जनजाती सास्कृतिक शुद्धिकरणका लागी मदिरा न्यूनिकरण

चन्द्र जि.एम

संस्कृति समुदायको जीवन हो । जातीको पहिचान हो । त्यो समुदाय हुनुको साक्षी पनि हो । त्यसले समुदायको जीवनलाई बोल्छ, निरन्तरतालाई बगाउँछ र एक पुस्ताबाट अर्को पुस्ता, एक समयबाट अर्को समय हस्ताणतरण हँुदै जान्छ । समय, बातावरण, राज्यको नीतिसँग समाहित हुदै, ठोक्किदै र प्रत्यक्ष र अप्रत्यक्ष रुपमा तकरावहरुसँग पिसिदै सस्कृति कुनै न कुनै रुपमा बाँचिरहेको हुन्छ । त्यसैले सँस्कृतिसँग समुदायको जीवनको त्यो सक्ती छ जुन सक्तिले समुदायलाई बाँचिरहनका लागी अक्सिजन दिइरहेको हुन्छ । भनिन्छ सस्कृति नबाँचे आफू पनि बाँच्न सकिदैन ।
नेपाल बहुजातिय, बहुसाँस्कृतिक बहुभाषिक देश भनेर संविधानमा लेखिए भए पनि राजा पृथ्वी नारायण शाहले नेपालको भौगोलिक एकिकरण पछि लिएको एकात्मक हिन्दु साँस्कृतिकरण राज्यप्रणालीले नेपालमा बसोबास गर्ने जनजातिहरुको साँस्कृतिक पहिचानह्रु कि त लोभ भएका छन् कि त यति धेरै कुरुप बनाइएका छन् जसलाई चिन्नको लागी ठूलै अनुसन्धानको खाँचो छ । त्यसैले कुरुप सांस्कृतिक पहिचानहरुलाई आफ्नै बास्तविक रुपमा देखाउन, बुझाउन जरुरी छ भने हामीबाँचिरहेका साँस्कृतिक पहिचानहरुको जगेर्ना आजको नितान्त आबश्यकता हो ।
सस्कृति जसरी सार्वभौमिक हुन्छ त्यसै गरी अस्थिर पनि हुन्छ । सस्कृति जसरी टिकाउ हुन्छ त्यसै गरी गतिशील पनि हुन्छ । सँस्कृति बाँचिरहनका लागी उसको गतिशीलताको आवश्यकता छ । उसको गतिशिलताका लागी उसको प्रगतिशिलताको आवश्यकता छ । उसको प्रगतिशीलताको लागी त्यसभित्र रहेको अन्तनिहितँ कुरुप पक्षको शुद्धिकरणको आबश्यकता छ । हामी मगर लगायतका जनजातीहरु सस्कृतिका धनी जाती समुदाय हौ हाम्रा आफ्नै अनेक खाले मोलिक भौतिक र अभौतिक सस्कृतिहरु छन ती मध्ये केही बाँचेका छन, केही संग्रालयमा कैद भएका छन त केही खोज र अनुसन्धान गर्नुपर्ने अवस्थामा छन । बाँचेका मध्ये पनि बचाईरहन र समय सन्दर्भ बनाइरहन शुद्धिकरण गर्न अत्यन्त आबश्यक भएको छ । आजको सन्दर्भमा त्यस्ता कुसस्कार बचाईरहनुले समग्र सास्कृतिक पहिचानको मर्म माथि प्रहार गरेको देखिन्छ । यसै सन्दर्भमा जनजाति साँस्कृतिक व्याबहार भित्रको मदिराजन्य पदार्थको प्रयोगको सन्दर्भमा छोटकरीमा चर्चा गरौ ।

साँस्कृतिक रुपमा मदिराको प्रयोगको ऐतिहासिकता

जंगलमा पाइने एक प्रकारको महजरी जडिबुटी राखेर अन्नलाई कुहाएर सिधै खाने जाँड र निघारका साथै विशेष प्रविधिबाट वाष्पिकरण गरी बनाइने रक्सीको आविष्कारक जनजाति नै हुन भन्ने कतिपयको तर्क भए पनि यसको प्रयोग जनजातीको सस्कृतिमा कसर्री प्रवेश भयो र कहिले देखि भयो भन्ने खोज आज सम्म कसैले गरेको छैन तर यसलाई सास्कृतिक ब्यावहारहरुमा आस्था र विश्वाससँग जोडी अनिबार्य बनाइएको छ । मरेको ब्यक्तिलाई यो पदार्थले मात्र उनको आत्मा खुशी हुन्छ र दुख दिदैन भन्ने विश्वास छ । यही आस्था र विश्वासले आज सम्म निरन्तरता पाएको छ ।

