कोरोना विरुद्ध रोल्पाको प्रवेशद्वार सुनिस्मृति गाउँपालिकाद्वारा विभिन्न कार्यक्रम सञ्चालन

रोल्पा साचारदाता
सुलिचौर, रोल्पा
२०७६ चैत्र ११ गते


विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण विरुद्ध सुनिलस्मृति गाउँपालिकाले विभिन्न सचेतना अभियान अपनाइएको छ । आफ्नो गाउँपालिकामा चेक जाँच नरुन्ञ्जेल प्रवेशमा रोग लगाउने सम्मको निर्ण गरेको छ । आइतबारदेखि सुनिलस्मृति गाउँपालिका रोल्पा जिल्लाको प्रवेशद्वार खुंग्रीको माडीपुलमा खुंग्री पुलनजिकै राखेर रोल्पा जिल्लाको प्रवेश गर्ने यात्रुहरुलाई चेकजाँच गरेको छ ।
सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले आफ्नो गाउँपालिकाबासीलाई रोगका विरुद्धमा एकताबद्ध भएर सामाना गर्नका लागिसबैमा अनुरोध गर्नुभएको छ । रोल्पा जिल्लाको प्रवेशद्वारको रुपमा रहेको गाउँपालिकाले चालेको कदमप्रति सबैले ध्यान दिनका लागि अनुरोध गर्नुभएको छ ।


यसैगरी सुनिलस्मृति गाउँपालिका वडा नं.१ घोडागाउँ, सुनिलस्मृति गाउँपालिका वडा नं.४ को काधधारामामा समेत चेकजाँच गरिएको सुनिलस्मृति गाउँपालिकाका स्वास्थ्य सहसंयोजक सावित्रा थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयोः–‘आफ्ना गाउँपालिकाभित्र आउने सबै नागरिकहरुलाई प्रेवश गर्दा अनिवार्य स्वास्थ्य जाँच गराउनको लागि अनुरोध गरेका छौँ, हामीले भन्दा पनि सचेतता अपनाउनको लागि अनुरोध छ ।” यसैगरी उहाँले नेपालका विभिन्न स्थानमा खोज्दा पनि गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरको सहयोगमा विभिन्न निकायमा समन्वय गर्दा पनि इन्फाइरेट थर्ममिटर नपाइएको गुनासो गर्नुभयो । साथै मास्र्क, लगायत चिकित्सकहरुको टोलीलाई आवश्यक पर्ने सामाग्रीहरु खरिद गर्न खोज्दा पनि अभाग रहेको बताउनुभयो । सुनिलस्मृति गाउँपालिकाले गाउँपालिकाभित्र माइकिङ गर्ने, सहयोगीहातहरुको समूह (सहास) नेपाल, स्ट्रोम फाउण्डेसनको र गाउँपालिको सहकार्यमा जनहितका लागि पम्पलेट वितरण गर्ने लगायतको कार्यहरु गर्ने तयारी रहेको बताउनुभयो । साथै एउटा गाउँपालिका स्तरीय समिति निर्माण गरी अगाडि बढेको समेत जानकारी समेत गाउँपालिकाले गरेको छ ।
सुनिलस्मृति गाउँपालिका भित्र डेस्कहरू खडा गरि त्यहाँ मास्क, सेनिटाईजर (हेण्ड ७ स्प्रे), साबुन र टिस्यू पेपरको स्टक राखेर अगाडि बढेको बताएको छ । सुलिनस्मृति गाउँपालिका वडा नंं ४ का वडा अध्यक्ष गञ्जबहादुर क्षेत्रीले पनि विज्ञप्ती जारी गरी आफ्नो वडानै मुख्य प्रवेश नाकाको रुपमा रहकोले सबेलाई सचेत भएर काम गर्न अनुरोध गर्नुएको छ ।


यसमा स्वयम आफैले सचेतना आफैले आपनाएपछि सहज हुने बताउनुभयो । उहाँले गाउँमा सचेतनाका लागि प्रचार प्रचार, महिला स्वयम सेविकाहरुलाइ परिचालन गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले कोरोना सर्ने तरिकामा–नाकवाट निस्किने सिगानवाट, फोहर हातवाट, राम्रोसंग, नपाकेको मासु, माछा र तरकारीमा–भाईरस प्रभावित विरामी व्यक्तिको सम्पर्कवाट स्वास्थ्यमा सिगान बगी रहनु, घाँटी सुक्नु तथा दुख्नु ,पखाला लाग्नु, वान्ता हुनु, लगातार टाउँको दुख्नु र ज्वरो आउनु, सास फेर्न गाह्रो हुने र असाधारण थकाई लागेमा यसको लक्षण हुन सक्ने बताउँदै तसर्थ यसबाट बच्न साबुन पानीले राम्रो संग हात धुने, खाने कुरो धोई पखाली राम्रोसंग पकाउने, माक्सको प्रयोग गर्ने, भिडभाडमा नजानका र आफू र आफ्नो सम्पर्कमा रहेका व्यक्तिलाई केही शंका लागेमा नजिकको हेल्प डेस्क र स्वास्थ्य संस्थामा गएर तुरुन्त स्वास्थ्य जाँच गराउनको हार्दिक अनुरोध गरेको छ ।

You may also like