वाइसियल रोल्पा नगरपालिका १० नं. वडा कमिटीको अध्यक्षमा सफल बुढामगर

वाइसियल रोल्पा नगरपालिका १० नं. वडा कमिटीको अध्यक्षमा सफल बुढामगर

This image has an empty alt attribute; its file name is s2.jpg


१६ भाद्र, रोल्पा ।
योङ कम्युनिष्ट लिग (वाइसिएल) रोल्पा नगरपालिका १० धबाङको भेला मंगलबार सम्पन्न भएको छ । भेलाबाट वडा स्तरीय कमिटी निर्वाचित भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोल्पाका जिल्ला सदस्य मुलबहादुर रोकामगर, विशिष्ट अिितथ वाइसियल रोल्पा जिल्लाका पूर्व उपाध्यक्ष मोलङ घर्तीमगर, नेकपा (माओवादी केन्द्र) वडा नं. १० का अध्यक्ष मतिलाल डाँगी ‘ज्वाला’, पूर्वजनमुक्ति सेनाहरू रासबहादुर बुढामगर, जर्मन बुढामगर, गोविन्द बुढामगर, नरबहादुर डाँगी, नरेन्द्र बुढामगर, जलजला सांस्कृतिक परिवार रोल्पाका कुलमान घर्तीमगर, लालजित बुढा, वाइसिएल नगर कमिटीका पूर्व अध्यक्ष प्रकाश डाँगी, वाइसिएल नगर कमिटीका पूर्व सचिव नैनसिंह थापा लगायतको आतिथ्यता थियो ।

This image has an empty alt attribute; its file name is s3.jpg
This image has an empty alt attribute; its file name is s1.jpg

वडा भेलाले सफल बुढामगरको अध्यक्षतामा २७ सदस्यीय कमिटी गठन गरेको छ, जसमा उपाध्यक्षद्वय बुद्धिराम पुनमगर र तोपबहादुर विष्ट, सचिव पुनाराम वली, सहसचिवद्वय सुरेश घर्तीमगर र सन्दिप घर्तीमगर र कोषाध्यक्षमा विपना रोकामगर रहनुभएको छ भने सदस्यहरुमा कृष्ण रोकामगर, ताराप्रसाद बुढामगर, धनजित घर्तीमगर, अनिता रोकामगर, कविराज वली, अर्जुन खत्री, विमला पुन, गोविन्द घर्तीमगर, विशाल बुढामगर, हस्तबहादुर पुनमगर, बसन्त वली, ललिता घर्तीमगर, विकास थापा, हस्तमन बुढामगर, तिलसरी डाँगी, दिपेन्द्र पुनमगर, रेगबहादुर बुढामगर, राकेश सुनार, जितेन्द्र परियार र विमल परियार रहनु भएको नव निर्वाचित वडा कमिटी अध्यक्ष सफल बुढामगरले जानकारी दिनुभयो । भेलाले रोल्पा नगर कमिटीको भेलामा १० नं. वडाबाट प्रतिनिधित्व गर्नका लागि कृष्ण रोकामगर, अंगत पुनमगर, प्रशान्त बुढामगर, दिपक पुनमगर र दिपेश बुढामगरलाई सिफारिस गरेको छ । वाइसिएल रोल्पा नगरपालिका १० का अध्यक्ष अंगत पुनमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वाइसिएल नगर कमिटीका पूर्व उपाध्यक्ष लोकेन्द्र सेनको सञ्चालन गर्नुभएको थियो ।

You may also like