वीर बलभद्र न.मा.वि. थबाङ राेल्पाले स्थापना गरेकाे अक्षय कोषमा हालसम्म रु ५० लाखभन्दा बढी रकम संकलन

वीर बलभद्र न.मा.वि. थबाङमा अक्षय कोषमा हालसम्म रु ५० लाख संकलन

२ वैशाख, थबाङ– रोल्पा ।

 


वीर बलभद्र नमुना माध्यमिक विद्यालय थबाङ रोल्पामा अक्षय कोष स्थापना अभियानको उद्घाटन यस विद्यालयका पूर्व विद्यार्थी एवं सम्मानीय उप राष्ट्रपति नन्दबहादुर पुनले २०७६ साल फागुन महिनाको ११ उद्घाटन गर्नुभएको थियो । यस अक्षय कोष स्थापनाले विद्यालयलाई पठनपाठन सहित अन्य शैक्षिक गतिविधिहरु सञ्चालनमा थप सहयोग पुग्ने भएको छ ।

संकलित रकममध्ये यस ठाउँभन्दा बाहिर बसोबास गर्नु हुनेबाट रु ३१ लाख १० हजार, थबाङमा जन्म भई हाल देश तथा विदेशमा बसोबास गर्नु हुने व्यक्तिहरुबाट रु ८ लाख,  थबाङ निबासी विभिन्न व्यक्तिहरुबाट प्राप्त भएको रकम रु २ लाख ३५ हजार,  थबाङ गाउँपालिका र कार्यरत कर्मचारीबाट रु ३ लाख ४० हजार ५५५, विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीबाट रु ८ लाख ३१ हजार २११,  विद्यालय व्यवस्थापन समिति मार्फत रु २ लाख ३५ हजार रकम यस विद्यालयकाे अक्षय काेषमा रकम प्राप्त भएकाे छ । विद्यालयको अक्षय कोष स्थापनाका लागि हालसम्म देश विदेशबाट रु ५० लाखभन्दा बढि रकम संकलन भएको छ । अक्षय कोष स्थापनाको लागि अभियानकर्मीहरुले पहल गरी रहेका छन् । अभियानकर्मीहरुको तर्फबाट यस विद्यालयको अक्षय कोष स्थापनाका लागि आर्थिक सहयोग गर्नुहुने सहयोगीदाताहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा आर्थिक सहयोगका लागि सहयोगीदाताहरुलाई अनुरोध गरेको छ ।
नमुना विद्यालय घोषणा २०७६ फगुन ११ गते यसै विद्यालयका पूर्व विद्यार्थी सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ)ले घोषणा गर्नु भएको थियो ।

