रोल्पामा NIC ASIA बैकको औपचारिक उद्घाटन

समाचारदता
भाद्र १३ गते

रोल्पामा पहिलो पटक NIC ASIA बैक औपचारिकरुपमा सञ्चालनमा भएको छ । रोल्पपा नगरपालिकाका नगरप्रमुख पूर्ण केसीले ले उद्घाटन गरेपछि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।
कार्यक्रममा बोल्दै रोल्पा जिल्लाको विकास र समृद्धि भनेको कृषि र पशु पालनबाट सम्भव भएको बताउँदै बैंकले त्यसतर्फ लगानी गर्नका लागि अनुरोध गर्नुभयो । कृषि, उद्योग, व्यावसायीको विकासका लागि बैंक काम गर्न र सामाजिक सेवामा काम गर्नका लागि अनुरोध गर्नुभयो । उहाँले बैंकले निधक्क कार्यक्रम गर्नका लागि हार्दिक अनुरोध गर्नुभयो । पूर्ण केसीले जनताको रकमबाट कारोवार गरिरहको बताउँदै सडक, शिक्षा, स्वास्थ लगायतमा पनि लगानी गर्नका लागि अनुरोध गर्नुभयो ।
रोल्पा जिल्लामा २८९ शाखाको रुपमा रहेको यस रोल्पा जिल्लामा सञ्चलित भएको छ । नेपालकै सबैभन्दा पुजीमा सञ्चालन गरेको र ऋण लगानी, एटिएम भएको बैंक रोल्पा जिल्लामा स्थापना भएको छ ।


उद्घाटन कार्यक्रममा NIC ASIA बैंकका प्रदेश प्रमुखले नेपालको बैकले २५ वटा अधारहरु मध्ये २२ वटा आधारहरु पूरा गरेको बताउनुभयो । ५२ वटा एक्सेन्जन रहेको छ । हाल बैंकले नेपालको आर्थिक विकास र कारोवार बैक एन.आई.सी.को ठूलो योगदान रहेको बताउनुभयो । उहाँले रोल्पा जिल्ला विगतको परिवर्तनमा धेरै योगदान गरेको जिल्ला भएकोले यस जिल्लामा काम गर्न खोजिएको बताउनुभयो । उहाँले भन्नुभयोः–“रोल्पा जिल्ला ७६ जिल्ला मध्ये फरक छ यस जिल्लामा काम गर्न पाउनको लागि हामी निकै खुशी छौँ । रोल्पा जिल्लाको आर्थिक विकास र सामाजिक कार्यमा हाम्रो लगानी हुनेछ । ”
प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले प्रदेशमा ५३ वटा शाखाबाट कार्यक्रक्रम सञ्चालन भइरहेको बताउँदै यसको सेवा विकासका लागि अझै लागि पर्ने र रोल्पा जिल्लालाई नयाँ कामका लागि आफूहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले उद्योग, व्यापार प्रर्वद्धनका लागि आफूहरु तयार भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य किशोर कुमार आचार्यले व्यापारीहरु बैकबाट अन्याय परेको बताउँदै कारोवार गर्दा नीच व्याबहार गरेको बताउनुभयो । कर्जा प्रवाह गर्दा व्याजदर महंगो, जम्मा गरेको पैसाको व्याजदर न्यून, कृर्षि कर्जातिर ध्यान नदिएको, जहाँ फाइदा हुन्छ त्यसतर्फमात्र लगानी गरेको बताउनुभयो । व्यापारी, उद्योग मैत्री हुनुपर्ने बताउनुभयो ।
कार्यक्रत्रको सञ्चालन प्रदेश कार्यालय घोराहीका उप प्रमुख दिपक अर्यालले गर्नुभएको थियो भने कार्यक्रमको बारेमा प्रदेश उपप्रमुख राजन पोख्रेलले स्वागत गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा कुशे औशी (बुवाको मुख) हेर्ने दिनको अवसरमा जेष्ठ नागरिक शशि बुढाथोकी, टिकाबहादुर जिसी, सुकबहादुर सेन ठकुरी लगायतलाई सम्मान गरिएको थियो ।
रोल्पाको सदरमुकाममा यस भन्दा अगाडि नेपाल बैंक लि., कृषि विकास बैंक, ग्लोवल आइएमइ, जनता बैंक लगायतको बैंकले सेवा दिदैँ आई रहेका छन् । यसमा NIC ASIA बैंकले पनि दिन चालेपनि सहज हुने भएको छ ।

You may also like