जाँड रक्सी र हाम्रो पहिचान
के जाँड रक्सीको प्रयोग हाम्रो साँस्कृतिक पहिचान हो ? के यसको प्रयोग विना हाम्रो सस्कृति मर्दछ ? के यो हाम्रो सधैको लागी जीवनपद्धति हो ? के यसले हाम्रो स्वाभिमान,विरासत र प्रतिष्ठालाई जोगाईरहेको छ ?यी र यस्ता प्रश्न अहिले अत्यन्त सन्दर्भहीन र अस्वाभाविक रुपमा उठाइएका छन् । पछिल्लो समय हामीले पहिचानका नाममा सस्कृति भित्रको विकार रुपलाई पनि समातेर हिड्न खोजिरहेका छौं । समयको कनै सन्दर्भमा हाम्रा पुर्खाहरुले चाहे औषधीको रुपमा त्यसलाई प्रयोगमा ल्याए चाहे उनीहरुले बहादुरी र साहस जन्माउने पदार्थको रुपमा ल्याए या त चिन्ता हटाउने पदार्थको रुपमा ल्याए या त आफ्नो कुनै न कुनै जीवनपद्धतिको निरन्तरताको कुनै रुपमा प्रयोग गरे त्यो समय, त्यो सन्दर्भमा त्यसको भूमिका महत्वपूर्ण थियो होला । कुनै जडिवुटी पत्ता लगाई त्यसलाई प्रयोग गनर्् पनि एउटा महत्वपूण विज्ञान थियो । पूर्खाहरुको त्यो योगदानलाई हामीले कदापी भुल्न सक्दैनौ । तर, आजको सन्दर्भमा हामीले त्यसलाई कुन रुपमा प्रयोग गरेका छौ र हाम्रो समुदायको प्रगतिमा कस्तो प्रभाव पारेको छ भन्ने सवाल एक महत्वपूर्ण सवाल हो । हामी हाम्रो समुदायको विकास चाहन्छौ,समृद्धी चाहन्छौ तर, सस्कृतिका नाममा रहेका विकृत र विसँगत तत्वहरुको सफाई विना हाम्रो समृद्धि संभव छैन । हाम्रो सस्कृतिभित्रको विकार हाम्रो विकासको बाधक हो भने त्यसलाई कि त हटाउनुप¥यो कि त आजको सन्दर्भमा आधुनिकरण तथा व्यावसायिकरण गर्नसक्नुप¥यो । सस्कृतिको नाममा हामीले त्यसैलाई भिरेर हिड्यौ भने समयले कुनै न कुनै दिन अवश्य मिल्काउने छ ।
सस्कृति बचाइर््रहन त्यसभित्रको अन्तर्निहित ज्यूदो सक्तिलाई चिन्न आबश्यक छ । त्यो ज्युँदो सक्ति भनेको त्यो समुदायको मौलिक सम्पति हो । त्यो सम्पत्तिले त्यो समुदायको पहिचान र समृद्धिको आधार दिन सक्छ । तर त्यसको जडतालाइर्् टेकेर समय अनुरुप गतिशील बनाउनु,परिमार्जन गर्नु,परिस्कृत गर्नु आजको अनिबार्य सर्त हो ।। कुनै पनि सस्कृतिको जडमा रमाउने होइन की त्यसको बास्तविक मौलिकपनला्ई जोगाई समय सन्दर्भमा रुपान्नरण गर्नु नै बास्तविक सस्कृतिको जगेर्ना हो । समय बदलिन्छ । मान्छे बदलिन्छ । मान्छेको सोच बदलिन्छ । परिवेश बदलिन्छ । विकासका आयामहरु बदलिन्छन् तर म पुरानै सस्कृतिको कम्वल ओडेर बस्छु भनेर सस्कृति जोगिदैन । दुई दिनको कस्मेटिक प्रयोगले पनि सस्कृति बाच्दैन । विकासको क्रमसँगै त्यही विकासको बाटोमा हिडाइरहनु नै बास्तविक सस्कृतिको जगेर्ना हो । आर्यन हिन्दु धर्म सस्कृतिलाई हामी पुरातन धर्म सस्कृति भन्छौ तर पनि त्यो ज्यूदो छ । उसको जिउदोपनमा राज्यको एकतर्फि लगानी अबश्य छ । राज्यले आफ्नो धर्म सस्कृति बनायो । राज्यको पुरा लगानी गरियो । जनतालाई त्यो धर्म सस्कार अवलम्वन गर्न बाध्य बनाइयो । त्यति धेरै लगानी गर्दा पनि त्यसभित्रका कुसस्कार र विकृतिहरुलाई हटाउन ब्रामण अगुवाहरु कुनै न कुनै रुपमा लागेको देखिन्छ । वेद देखि स्वामी विवेकानन्द हँुदै रामदेवसम्म आइृपुग्दा उसले धेरै कुसस्कारहरुलाई हटाइसकेको छ । वेदको जडतामा मात्र ऊ रमाइरहेको छैन मनुस्मृतिको जडतामा मात्र उ रमाईरहेको छैन । ऊ हरेक समयमा आफुलाई बेदको आधारबाट परिमामार्जन गरिरहेको छ । त्यसैले उ वाँचेको छ । चाहे वेदको आधारमा औषधी विज्ञानको खोज र अनुसन्धान गरेर होस चाहे वेद भित्रका शब्द र भावनाको समय अनुकुल ब्याख्या गरेर होस चाहे त्यसभित्रको राजनैतिक र कुटनैतिक शुत्रहरुलाई आजको सन्दर्भमा प्रयोग र विकास गरेर होस उनीहरुले त्यसलाई बचाई मात्र रहेका छैनन सबै सामु अब्वल रुपमा प्रस्तुत गर्न खोजिरहेका छन् ।
