अधिवेशनका अध्यक्ष मानसिंह विश्वकर्माले गर्नुभएको थियो । सहजकर्ता मानसिंह विश्वकर्माले नेपालको संघीय लोकतान्त्रिक संविधान २०७२ र अन्राष्ट्रि मानव अधिकार घोषणा सन्धीले समेत बालविवाह बालबालिकाको विकासका लागि अबरोध भएको कारले त्यसलाई सामाजिक रुपमा हटाउनुपर्ने बताउनुभयो । साथै गरिवी, अशिक्षाका कारणले हुने भएकोले त्यसलाई अन्त्य गर्नुपर्ने बताउनुभयो ।

You may also like