“प्रमुख प्रतिपक्षदलका प्रमुख सचेतक ढकालको आमाको निधनप्रति मुख्यमन्त्री केसीद्वारा शोक वक्तव्य जारी”


रोल्पा समाचारदता
बुटवल ११ कात्तिक

This image has an empty alt attribute; its file name is bhumewsr-dhakal-988x1024.jpg


लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रमुख प्रतिपक्षदलका नेता एवं प्रमुख सचेतक भूमेश्वर ढकाल मातृशोकमा परेपछि शोक वक्तव्य जारी गर्नुभएको छ । आज एक शोक वक्तव्य जारी गर्दै आफू र प्रदेश सरकारलाई निकै दुखित र मर्माहत बनाएको बताउनुभयो ।
मुख्यमन्त्री कुलप्रसाद केसी सोनामद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ः–“सैनामैना नगरपालिका वडा नं. ६ कलौनी निवासी लुम्बिनी प्रदेश सरकार प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक माननीय भूमेश्वर ढकाल ज्यूका पुजनीय आमा तुलसीगंगा ढकाल दम र क्यान्सर रोगबाट लामो समय पीडित रहदैं गर्दा घरमै मिति २०७८ साल कात्तिक १० गतेका दिन ८० वर्षको उमेरमा भएको दःुखद निधनले प्रदेश सरकारलाई दुःखित एवम् मर्माहत बनाएको छ । स्वर्गिय तुलसीगंगा ढकालप्रति प्रदेश सरकारको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । मृतआत्माको चीरशान्तिको कामना गर्दै दुःखको यस घडीमा प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक माननीय भूमेश्वर ढकालज्यू लगायत सम्पूर्ण शोकसनतप्त परिवारजनप्रति गहिरो सवेदना व्यक्त गर्दछु । ”
राजनीतिक पार्टीको अग्रज नेतालाई मातृशोक पर्दा सिंगो प्रदेशलाई नै शोक र दुख परेको अनुभूति गर्दै अन्त्यमा आमाको निधनको यस दुःखद क्षणमा शोकलाई शक्तिमा बढल्नका लागि उच्च मनोवलका साथ शाहस, धेर्यतापूर्वक विचार प्रदान हुनेछ भन्ने कुरामा विश्वास गर्दै पुनः भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछु । ”
उहाँले मानसिलाई दुखको बेला भावनतात्मक आवश्यकता रहेको बताउँदै भेटघाटमा जाने र समवेदना व्यक्त गर्ने बताउनुभएको छ ।

You may also like