निश्चय पनि हामीले हाम्रो सस्कृतिलाई भुल्यौ भने हाम्रो पहिचान रहदैन । त्यसैले पनि हाम्रो सस्कृतिलाई जोगाई राख्नु हाम्रो दायित्व हो । तर पनि कुनै पनि पनि समुदायको सस्कृति सम्पूर्ण रुपमा ज्युदो नरहदो रहेछ । सस्कृति लोभ हुनुको एउटा कारण राज्यको निति हो भने अर्को कारण सोही समुदायको भूमिका र सो सस्कृतिको समय सान्दर्भिकता महत्वपूर्ण तत्व रहेछ । राज्यले प्रोत्साहन गर्दागर्दै पनि र समुदायले चिन्दा चिन्दै पनि कतिपय सस्कृतिहरु असान्दर्भिक बन्दा रहेछन् र मर्दारहेछन् । समय, मान्छेको चेतना र विकासका अनेक आयामहरुले कतिपय सस्कृतिलाइर्् बचाईरहन अनुमति नदिदोरहेछ । सँस्कृतिको यो शास्वत जीवन्ततालाई आर्यन हिन्दु सस्कृतिले समयमा नै चिन्यो र बुझ्यो । तर हामीले न हाम्रो सस्कृति भित्रको मौलिक सक्तिलाइर्् चिनेर समय सन्दभर्् बनाउन सक्यौ न हामीभित्रको विकार तत्वलाई समयमा नै चिनेर साँस्कृतिक जागरणको माध्यमबाट शुद्धिकरण गर्न सकेका छौ । अबश्य पनि राज्यसत्ताले हाम्रा सास्कृतिक पहिचानहरुलाई जरै देखि उखेल्ने प्रयास गरेको सत्य हो । तर पनि आज हामी राज्यलाई मात्र दोष दिएर हाम्रो पहिचान जोगाउन सक्दैनौ । बास्तविक पहिचान बोकेका सस्कृतिहरुको जगेनार््,विकृतीयुक्त सस्कृतिको शुद्धिकरण, लोभ भएका साँस्कृतिक विरासतहरुको उत्खनन आजको नितान्त आबश्यकता हो । सस्कृति अव हाम्रो जाती समुदायका ब्यक्ति,परिवारको समृद्धीका लागी हुनुपर्दछ । सस्कृतिका नाममा हिजो बाजे पनि जाँडरक्सीमा डुबे, बुवा पनि डुवे, आज छोरा पनि सस्कृति र परम्पराको नाममा डुविरहेको छ । इष्टमित्र,छिमेकी नातागोता सबै जाँडरक्सीमा डुवेर नै सस्कृति बचाइरहेको भानमा बाँचिरहेका छन भने हाम्रो अवस्थामा सुधार कहिले गर्ने ?कि त जाँड रक्सीको प्रयोगले हाम्रो समुदायको विकासमा फाइदै फाइदा गरेको छ भन्नुप¥यो । केही पढेलेखेका मगर अगुवाहरुको विचार कस्तो देखियो भने आफूले त्यसको प्रयोग नगर्ने,तर मगर समुदायका अन्य ब्यक्ति र समुदायले प्रयोग गरेर बेहालको अवस्था सम्म पुगेकालाई हेय र अपमानको नजरले हेर्ने अनि साँस्कृतिक वाताबरणमा मदिराको प्रयोगलाई गर्व गर्ने र सास्कृतिक जगेर्नाको नाम दिने प्रवृति मौलाइरहेको छ । यस्तो प्रवृतिले सस्कृति जगेर्ना गर्दैन । सधै आफ्नो ब्यक्तिगत र पारिवारीक विकास मात्र होस अरु सबै सस्कृतिको विकृत भासमा डुविरहुन भन्ने एक प्रकारको विचारको जन्म भएको छ । यो नयाँ सास्कृतिक सामान्तबाद हो । यसले कुनै ब्यक्ति र परिवारलाई सधै बोद्धिकताको विल्ला त भिराउला तर सिंङ्गो जातिय समुदायको हित गर्दैन । सस्कृति जोगाइरहने नाममा आफ्नो समुदाय माथि भएको अपमान र वेइज्जतको कारणको निराकरणमा सधै उदासिन रहने र पुर्खाहरुले छोडेर गएको सास्कृतिक विरासतको मौलिकताको आधुनिकरण र ब्यावसायिकरणमा सधै वेवास्ता गर्ने प्रवृतिले सस्कृति जोगिदैन । आफूभित्रको विकारलाई नचिन्ने, सधै सरकार र बहुराष्ट्रिय कम्पनीहरुलाई गाली गरेर समय बरबाद गर्ने,कोेठे बौद्धिकतामा रमाइरहने र समयलाई उही आदिम परिवेशमा घुमाइरहने प्रवृतिले सस्कृति जोगिदैन,आफ्नो समुदायको विकास पनि यसरी कहिल्यै संभव छैन । यस प्रकारको भूमिकाले अस्थित्वका लागी मात्र बाँचेका जातिय संघ संगठनहरुको औचित्य पनि पुष्ट्याइ हुदैन ।