उक्त घोषणा सभामा संघीय सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री माननीय वर्षमान पुन (अनन्त), संघीय सरकार शिक्षा विज्ञान तथा प्रविधि माननीय मन्त्री गिरिराजमणी पोख्रेल, पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य माननीय ओनसरी घर्ती मगर, ५ नं. प्रदेश सभा सदस्य प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन मगर (सिजल) सहितको आतिथ्यता थियो । नमुना विद्यालय–उद्घाटन कार्यक्रमको अवसरमा वीर बलभद्र नमुना माध्यमिक विद्यालयको बार्षिक मुखपत्र बलभद्र वर्ष १, अंक १, २०७६ को कार्यक्रमको प्रमुख अतिथि सम्मानीय उप राष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ विमोचन गरिएको थियो ।
नमुना विद्यालय बनाउने अभियानमा अभिभावक तथा समुदायको भुमिका महत्वपूर्ण रहन्छ । यसको लागी विद्यालयमा अक्षय कोष निर्माण अभियानको शुरुवात भएको छ । यसमा विभिन्न व्यक्ति, समूह, संस्थाले आर्थिक सहयोगको घोषणा गर्नु भएको छ । विद्यालय, शिक्षक, कर्मचारी तथा व्यवस्थापन समितिको सहयोग उत्साहपूर्ण रहेको छ । अक्षय कोषमा सहयोग गर्ने अभियानले तिव्रता पाएको छ । भनिन्छ– सबैजनाको मुठी मानाले भकारी भरिन्छ । थोपा–थोपा पानीले समुन्द्र बन्छ । त्यसैले अक्षय कोष निर्माणमा पनि आम जनताको थोरै–थोरै सहयोगले पूर्णता पाउने हो । यसको लागी आ–आफनो हैसियतले सहयोग गर्ने वातावरण तयार गर्नु पर्दछ । आफ्नो समुदायको विद्यालयलाई सहयोग गर्ने कुरामा सबै अग्रसर हुनु पर्दछ । शिक्षाले व्यक्तिको सर्वाङ्गिण विकासको लागी ढोका खोल्दछ । अहिले गुणस्तरीय शैक्षिक सुधारको लागी मुठ्ठी फुकाएर अक्षय कोषमा सहयोग गर्ने अवस्था सृजना भएको छ ।
अक्षय कोषमा योगदान गर्नुहुने संघ संस्था तथा व्यक्तिहरुको नामावली यस प्रकार रहेको छ ।
डा.अगष्ट मोल्नार (अध्यक्ष, माउन्ट एभरेष्ट इन्ष्टिच्युट, अमेरिका) रु ८ आठ लाख, यसभन्दा अगाडि जम्मा भएको रु १८ लाख १० हजार समेत जम्मा रु २६ लाख १० हजार, थबाङ गाउँपालिका कार्यालयबाट रु ३ लाख, सम्मानीय उपराष्ट्रपति नन्द्र बहादुर पुनबाट एक महिनाको तलव, संघीय सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री माननीय वर्षमान पुन ‘अनन्त’ रु १ लाख, पूर्व सभामुख एवं प्रतिनिधि सभा सदस्य माननीय ओनसरी घर्तीमगरबाट रु १ लाख, हिकमत सिंङ रोका (अध्यक्ष) राप्ती समाज युके बाट रु १ लाख, गोविन्द दुलाल (निर्देशक, टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठान) बाट रु १ लाख, अमला राेका मगरबाट रू ३ लाख, नरेन्द्र  बि.क.बाट रू एक लाख, सम्झनी पुन , पुर्णबहादुर पुन, राजपूर्ण पुन (हाल घोराही दाङ)बाट रु ३ लाख, लीलाराम रोका, थबाङ २ बाट रु १ लाख, जगतबहादुर रोका (राप्ती समाज यु के) बाट रु १ लाख, अन्तिम बुढा, राजमित्र बुढा र उर्मिला रोका, थबाङ २ बाट रु १ लाख, जय प्रकाश रोका, थबाङ २ बाट रु ५० हजार, विद्यालय व्यवस्थापन समिति अध्यक्ष अजय घर्तीबाट रु ५० हजार, विद्यालय व्यवस्थापन समिति सदस्य झपलाल पुनबाट रु ५० हजार, विद्यालय व्यवस्थापन समिति सदस्य दलबहादुर रोकाबाट रु ५० हजार, धनबहादुर रोका (शिक्षक मावि थबाङ) बाट रु ५० हजार, उदय घर्ती मगर (शिक्षक मावि थबाङ) रु ५० हजार, प्र.अ कुलबहादुर वली, गंगादेव गा.पा.बाट रु ५० हजार, राममाया बुढा (शिक्षक मा.वि.थबाङ) रु ३५ हजार, आशा रोका (शिक्षक मा.वि.थबाङ) रु ३५ हजार, स्वर्णिम रोका (शिक्षक मा.वि.थबाङ) रु ३५ हजार, पौरख घर्ती (शिक्षक मा.वि.थबाङ) रु ३० हजार, फूलमाया पुन (शिक्षक मा.वि.थबाङ) रु ३० हजार, कमला रोका (शिक्षक मा.वि.थबाङ) रु ३० हजार, सृष्टि बुढा (शिक्षक मा.वि.थबाङ) रु ३० हजार, यमुना वली, गंगादेव (शिक्षक मा.वि.थबाङ) रु ३० हजार, लालकुमारी रोका (शिक्षक मा.वि.थबाङ) रु ३० हजार, प्रेमबहादुर रोका (शिक्षक मा.वि.थबाङ) रु ३० हजार, रकेट पुन (शिक्षक मा.वि.थबाङ) रु २५ हजार, आशमन रोका (शिक्षक मा.वि.थबाङ) रु २५ हजार, खिम प्रसाद श्रेष्ठ, भुमे गा.पा रुकुम पूर्व (शिक्षक मा.वि.थबाङ) रु २५ हजार, बालकुमार घर्ती (शिक्षक मा.वि.थबाङ) रु २५ हजार, मनरखी रोका (शिक्षक मा.वि.थबाङ) रु २५ हजार, जमघट घर्ती (शिक्षक मा.वि.थबाङ) रु २५ हजार, शंकर प्रसाद चौधरी, बुटवल ६ रुपन्देही (शिक्षक मा.वि.थबाङ) रु २० हजार, निरज वली, ( शिक्षक, मा. वि. थबाङ ) सल्यान रु १५ हजार १ सय, अधिकार बुढा, भुमे ७ रुकुम पुर्व (कर्मचारी थबाङ गा.पा) रु १५ हजार, भिमसेन बुढा घोराही ३ दाङ (कर्मचारी थबाङ गा.पा) रु १५ हजार, अमर श्रेष्ठ घोराही १५ दाङ (शिक्षक मा.वि.थबाङ) रु १५ हजार, अनुप गौतम तुल्सीपुर १० दाङ (शिक्षक मा.वि.थबाङ) रु १५ हजार, राम उद्धार यादव (धनुषा) (शिक्षक मा.वि.थबाङ) रु १५ हजार, बालबहादुर बि.क. (दैलेख) (शिक्षक मा.वि.थबाङ) रु १५ हजार, अत्या झाँक्री, (सदस्य वि.व्य.स) रु १५ हजार, बिन कुमारी बुढा (शिक्षक मा.वि.थबाङ) रु ११ हजार, तुलबहादुर पुन (सिस्ने ८, रुकुम) कर्मचारी थबाङ गा.पा. रु १० हजार ५५५।–, जितेन्द्र भण्डारी (शिक्षक,मा.वि. थबाङ) रु १० हजार १११।–, स्मृति सुवेदी (घोराही १५) शिक्षक,मा.वि. थबाङ रु १० हजार, मोहनलाल नेपाली (शिक्षक, मा.वि. थबाङ) तुल्सीपुर रु १० हजार, धिर कृष्ण वि.एम (सल्यान) शिक्षक, मा.वि. थबाङ रु १० हजार, क्षितिज झाँक्री (शिक्षक, मा.वि. थबाङ) रु १० हजार, रामलखन चौधरी (बर्दिया) शिक्षक मा. वि. थबाङ १० हजार, पृथ्वीबहादुर नेपाली (सुर्खेत) शिक्षक, मा.वि. थबाङ १० हजार, फत्तबहादुर वि.सी. सानोभेरी–४ रुकुम, पश्चिम शिक्षक, मा.वि. थबाङ) रु १० हजार, लालचन्द्र रोका (शिक्षक, मा.वि. थबाङ) रु १० हजार, विन प्रकाश वि.क (शिक्षक, मा. वि थबाङ) रु १० हजार, नरम कुमरी रावत (सदस्य वि.व्य.स) रु १० हजार, जवरसिंह वि.क. (सदस्य वि.व्य.स) रु १० हजार, मंगलचन रोका (शिक्षक,मा.वि.थबाङ) रु १० हजार सहयोग गर्नुभएको छ ।

