सुनिलस्मृति गा.पा. ७ को वडा कार्यालय भवनमा वम प्रहार आग्जनी

रोल्पा समाचार
भाद्र २५ गते


आग्जनीबाट क्षति भएको शोभासेट र पलाष्टिक कुर्सी

सुनिलस्मृति गाउँपालिका वडा नं. ७ को वडा कार्यालय भवनमा आग्जनी भएको छ । सुनिलस्मृति गाउँपालिका वडा कार्यालयको वडा अध्यक्षको कार्यकक्षमा पेट्रोल प्रहार गरी आग्जनीसंगै बम विस्फोटन गरिएको छ ।


२५ गते करिव १ बजेतिर ठूलो स्वरमा आवाज विफोटनका आवाजमात्रै आउँदा पनि गाउँवासीले वास्ता नगरेको राती नै झ्यालबाट वडा अध्यक्ष मानसिंह पुनमगरको कार्यकक्षमा पेट्रोल छर्केर आग्जानी गरिएको भएपनि विहानमात्रै कार्यालय सहयोगीले कार्यालय खोल्ने बेला मात्रै थाहाँ पाएको वडा कार्यालयले बताउनुभयो । आगजनीबाट दुइवटा शोभासेट, प्लाष्टिक कुर्सी, कार्पेटहरु जलेको वडा कार्यालयले बताएको छ । भूइतला र चिस्यानका कारणले अन्य सामाग्रीमा आग्लानी भने हुन सकेन । जिल्ला प्रहरी कार्यालयलाई ढिलो जानकारी पाएको र थाहाँ पाउँदा वित्तिकै इलाका प्रहरी कार्यालय सुलिचौरबाट २५ गते दिउसो करिव ४ बजेतिरमात्रै घटना स्थल पुगेको र अनुसन्धानकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव निरीक्षक चित्रबहादुर गुरुङले बताउनुभयो ।

                                                                          वडा कार्यालयमा बम विस्पोटनले क्षति बनाएको वडा भवन

तर सो आग्जनी कसले गरेको हो भन्ने कुरा अझै थाहा हुन सकेको छैन । वडा अध्यक्ष गाउँपालिका अध्यक्षहरुको टोलीमा काठमाण्डौँ विभिन्न निकायसँग भेटघाटका लागि काठमाण्डौँमा गएको र आफू पनि कार्यालयको काममले सुलिचौर झरेका मौका पारेको सो घटना गरिएको वडा कार्यालय सचिव पदम रिजालले बताउनुभयो ।

You may also like