सानो लिबाङमा ‘प्रहरी मेरो साथी’ कार्यक्रम

सानो लिबाङ–रोल्पा
भाद्र १४ गते


रोल्पा नगरपालिका १ नंं. वडा सानो लिबाङ रोल्पामा शनिबार ‘प्रहरी मेरो साथी’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले शान्ति सुरक्षाको निम्ति प्रहरी र जनता बीचको सहकार्य, समन्वयमा थप सहयोग पुग्ने भएको छ ।


कार्यक्रममा ‘प्रहरी मेरो साथी’ कार्यक्रमको प्रसार–प्रचार, छलफल, लैंगिक हिंसा, बाल बिबाह न्यूनिकरण विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रमको सहजिकरण जिल्ला प्रहरी कार्यालय रोल्पाको प्रहरी नायव निरीक्षक वत्ति कुमार पोख्रेल, प्रहरी जवान घनश्याम बुढाथोकी, रुडास नेपालको फिल्ड सुपरभाइजर कृष्णी कुमारी गौतम, माहुरीहरुका त्रिवेणी गाउँपालिका परिचालक राजेन्द्र घर्तीमगरले गर्नुभएको थियो ।

माहुरी होम, मधेस मानव अधिकार गृह, जिल्ला प्रहरी कार्यालय रोल्पा, रोल्पा नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा सदस्य अनिता रावत, मुक्तलाला खत्री, दीपेन्द्र प्राथमिक विद्यालयका प्रधानाध्यमक सोभा कँवर, अनमी भावना पुनमगर, रुडास नेपालको पोषण स्वयम सेवक दुर्गा देवी पुन, आमा समूह, महिला समूह, क्लव लगायत सरोकारवाला निकायहरुको उपस्थिति थियो ।

कार्यक्रमको सहभागिहरुले दश वर्षे शसस्त्र द्वन्द्वको अन्त्य भएको पहिलो पकट प्रहरी जनतासम्म ‘प्रहरी मेरो साथी’ कार्यक्रम लिएर आएको बताएका छन् ।

शान्ति सुरक्षा कायमको लागि प्रहरी र जनताको सहकार्य समन्वयमा मात्र सम्भाव भएको समेत धारणा व्यक्त गरेका थिए । स्थानीहरुले शान्ति सुरक्षालाई मध्येनजर गर्दै अस्थायी प्रहरी चौकी आवश्यकता भएको बताएका थिए । कार्यक्रमको अध्यक्ष रोल्पा नगरपालिका १ नं. वडा अध्यक्ष राजन कँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन माहुरी होम कार्यक्रम रोल्पा नगरपालिका रोल्पाको सामाजिक परिचालक लोकेन्द्र सेनले गर्नुभएको थियो ।

You may also like