                                                                                            डा. अगष्ट मोल्नार 
डा. अगष्ट मोल्नार अमेरीकी नागरिक हुन् । डा. अगष्ट मोल्नारलाई यहाँको समुदायले यस विद्यालयको ममतामयी आमाको रुपमा बुझ्दछन् । वि.स २०३२– २०३३ सालतिर विद्यावारिधि उपाधिका लागि थबाङ गाउँमा आउनुभएको थियो । उहाँ थबाङमा करीव २ बर्ष बस्नु भयो । लामो बसाईले यहाँका जनतासँग उहाँको गहिरो सम्बन्ध जोडिन पुग्यो । थबाङ बसाईको क्रममा नेपाली भाषा, स्थानिय खाम भाष पनि सिक्नु भयो र यहिबाट मगर भाषा, संस्कृति, भेषभुषा, रहनसहन, चालचलन, रीतितिथी, परम्परा आदिको बारेमा गहिरो खोज अनुसन्धान गरि यहिबाटै उहाँले विद्याबारिधि पूरा गर्नुभएको थियो । जनताको दुःख सुःख मा सहभागी हुनु भयो ।
उहाँले वि.स २०६८÷०६९ देखि हालसम्म विद्यायालयका लागि आर्थिक सहयोग गर्दै आउनुभएको छ । उहाँको आर्थिक सहयोगलाई विद्यालयसम्म ल्याई पु¥याउन टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले सहयोग गर्दै आएको छ । उहाँले हालसम्म यस विद्यालयलाई रु ६७ लाख ८६ हजार ८ सय रकम सहयोग गरी सक्नु भएको छ ।
१) विद्यालयको भौतिक विकासका लागी नगद रु ४३ लाख २० हजार, अक्षय कोषमा लगानी गरीएको रकम रु १८ लाख १० हजार, गरीव, जेहेन्दार, अनाथ र असहाय बालवालिकाहरुको लागी छात्रवृत्ति रकम रु ६ लाख ५६ हजार, सामुदायीक विद्यालय सञ्चालनमा सधै आर्थिक समस्याले सताउने गर्दछ । विद्यालयको आर्थिक अभावको भुमरीलाई चिर्न डा. अगष्ट मोल्नारको जस्तो दानवीर मनलाई थबाङबासीले पाउँदा निकै हर्षित र कृतज्ञ छन् ।
उहाँ अमेरिकामा माउण्टेन इन्टिच्युटको अध्यक्ष हुनुहुन्छ । एउटी विदेशी नागरिकले नेपालमा आएर थबाङ जस्तो विकट स्थानमा सहयोग पु¥याउनु थबाङबासीको लागि बढि महत्वपूर्ण हो । उहाँको सहयोगले विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । आगामी दिनमा पनि उहाँको सहयोग निरन्तर रहने कुरामा थवाङवासी आशावादी छन् ।
                                                                                  थबाङ गाउँ पालिका, रोल्पा
रोल्पा जिल्लामा गाउँपालिका विभाजन गर्दा सुरुमा ९ वटा पालिकाको मात्र परिकल्पना गरिएको थियो । थबाङबासीले थबाङ केन्द्र हुनु पर्छ भनि आन्दोलन गरे । सदरमुकाममा नारा जुलुस भयो । पछि सरकारले थबाङ गाउँ पालिका सहित रोल्पा जिल्लामा १० वटा पालिकाको सिफारिस गरेको थियो ।
थबाङ गाउँ पालिकामा ५ वटा वडा कार्यालय रहेका छन । जसमा साविक ३ ओटा गाउँ विकास समितिहरु थबाङ, मिरुल र उवा रहेका छन् । जसमा थबाङ १ र २ वडा, मिरुल ३ र उवा ४ र ५ गरि ५ वटा वडा रहेको छन् ।
गाउँपालिका अध्यक्षमा बीरबहादुर घर्ती मगर रहनु भएको छ । उहाँको घर उवा मालागिरीमा पर्दछ । वडा नं. १ को अध्यक्ष जनकबहादुर बुढा हुनुहुन्छ । यस अगाडी स्वतन्त्रबाट विजयी फर्कबहादुर बुढा मगरको मस्तिष्कघातबाट निधन भएको थियो । वडा नं. २ को अध्यक्ष वसन्त रोका मगर, वडा नं. ३ मा स्वर्णिम, वडा नं. ४ उदिम घर्ति मगर, वडा नं. ५ गोवर्धन पुन रहेका छन् ।
थबाङ गाउँपालिकाले विद्यालय अक्षयकोषको लागि रु ३ लाख बजेट दिने भएकोछ । पालिका मातहतमा रहेको नमुना विद्यालयको सम्पूर्ण जिम्मा गाउँपालिकाकै भएकोले शैक्षिक गुणस्तर वृद्धि गर्नु पालिकाकै जिम्माभित्र पर्दछ । नीति विधिले अक्षय कोषमा बजेट राख्न मिल्दैन भन्ने स्थानीयतहका जनप्रतिनिधिहरुको सोचमा थबाङले “ब्रेक थ्रु” गरेको छ । यो आफैमा महत्वपूर्ण पक्ष हो । शिक्षाको विकासबाट नै समग्र समाज को विकास संभव हुने भएकोले यो अभियान आफैमा महत्वपूर्ण हो । यसको सुरुवात थबाङमा भएको छ । थबाङ गा.पा लाई धेरै–धेरै धन्यावाद ।

