रोल्पामा बाहिरबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय

रोल्पा समाचारदाता
बैशाख १२ गते

जिल्ला विपत व्यवस्थापन समितिको बैठकले रोल्पा जिल्लामा लकडाउन र सामुदायिक क्वारेन्टाइनलाई अझै व्यवस्थित गर्ने र रोल्पा जिल्लामा सबै एक स्थानीयतहहरुमा एकरुपतामा काम गर्नका लागि सामूहिक निर्णय गरेको छ । शनिबार जिल्ला प्रशासन कार्यालय रोल्पामा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा बसेको सर्वदलिय, सर्वपक्षीय एवं सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा प्रदेश नं. ५ का प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगरले रोल्पा जिल्लामा लकडाउनलाई रोल्पा जिल्लामा गरिएको प्रभावकारीता सकरात्मक भएको भन्दै आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयोः–“रोल्पा जिल्लामा हामीले सबै काम गरेका छौँ, त्यसको प्रभावकारीता राम्रो भएको छ त्यसलाई निरन्तरता दिनेछाँै, जिल्लामा एक रुपता कायम गर्ने छाँै । हामीले जसरी पनि रोल्पा जिल्लालाई सुरक्षित गर्नुछ ।” उहाँले आगामी दिनमा पनि एकजुत भएर अगाडि बढ्नका लागि सबै स्थानीयतहरुलाई अनुरोध गर्नुभयो ।
रोल्पा जिल्ला राजधानी लगायत अन्य जिल्लाबाट रोल्पा जिल्लामा आएका बैशाख ५ देखि ११ गतेसम्म आएका ३ हजार ८ सय ९ जनालाई आर.डी.टी. परिक्षण गर्ने निर्णय गरेको छ । आर.डि.टी. किट उपलब्ध गराउनको लागि संघीय सरकार, प्रदेश सरकारलाई अनुरोध गर्ने र पालिकाहरुले व्यवस्थापन गर्ने निर्णय गरिएको छ । राहतलाई प्राथमिकताका आधारमा एकद्वारप्रणालीबाट व्यवस्थापन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो ।
यसैगरी रोल्पा जिल्लामा खाद्यान्नको अभाव भएमा सामान ढुवानी गरी स्टोर्स राख्ने लगायतका काम गर्ने, विकास निर्माणका ठूला आयोजना, थबाङ पुल, शहीदमार्ग, गौरवको आयोजना, विद्यालय, नीजि घर लगायतमा निर्माणमा सहजीकरण गर्ने निर्णय समति गरेको छ । लकडाउनको कारणले समानमा महंगी भएको जनगुनासाको बारेमा अनुमगन गर्ने लगायतको निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर वलीलले बताउनुभयो ।
बैठकमा प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुनमगर (सिजल), जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढामगर, रोल्पा नगरपालिका नगरप्रमुख पूर्ण केसी, सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगर, लुग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्का, माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनमगर, थबाङ गाउँपालिका अध्यक्ष विरबहादुर घर्तीमगर, त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वली, परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगी, गंगादेव गाउँपालिका अध्यक्ष विरबहादुर खत्री, सुनछहरी गाउँपालिका अध्यक्ष आसबहादुर पुनमगर, रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम घर्तीमगर, गाउँपालिकाका अध्यक्षहरु, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, सचिव हरीप्रसाद घर्तीमगर, नेपाली कांग्रेसका का.वा सभापति किशोर कुमार आचार्य, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख अनिल केसी, खड्कदल गण रोल्पाका प्रमुख सेनानी सुधिर केसी, प्रहरी नायव उपरीक्षक चित्रबहदुर गुरुङ, शसस्त्र प्रहरी कार्यालय रोल्पाका प्रमुख कर्णबहादुर बुढामगर, राष्ट्रिय अनुसन्धान कार्यालय रोल्पाका प्रमुख लक्ष्मण चौधरी, रोल्पाका अस्पतालका प्रमुख धनमाया घर्ती, सडक पूर्वाधार आयोजनाको निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठ, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष विश्वकुमार चन्द, नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापति डी.वी. घर्तीमगर, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, सुरक्षा निकायका प्रमुख, लगायत अन्य सरोकारवालाको सहभागीता रहेको थियो ।

You may also like