विश्व साइकल यात्री मगरलाई रु १ लाख १२ हजार ५ सय आर्थिक र स्वागत कार्यक्रम

मलिसिया– क्वलालुम्पुर
२९ तारिख बिहीबार


विश्व साइकल यात्री नेपाल मगर संघ संस्कृतिक संघको अध्यक्ष कविराज मगरलाई द्दछ तारिखमा (आइतबार) नेपाल मगर संघ मलेसिया र नेपाल आदिवासी जनजाति महासंघ मलेसियले आर्थिक रकम हस्तान्तरण तथा स्वागत कार्यक्रम क्वलालुम्पुरको गोर्खा रेष्टुरेन्टमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रम नेपाल मगर संघ मलेसियाका केन्द्रीय अध्यक्ष पुस्मिता ठाडामगरको सभापति सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि विश्व साइकल यात्री एवं नेपाल मगर सांस्कृति संघको अध्यक्ष कविराज मगर, कार्यक्रमको अतिथिहरु नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको तर्फबाट युवा बुद्धिजीवी, समाजसेवी, नेपाल मगर संघ जोहोर क्षेत्रीय समितिका सल्लाहकार तथा आदिवासी जनजाति महासंघ मलेसियाको कार्यबाहक अध्यक्ष खेम मगर, नेपाल मगर संघ मलेसियाका पूर्व अध्यक्ष, विभिन्न संस्थाका सल्लाकार, ल्च्ल्ब् मलेसियाका पूर्वमहा सचिव सुन्दर आले, नेपाल मगर संघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष वेग आले मगर लगायत नेपाल मगर संघ केन्द्रीय समिति परिवारका पदाधिकारी सदस्यहरु, फोनिज मलेसियाको तर्फबाट आदि दर्जन अनलाइन मिडियाकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता थियो ।
विश्व साइकल यात्री मगरले विश्व भ्रमण गरौँ नयाँ कुरा सिकौं अन्तः आफ्नै मातृभूमिमा फर्कि विकासमा नयाँ आयाम थपौं र भगवान् गौतम वुद्ध नेपालमा जन्मेको ठाउँ अनि नेपाल भ्रमण वर्ष द्दण्द्दण् भन्ने नेपालको राष्ट्रिय उद्धेश्य सहित यात्रामा निस्कुनुभएको हो । कार्यक्रमका वक्ताहरुले विश्व साईकल यात्रा जस्तो साहासिक कार्यको थालनी गर्नुभएकोमा यात्राकोपूर्ण रुपमा सफलताको कामना व्यक्त गर्नुभएको थियो ।

नेपाल मगर सांस्कृतिक संघका अध्यक्ष तथा विश्व साईकल यात्री कविराज मगरलाई स्वागत कार्यक्रम र आर्थिक सहयोगको पहल गर्ने नेपाल मगर सांस्कृतिक संघ जोहोरका अध्यक्ष यामलाल मगरको टिम, क्षेत्रीय कमिटी जोहोर मलेसियाका अध्यक्ष सब मगरको टिम, नेपाल मगर संघ ईकाइ कमिटी जोहोर देशा च्याबरलानका अध्यक्ष क्षेत्रलाल बुढा मगरको टिम, नेपाल आदिवासी जनजाती महासंघ मलेसिया र नेपाल मगर संघ मलेसिया केन्द्रीय समिति परिवार लगायत व्यक्तिगत रुपमा अमूल्य समय र आर्थिक सहयोग गर्नु हुने सबै नेपाली दाजुभाइ र दिदि बहिनीहरुमा आभारी व्यक्त गर्नुभयो ।

नेपाल मगर संघ जोहोर क्षेत्रीय समिति र नेपाल मगर सांस्कृतिक संघ मलेसिया, नेम संघ ईकाइ कमिटी जे.वी च्यामबरलान, नेपाल मगर संघ मलेसिया केन्द्रीय समितिको सक्रिय पहलमा नेपाली रुपैया रु १ लाख १२ हजार ५ सय रकम आर्थिक सहयोग प्रदान गरिएको थियो । कार्यक्रमको नेपाल मगर संघ मलेसियाका अध्यक्ष एगक मिता मगरले सफल्ताको कामना व्यक्त गर्दै समापन गर्नुभयो थियो भने कार्यक्रमको सञ्चालन इश्वर राईले गर्नुभयो ।

You may also like