                                                            हिकमत सिंह रोका (अध्यक्ष, राप्ती समाज यु.के)
हाल यू.के मा बसोबास गर्दै आउनुभएका हिकमतसिंह रोका मगर राप्ती समाज यू.के.का अध्यक्ष हुनुहुन्छ । उहाँको जन्म थबाङमा भएको थियो । युवा अवस्थामा वृटिश सेनामा जागिरे हुनु भयो । पछि यू.के.मा बसोबास गर्दै आउनु भएको छ ।
उहाँको श्रीमती थामी रोका मगर हुनुहुन्छ । उहाँको एक छोरा महित रोका र ३ छोरीहरु जेठी दिपा, माहिली दिपिका, कान्छी सुशिला रोका रहेका छन् । उहाँको बुबा आमाको नाममा थबाङ सामुदायिक अस्पतालको लागि २९ कठ्ठा जग्गा दान गर्नु भएको छ । हालै थबाङ आउनु भएका रोका मगरले आपनै सक्रिय पहलमा मिस जोना लुम्ली ओवे कम्प्युटर टेक्नोलोजी एजुकेशन सेन्टर स्थापना गरि २१ ओटा कम्प्युटर वीर बल भद्र नमुना माध्यामिक विद्यालयलाई हस्तान्तरण गर्नु भएको थियो । यो सहयोग गोेर्खा मेमोरियल फण्ड यु.के. मार्फत प्राप्त भएको हो ।
यसै अवसरमा विद्यालय अक्षयकोषमा रु १ लाख पनि प्रदान गर्नु भएको छ । वीर वलभद्र मा.वि थबाङलाई उच्च मा.वि. बनाउँदा रु ५ लाख सहयोग पनि गर्नु भएको थियो । यस अगाडि थबाङ स्वास्थ्य चौकीको एम्बुलेन्स खरीदमा आर्थिक सहयोग गर्नु भएको छ ।
उहाँकै पहलमा संस्कृति संरक्षणको लागि भुम्या नाच डकुमेन्ट्रि निर्माणमा ठूलो रकम सहयोग गर्नुभएको थियो ।
सात समुन्द्रपारी रहेर पनि आफ्नो थलो, आफ्नो पिता पुर्खा खेलेको, आफु बाल्यकालमा हुर्केको खेलेको समुदायको विकासमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । उहाँ प्रति थबाङबासी कृतज्ञ छन् ।
उहाँको बुबा भुजलाल रोका मगर र आमा सुविता रोका मगरका कान्छा छोरा हुनुहुन्छ । माध्यमिक तहसम्मको पठनपाठन थवाङ मा. वि.मा गर्नु भयो । उहाँ विद्यालयमा उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) संगै पढ्नु भएको थियो । तत्कालीन विरेन्द्र सिल्ड भलिबल खेलकुद कार्यक्रममा उपराष्ट्रपतिको रेजर समेत हुनुहुथ्यो ।
२०४४ वि.स.मा वृटिस आर्मीमा भर्ना हुनुभयो । २०६० सालमा अवकासपछि वेलायत बसोबास गर्दै आउनु भएको छ । उहाँ अठार मगराँत खाम भाषी मगर समाज यूकेको संस्थापक अध्यक्ष, हाल सल्लाहकार रहनु भएको छ । राप्ती समाज यूकेको दोश्रो कार्यकाल अध्यक्ष ल्च्ल् ग्प् को सल्लाकार, मगरसंघ नेपालको सल्लाहकार हुनुहुन्छ ।
                                                                                   

