संघीय संविधान अनुसार एकद्ववार कर प्रणाली सम्भव छैनः नगर प्रमुख के.सी

लिबाङ–रोल्पा
भाद्र ४ गते


कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम शनिबार लिबाङमा आयोजित कार्यक्रमको प्रमुख अतिथि एवं रोल्पा नगरपालिका नगर प्रमुख पुर्ण के.सी.ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान अनुसार एकद्ववार कर प्रणाली कार्यन्वयन हुन नसक्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले व्यवसायिहरुबाट संकलन भएको करले नै राष्ट्र समृद्ध विकासित राष्ट्र निर्माणमा अगाडि बढेको धारणा व्यक्त गर्नुभयो । त्यसैले व्यवसायीहरुले संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई बुझाउने कर राष्ट्र निर्माणको निम्ति बुझाएको बुझ्नु पर्ने जोड दिनुभयो । ति तीनतहका सरकारहरुले करको विषयमा करदाताहरुलाई अझै नि बुझाउन नसकेको अवस्थामा अब करदाताहरुलाई करको बिषयमा स्पष्ट बनाए करको बहस अन्त्य हुने धारणा व्यक्त गर्नुभयो । व्यवसायिहरुले राष्ट्र निर्माणको निम्ति तीनतहका सरकारलाई बुझाएको करप्रति हिन्ता बोध होइन कि राष्ट्रको समृद्ध र विकासमा व्यवसायीले स्वयम मेरो पनि जिम्मेवारी छ भन्ने महशुस गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । संविधानको उद्धेश्य अनुसार तीनतहका सरकारलाई व्यवसायीहरुलाई दोहोर कर बुझाउँदा केही समस्या नभएका होइन तर ति समस्याहरुलाई स्थानीय सरकारले प्रदेश सरकारसँग आवश्यक समन्वय सहकार्य गरेको प्रमुख अतिथि नगर प्रमुख के.सी.ले बताउनुभयो । स्थानीय सरकारले आम व्यवसायीहरुको निम्ति कर सम्बन्धि सहज, सुलभपूर्ण वातारणको निम्ति पहल गर्दै आएको उहाँले बताउनुभयो । समग्र राष्ट्र समृद्ध र विकसित मूलक निर्माणको निम्ति सम्पूर्ण व्यवसायी र उद्योगीहरुको महत्वपूर्ण भूमिका निर्वाह रहेको हुँदा अब व्यवसायीमैत्री ऐन कानुन बन्नुपर्ने प्रमुख अतिथि के.सी.ले आवश्यकता औल्याउनुभयो । घरवाहल कर रोल्पा नगरपालिकाले संकलन गरिरहेको छ, अब घरवाहल कर अन्य ठाउँमा कर तिर्नुपर्ने पर्दैन उहाँले भन्नुभयो । प्रमुख अतिथि पुर्ण के.सी.ले संघीय संरचना अनुसार कर कार्यालयको व्यवस्थापन नहुँदा करदाताहरुलाई कर बुझाउन समस्या भएको समयमा करदाताहरुको भावना र मर्म अनुसार कर कार्यालय सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि एवं नेपाल उद्योग वाणिज्य संघ केन्द्रीय सदस्य किशोर कुमार आचार्य, सुनिल स्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती, लुङग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्का, गंगादेव गाउँपालिका अध्यक्ष वीरबहादुर खत्री, माडी गाउँपालिका उपाध्यक्ष घनिकला घर्ती बुढा, नेपाली काँग्रेस पार्टी रोल्पा जिल्लाको निवर्तमान सभापति एवं समाज सेवी कृष्णबहादुर घर्तीमगर, निर्माण व्यवसायी संघ रोल्पा जिल्लाको प्रतिनिधि मनसिंह डाँगी, होटेल व्यवसायी संघ रोल्पा जिल्लाको अध्यक्ष गनबहादुर घर्तीमगर लगायतका अतिथिहरुले मनतव्य राख्नुभएको थियो ।


कार्यक्रममा बोल्ने वक्ताहरुले करदातामैत्री वातारण नभएको भन्दै गुनाँसो व्यक्त गरेका थिए । कर वृद्धि होइन अब करको दायरा बढाएको अवस्थामा मात्र व्यवसायीहरको हित हुने बताएका थिए । संघीय संरचना अनुसार कर बुझाउनुपर्ने वातावरण नभएको भन्दै सम्बन्धित निकायले ध्यान दिनुपर्ने समेत जोड दिएका थिए । अझै पनि जिल्लामा कर सम्बन्धि कार्यक्रममा आम व्यवसायीहरु सक्रिय सहभागिता बन्ने वातावरण बनेको छैन, अब कर सम्बन्धि कार्यक्रमहरुमा व्यापक व्यवसायीहरुको सक्रिय सहभागिताका लागि कर सम्बन्धि व्यवसायीयहरुलाई स्पष्ट बनाउनुपर्ने समेत आवश्यकता वक्ताहरुले बताएको थिए । कर सम्बन्धि कार्य पत्र आन्तरिक राजश्व कार्यालय तुल्सिपुर दाङको कर अधिकृत भोजप्रसाद खनाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न व्यवसायी तथा उद्यामीहरुको सहभागिता थियो ।

अन्तरिक कर कार्यालय तुल्सिपुर दाङको कर कार्यालय प्रमुख लिला प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको सचिव गणेश घिमिरेले गर्नुभएको थियो भने स्वागत रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको अध्यक्ष विश्वकुमार चन्दले गर्नुभएको थियो ।

You may also like