अन्तमा सस्कृति एउटा नदी हो । जो बगिरहन्छ मुहान रहुन्जेल । बगेको पानीलाई शुद्ध बनाउने या विकृत बगाईरहने यो नै मुख्य सवाल हो । तर निरन्तर बगिरहन्छ भन्ने कुरालाई अवश्य नकार्न सकिदैन । पानीलाई कुन रुपमा बुझ्नै । पानीलाई फोहर बनाइरहने की सफाई गरेर बगाउने,अवश्य पनि पानीमा हरेक वस्तुहरु कुहेर बसेका हुन्छन तिनीहरुलाई फ्याकेर सफाई गर्ने की सधै उस्तै बग्न दिने यो नै मुख्य सवाल हो । नद्रीलाई नदी कै रुपमा मात्र बुझ्ने की नदीमा विकासका अनेक सक्तिहरु छन भनेर बुझ्ने,नदीलाई समय अनुकुल विकास र समृद्धिको आधारका रुपमा बुझ्ने की नदी फगत जोगाउने नाममा बगिरहने प्राकृतिक पानीको रुपमा बुझ्ने ?यस्ता अहं सवालहरुको जवाफ विना सस्कृति बचाउन सकिदैन । सस्कृतिलाई जडको रुपमा बुझेर समृद्ध बन्न सकिदैन । सस्कृतिलाई गतिशिलतामा बुझौ । प्रगतिशील रुपमा बुझौ । आफु पनि बाँचौ अरुलाई पनि बचाऔ । विष पालेर न ब्यक्ति बाँच्न सक्छ न समुदाय बाँच्न सक्छ ।

chandragm.gm6@gmail.com

You may also like