                                                                                                   सम्झी पुन मगर
भारतीय सेना दलबहादुर पुन मगरको श्रीमती सम्झी पुन मगर र उहाँका छोराहरु पूर्णबहादुर पुन र राजपूर्ण पुन मगरले अक्षयकोषमा रु ३ लाख प्रदान गर्नु भएको छ । हाल घोराही दाङमा बासोबास गर्दैै आउनु भएका छोराहरुले देश विदेशमा आफ्नो ज्ञान सीपको आधारमा काम गर्दै आउनु भएको छ । उहाँ दाजु भाईले आफ्ना जन्मभूमि थबाङको विद्यालयमा प्रारम्भिक शिक्षा प्राप्त गर्नु भएको थियो । आफु जन्मिएको समुदायमा सहयोग गर्न पाउँदा उहाँहरु आफुलाई गौरवान्वित भएको सुनाउनु हुन्छ । पूर्णबहादुर तथा राजपूर्ण दाजु भाईले आमा सम्झी पुन र बुबा दलबहादुर पुन मगरको सम्झनामा अक्षय कोष स्थापना गर्ने योजना रहेको छ । अहिले रु ३ लाख रुपैया रहेको कोष क्रमिक रुपमा वृद्धि गर्दै लैजाने उहाँहरुले योजना बनाउनु भएको छ ।

                                                                                           अमला रोका मगरः
थबाङ गाउँपालिका वडा न. २ मरन्ठाना वस्ने मुलमान बुढामगरको छोरी अमला रोकामगरले वीर बलभद्र मा.वि.मा माध्यामिक तहको शिक्षा अध्ययन गरेकी थिईन । उहाँको एक छोरी शिसम रोकामगर छिन् ।
हाल व्यापार व्यावसायमा संलग्न अमला रोकाले आफुले अध्ययन गरेको आफ्नो जन्म थलोको विद्यालयलाई रु रु ३ लाख अक्षय कोष निमार्णको लागि सहयोग स्वरुप दिनु भएको छ । उनको यस्तो सुन्दर सोचलाई धेरै धरै धन्यवाद ।
यो संसार भनेकैः सबैको साझा हो । सबैसँगै आर्थिक हैसियत एकै नासको हँुदैन । तर, हुनेले विद्यालय तथा समाजलाई सहयोग गर्दा नहुनेको लागी वा विपन्न समुदायको लागि ठूलो सहयोग मिल्दछ । समाज सेवी अमला रोकामगरले यस अगाडी थबाङ स्वास्थ्य चौकीको एम्बुलेन्स खरीदमा पनि आर्थिक सहयोग गर्नुभएको थियो । भूम्या पर्व २०७० डकुमेन्ट्री निर्माणको साथै अन्य विभिन्न सामाजिक कार्यहरुमा ठूलो लगानी गर्नु भएको छ । उहाँजस्तो मनकरी व्यक्तिको सहयोगले नै सामाजिक अभियान सफल हुने हो । उहाँको निरन्तर सहयोगको कामना सहित धेरै धेरै धन्यवाद ।

                                                                             धरमबहादुर राेका मगर 
रोल्पा जिल्लाको संस्थापक कम्युनिष्ट नेताहरुमा स्व. धरम बहादुर रोका एक हुन् । उनी पंचायत कालमा राष्ट्रिय पंचायतको चुनावमा रोल्पाका नेता बालराम घर्ति मगरका प्रतिस्पर्धी थिए । राजनीतिक चेत भएका स्व. धरम बहादुर समाजका अगुवा थिए । उहाँको शिक्षा प्रतिको लगाव र महत्व बुझाईका कारण थबाङमा औपचारिक शिक्षा सुरु गराए । उनका २ छोरा मध्ये जेठा छोरा जयप्रकाश रोका मगर अहिले पनि कम्युनिष्ट राजनीतिमा छन् । जय प्रकाश रोका मगर २०६३ सालमा शिक्षक अभिभावक संघको अध्यक्ष भएका थिए । विद्यालय अक्षयकोषका लागि जयप्रकाश रोकाले रु ५० हजार सहयोग गरेका छन ।

