जिल्ला र नगरमा वन महासंघको भूमिका खोज्दैः सामुदायिक वन उपभोक्ता सञ्जाल

७ गते फागुन
मेबाङ–रोल्पा ।

सामुदायिक वन उपभोक्ता सञ्जाल रोल्पा नगरपालिकाको बैठक आज लिबाङ–सव डिभिजन वन कार्यालय मेबाङमा सम्पन भएको छ । बैठकबाट वन सम्बन्धि विभिन्न निर्णयहरु पारित      भएका छन् ।
उक्त बैठकले यस समितिमा आवद्व सबै सामुदायिक वनहरु डढेलोको जोखिमा परेको हुँदा अग्नी नियन्त्रण सम्बन्धि तालिम र अग्नी नियन्त्रण औजार उपलब्धका लागि लिबाङ सव–डिभिजन वन कार्यालय रोल्पालाई अनुरोध गर्ने निर्णय पारित गरेको छ ।

साथै अहिलेसम्म सञ्जाल दर्ता नभई सञ्जालले वन सम्बन्धि विभिन्न क्रियाकलापहरुको जागरण कार्यक्रमहरु गर्दै आएको हुँदा दर्ताको लागि डिभिजन वन कार्यालय रोल्पालाई अनुरोध गर्ने, सञ्जालको आगामी चैत्र महिनाको ७ गतेको बैठक लिबाङ सव–डिभिजन वन कार्यालय मेबाङ रोल्पामा आयोजना गर्ने निर्णय पारित गरेको सञ्जालको अध्यक्ष खिमबहादुर के.सी.ले बताउनुभयो । साथै उक्त बैठकमा सञ्जालका पदाधिकारीहरुलाई वन सम्बन्धि तय भएका ऐन कानुनहरुको सहजिकरण लिबाङ–सव डिभिजन वन कार्यालय मेबाङ रोल्पाको प्रतिनिधि खिमराज कवँरले गर्नुभएको थियो । उहाँले सञ्चालनमा भएका फर्निचर उद्योगहरुमध्ये ३६ इञ्चभन्दा कमका फर्निचर उद्योगहरुले कुनै पनि काठको गोलाई चिर्न नपाउने कानुनी व्यवस्था भएको हुँदा सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षहरु र फर्निचर व्यवसायीहरु सजक बन्नु पर्ने जोड दिनुभयो । यदि अध्यक्षको सिफारिसमा कुनै पनि रुखको गोलाई फर्निचरले चिरेको उजुरी परेको खण्डामा स्वयम अध्यक्ष र फर्निचर व्यवसायीहरु कानुनमा व्यवस्था भए अुनसारको सजाय भोग्नु पर्ने उहाँले बताउनुभयो । वन सम्बन्धि व्यवस्था भएका धेरै ऐन कानुनहरु थाहा नभएको हुँदा हामीहरुलाई वन सम्बन्धि ऐन कानुन सम्बन्धि सहजिकरण गर्नुपर्ने आवश्यकता सहभागि पदाधिकारीहरुले औल्याएका थिए । सञ्जाललाई कानुनी रुपमा दर्ता पश्चात् वन सम्बन्धि विभिन्न गतिवधिहरु सञ्चालनमा सहज बन्ने धारणा अध्यक्ष खिमबहादुर के.सी.ले व्यक्त गर्नुभयो ।

साथै वन महासंघको योजनामा सामुदायकि वन उपभोक्ताहरुले सक्रिय सहभागि जनायौं । तर, जिल्ला र नगरपालिकामा वन महासंघको गतिवधिहरु सामुदायिक वन उपभोक्ता समितिहरुलाई जानकारी नभएकाे सहभागि पदािधकारीहरूले धारणाा व्यक्त गरेका थिए । पदाधिकारहरूले अागामी दिनमा वन महासंघकाे गतिविधहरू अागाडि बढाउनु पर्ने अावश्यकता अाैल्याएकाे थिए । सञ्जालको अध्यक्ष खिमबहादुरको अध्यक्षतामा सम्पन्न बैठकमा सञ्जालको पदाधिकारीहरुको सहभागिता थियो ।

You may also like