मिलाप मण्डलीद्वारा विद्यालयलाई रु दश हजार दश आर्थिक सहयोग

मिलाप मण्डलीद्वारा विद्यालयलाई रु दश हजार दश आर्थिक सहयोग
जेठ १० गते, कोर्चाबाङ रोल्पा ।।

माडी गाउँपालिका–६ डाँडाथोक कोर्चाबाङ रोल्पा स्थित मिलाप मण्डलीद्वारा शिशु सेवा प्राथामिक विद्यालय डाँडाथोक रोल्पालाई आज नगद रु दश हजार दश रुपैया आर्थिक सहयोग प्रदान भएको छ । यस सहयोगले विद्यालयमा शैक्षिक गतिविधिमा थप सहयोग पुग्ने भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि माडी गाउँपालिका–६ नं. वडा अध्यक्ष खर्कबहादुर पुनले भन्नुभयो,‘ मिलाप मण्डलीले शिशु सेवा प्राथमिक विद्यालय डाँडाथोक रोल्पालाई प्रदान गरेको रु दश हजार दश रुपैयाले यस विद्यालयको शैक्षिक गतिविधि सञ्चालनमा थप सहयोग पुग्नेछ । शिक्षा क्षेत्रको विकसको लागि आगाामी दिनमा पनि थप सहयोगको आवश्यक छ । शिक्षा क्षेत्रमा लागानी तत्कालन देखिदैन । तर, यसको परिणाम निकट भविष्यमा सामाजले सोचेको परिणाम देखापर्ने भएकोले म सबैलाई शिक्षा क्षेत्रमा सक्दो सहयोगको लागि अनुरोध गर्दुछु ।’ अहिले नोबेल कोरोना भाइरस (कोभिड–१९)को कारण विद्यालयमा आवश्यक वजेटको व्यवस्था नहुन सक्छ । तर, आगामी दिनमा यस विद्यालयको भौतिक विकास सहित अन्य आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।
यस विद्यालयको व्यवस्थापन समिति अध्यक्ष हस्तराम घर्तीमगरलाई मिलाप मण्डलीको पास्थर दलसुर बि.क.ले सहयोग रकम रु दश हजार दश रुपैया प्रदान गर्नुभएको हो । यस कार्यक्रममा वडा सदस्यहरु कविराज घर्तीमगर, ललिता परियार, प्रधानाध्यापक ओनरखी बुढामगर, शिक्षक अभिभावक संघको अध्यक्ष यामबहादुर बि.क, पूर्व प्रधानाध्यापक वीरबहादुर बुढामगर, शिक्षक शन्तवीर घर्तीमगर सहित सरोकारवाला निकायहरुको सहभागिता थियो । यस विद्यालयले शैक्षिक सत्र २०७७ देखि अग्रजी माध्यमको पढाई सञ्चालनको लागि आवश्यक रकम संकलन अभियान सञ्चालन संस्थागत र व्यक्तिगत रुपमा आर्थिक सहयोग प्रदान गर्दै आएका छन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हस्तराम घर्तीमगरको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन मिलाप मण्डलीका विक्रम बि.क.ले गर्नुभएको थियो भने स्वागत मण्डलीको अगुवा श्यामबहादुर परियारले गर्नुभएकाे थियाे ।

You may also like