                                                                                                                  जगत बहादुर रोका
धात रोकाको नाती धनीमान रोका र गंगासरी रोकाको माइला छोरा जगत बहादुर रोका मगरको जन्म थबाङ गाउँपालिका २ ठूलोगाउँमा भएको थियो । उहाँको विवाह विष्णु रोका मगरसँग भएको थियो । उहाँको जेठी छोरी मनसरी रोका मगर, माइली कञ्चन, कान्छी छोरी जयन्ती रोका मगर हुन । एक छोरा जुङसान रोका मगर छन् । जगत बहादुर रोकाको बाल्यकाल थबाङ मै बित्यो । उहाँले माध्यमिक स्तरको पढाई थबाङ मै पूरा गर्नु भयो । युवा अवस्थामा बेलायती सेनामा भर्ना भई १७ वर्ष कार्यरत रहनु भयो । १८ महिना ब्रुनाईमा काम गर्नु भयो । पछि वेलायत सरकारको योजना अनुसार बेलायतमै बसोबास सुरु गर्नु भयो । विगत विभिन्न समयमा विद्यालय तथा अस्पताल र एम्बुलेन्सको लागि उहाँले महत्वपूर्ण सहयोग गर्दै आउनु भएको छ । हाल विद्यालय अक्षयकोष को लागि रु १ लाख सहयोग गर्नु भएको छ । विद्यालयमा गोरखा मेमोरियल फण्ड यु.के मार्फत कम्प्यूटर ल्याब स्थापनाको लागि उहाँको योगदान रहेको छ । उहाँ अहिले बीर बलभद्र नमूना विद्यालयको अक्षकोष निर्माण अभियानको युरोप संयोजक पनि हुनु हुन्छ ।

                                                                                           गाेविन्द प्रसाद दुलाल (निर्देशक) 

टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठान रु १ लाख अार्थिक सहयाेग भएकाे छ ।

स्वर्णिम रोकामगर (शिक्षक) 
बुबा मेलबहादुर रोकाको छोरा स्वर्णिम रोका वीर बलभद्र मा.वि.का शिक्षक हुनुहुन्छ । उहाँ विद्यालयको आन्तरीक श्रोतबाट सेवा सुरु गर्नु भएको हो । हाल उहाँको मासीक पारिश्रमिक रु १० हजार मात्र छ । उहाँले पैसाको लागि मात्र नभएर सेवा भावले शिक्षक बन्नु भएको हो । उहाँ विद्यालयको अक्षय कोष निर्माणको अभियानमा सहभागी हुँदै आउनु भएको छ । उहाँ आफैले अक्षय कोषको लागी रु ३५ हजार सहयोग गर्नु भएको छ ।

राम्रो काममा सहयोग गर्न पैसा भएरमात्र हँुदैन मन भएपछि स्वर्णिमजस्ता युवाले सामाजिक कार्यमा योगदान गर्न सक्छन् भन्ने कुराको गजव उदाहरण बन्नु भएको छ ।

 

 

 

 

 

 

 

 

 

स्व.मणिमाला बुढाको स्मृतीमा थबाङ गाउँपालिका २ रोल्पा निबासी छोराहरु अन्तिम बुढामगर, राजमित्र बुढामगर र छोरी उर्मिला रोका मगरले वीर बलभद्र मा.वि. थबाङको अक्षय कोषमा रु १ लाख  सहयोग गर्नु भएको छ । सर्वसाधारण व्यक्ति जसको नियमित आम्दानीको स्थायी बाटो छैन ।

तर, मनका धनी यी छोरा–छोरीले स्वर्गीय आमाको सम्झनामा अक्षयकोषमा सहयोग गर्नु भएको छ । अन्तिम, राजमित्र र उर्मिला जस्ता किसान तथा सर्वसाधारण व्यक्तिको महत्वपूर्ण सहयोगले नै अक्षय कोष अभियान सफल हुने छ ।
अन्तिम बुढा मगरको छोरी सृष्टि बुढा मगर बीर वलभद्र मा.वि. कि शिक्षिका हुनहुन्छ । उहाँले पनि व्यक्तिगत रुपमा अक्षय कोषमा रु ३० हजार सहयोग गर्नु भएको छ ।

 

                                                                                    नरेन्द्र वि.क
पुर्व विद्यार्थी नेता नरेन्द्र वि.क. एक जुझारु यूवा नेताको नाम हो । उहाँ मुसिकोट नगरपालिका १, रुकुम पश्चिम निबासी हुनु हुुन्छ । थबाङ वाम राजनीतिको केन्द्र पनि हो । युद्धकालमा थबाङले नेपालकै शिर उच्च राखेको थियो । विभिन्न समयमा थबाङले विचार निर्माण र विचारको संरक्षण गरेको छ । पञ्चायत कालमा सैनिक अप्रेसन व्यहोरेको थियो । थबाङ कम्युनिष्ट जन्माउने थलो पनि हो । नरेन्द्र वि.क पनि एक राजनीतिक व्यक्ति भएकाले छिमेकी जिल्लाका वीर बलभद्र मा.वि. लाई आफ्नो विवाहमा फजुल खर्च कटाएर रु १ लाख प्रदान गर्नु भएको छ । उहाँको सहयोग गर्ने सोचको उच्च मुल्याङ्कन गर्दै सुखद दामपत्य जीवनको शुभकामना छ ।

                                                                वीर बलभद्र नमुना माध्यमिक विद्यालय थबाङको इतिहास ः

वि.स.२०१५ सालमा हिमालय जलजला बाल प्राथमिक पाठशालाको नामबाट विद्यालयको स्थापना भएको हो । सचेत, जागरुक, समाज सेवी धरमबहादुर रोका मगर, बर्मन बुढा मगर, लाल बहादुर घर्ती मगर सहितका व्यक्तित्वले विद्यालय स्थापनामा महत्वपूर्ण योगदान गर्नु भएको थियो ।
वि.स.२०२७ सालमा यो विद्यालय निम्न माध्यमिक भयो । विद्यालयको नाम वीर बलभद्र निम्न माध्यमिक विद्यालयमा परिणत भयो । वि.स.२०३५ सालमा माध्यमिक तहको विद्यालय संचालन भयो । वि.स. २०६५ मा कक्षा १२ सम्म पढाई शुरु भएको थियो । वि.स. २०६५ सालदेखि अंग्रेजी भाषाबाट पठनपाठन शुरु भयो । वि.स. २०६१ सालमा प्राविधिक धारतर्फ बाली विज्ञान विषयमा कक्षा ९ को अनुमति प्राप्त गरि हाल १२ कक्षासम्म संचालनमा छ । यो विद्यालयबाट शैक्षिक सत्र २०७५ मा एस.इ.इ. मा जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । आ.व. २०७५÷०७६ मा शिक्षा मन्त्रालयले यस विद्यालयलाई नमुना विद्यालयमा छनोट गरेको छ ।

                                                                                        विद्यालयको स्थापना ः
नेपालको इतिहास हेर्दा राणा शासनमा राणाहरुको लागि मात्र पढ्न पाउथे । उनीहरुको लागि मात्र विद्यालय थियो । २००७ सालको क्रान्तिपछि नेपालमा विद्यालयहरु ख्ुाल्न थाले । त्यस अवधिमा गुरुकुलमा अक्षर चिन्ने पढ्ने चलन थियो । पिता पुर्खाको अथक प्रयासपछि थबाङमा २०१५ सालमा प्राथमिक पाठशाला स्थापना गरि औपचारिक शिक्षा शुरु भएको थियो । विद्यालयका संस्थापक सदस्यहरुमा स्व.धरम बहादुर रोका मगर, बर्मान बुढामगर, स्व. पुन बहादुर रोका मगर, बर्मान रोका, स्व. लाल बहादूर घर्ती मगर (संस्थापक प्र.अ.), स्व.सहवीर रोका मगर (शिक्षक), को प्रयासमा विद्यालय शिक्षाले गति लिदै आयो ।
                                                                                     

                                                                                                    विद्यालय व्यवस्थापन समिति ः
विद्यालय व्यवस्थापन समिति का अध्यक्षहरु दिल कुमार बुढा मगर (२०४९), बर्मान बुढा मगर (२०५२), दलराम घर्ती मगर (२०५२) राजमन नेपाली (२०५९), बर प्रसाद घर्ती मगर (२०६३) फर्क बहादूर बुढा मगर (२०६५) रेशम कुमार शाह (२०६९) अजय घर्ती (२०७१) ले विद्यालय व्यवस्थापन समितिको जिम्मेवारी वहन गर्नु भएको थियो ।
                                                                                               विद्यालयका प्रध्यानाध्यापकहरु
विद्यालय नि.मा.वि. तह २०७६ सालमा भयो यस अबधिमा प्रधानाध्यापकहरु टेकुलाल गिरी (प्यूठान), कृष्ण के.सी .(प्यूठान) मस्त बहादुर श्रेष्ठ (रुकुम गुनाम), अच्युत शर्मा (रुकुमकोट) , गुणनिधि उपाध्याय (गुल्मी), सूर्य बहादूर रोका मगर (थबाङ) विद्यालय २०३५ सालमा मा.वि.तहमा स्तर वृद्धि भयो । यसपछिका प्रधानाध्यापकहरु उदय बहादुर वोहोरा (सल्यान, लुहाम), केशब श्रेष्ठ (रोल्पा जंकोट), मोहन गिरी (प्यूठान), कुलानन्द गिरी (जुँगार रोल्पा) राजेश सुवेदी (गजुल रोल्पा), मदन शर्मा (पाखापानी रोल्पा) र दिपेन्द्र कुमार बुढा मगर (थबाङ रोल्पा) वि.स.२०६५ मा यस विद्यालयमा कक्षा १२ सम्म संचालनमा आयो । यस अवधिमा प्रधानाध्यापकहरु धन बहादुर रोका मगर (थबाङ), विष्णुकला घर्ती (ओत), मोहनलाल नेपाली (मानपुर, दाङ) र हाल कुल बहादुर वली (गंगादेव, रोल्पा) २०७३ सालदेखि कार्यरत रहनुभएको छ ।
                                                             विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरु ः
माध्यमिक तह ९, प्राविधिक धारतर्फ प्रशिक्षक ४, आधारभूत तह ९, प्राविधिक धारतर्फ सहायक प्रशिक्षक २, बाल विकास सहयोगी कार्यकर्ता १, कर्मचारी –१ प्राविधिक धारतर्फ ल्याब १, कार्यलय सहयोगी १ गरी सरकारी दरवन्दी २८ र निजी श्रोततर्फ ११ जना गरी जम्मा ३९ दरवन्दी रहेको छ ।  कुल बहादुर वली प्र.अ, उदय घर्ती मगर स.प्र.अ, धन बहादुर रोका मगर, शंकर प्रसाद चौधरी, प्रदिप डि.सी, अमर श्रेष्ठ , स्मृति सुवेदी, खिम प्रसाद श्रेष्ठ, मोहन नेपली, अनुपम गौतम, जितेन्द्र भण्डारी, क्षितिज झाँक्रि मगर, राम उदागार यादन, राम लखन चौधरी, पृथ्वी बहादूर नेपाली, धिर कृष्ण वि.एम, यमुना वली, फत्त बहादुर वि.सी, राममाया बुढा मगर, आशा रोका मगर, लाल कुमारी रोका मगर, आशमन रोका मगर, बाल कुमार घर्ती मगर, निरज वली, कमला रोका मगर, लाल चन्द रोका मगर, हिकमत वि.क,  प्रेम बहादुर रोका, रकेट पुन मगर,  सृष्टि बुढा मगर, स्वर्णीम रोका मगर, फलमाया पुन मगर, मंगलचन रोका मगर, जमघट घर्ती मगर, मनरखी रोका मगर, विन कुमारी बुढा मगर, विन प्रकाश वि.क, पौरख घर्ती, लालसिँह बुढा मगर (कार्यलय सहयोगी) शिक्षक कर्मचारीहरूले सक्रिय भूमिका निर्वाह गर्दै अाउनुभएकाे छ ।

                                                                          शिक्षक अभिभावक संघका अध्यक्षहरु ः
धपलाल पुन (२०३९), जय प्रकाश रोका मगर (२०७३), लिलराम रोका मगर (२०७६),
समिति तथा उपसमितिहरु
विद्यालय व्यवस्थापन समिति
शिक्षक अभिभावक संघ, सामाजिक परिक्षण समिति, जुनियर रेडक्रस सर्कल, कार्य
विभाजन उपसमितिहरु ः
पुस्तकालय व्यवस्थापन समिति
खेलकुद समिति, कृषि प्रयोगशाला व्यवस्थापन समिति, परीक्षा तथा मुलयाङकन समिति, सरसफई तथा वातावरण स्वच्छता समिति, विज्ञान प्रयोगशाला व्यवस्थापन समिति, कला सङगित तथा साहित्य समिति, कम्प्यूटर प्रयोगशाला व्यवस्थापन समिति, विद्यार्थी परामर्श समिति, विद्यालय समुदाय समन्वय समिति, अतिरिक्त क्रियाकलाप समिति वर्तमान विद्यालय व्यवस्थापन समिति अजय घर्ती मगर (अध्यक्ष), धपलाल पुन मगर (सदस्य)
दल बहादुर रोका मगर (सदस्य, नरम कुमारी बुढा मगर (सदस्य), भुलज्योती बुढा मगर (सदस्य), जनक बुढा मगर (सदस्य), दीलकुमनरी रोका मगर(सदस्य), मन प्रसाद बुढा मगर(सदस्य), जब्बरसिँह वि.क.(सदस्य), उदय घर्ती मगर(सदस्य), कुल बहादुर वली (सदस्य सचिव)ले यस विद्यालयलाइ नमूना घाेषणाकाे लागि सक्रिय भूमिमका निर्वाह गर्दै अाउनुभएकाे छ ।

                                                                                  यस विद्यालयकाे अन्य फाेटाेहरू 

                                                                                                                                                       स्राेतः के.वी. डाँगी/उमेश कालामगर

You may also like