दलितहरुको अधिकारका लागि अब कानूनी लडाई लड्नु पर्ने सरोकारवालाहरुको जोड

राेल्पा समाचारदाता

वडचाैर राेल्पा

This image has an empty alt attribute; its file name is lungri-1024x473.jpg


साउन २६ नेपाल दलित मुक्ति मोर्चा लुंग्री गाउँपालिका ४ को वडा स्तरी स्तरीय भेला तथा बैठक तथा प्रशिक्षण कार्यक्रम सोमबार नम्बजामा सम्पन्न भएको छ । भेलाले जातीय विभेदको विरुद्धमा अब व्यवहारिक भन्दा पनि कानूनी लडाईबाट विभेदको विरुद्धमा लाग्ने निर्णय गरेका छन् । बैठकले आगामी लुंग्रीगाउँपालिका भित्र हुने जातीय छुवाछुत विभेदका विरुद्धमा सामूहिक आवाज उठाउने विभेदका विरद्धमा लडिरहेका सम्पूर्ण सम्पूर्ण सामाजिक संघ संस्थाहरुलाई साथमा लिएर लडाईमा लाग्नेसमेत प्रतिवद्धता व्यक्त गरेका छन् । साथै अब अधिकारका लागि सम्झौता होइन कानूनी बाटो अबलम्बन गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा (माओवादी केन्द्र) का लुंग्री गाउँपालिका इन्चार्ज तुलाराम खड्काले नेपालमा जातीय मुक्तिका लागि आफ्नो पार्टी नेकपा (माओवादी)ले जनयुद्धकालदेखि नै निरन्तर प्रयास गरिरहेकोले हाल उपलब्धी भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि निरन्तर रुपमा उत्पीडित समुदायको मुक्तिका लागि निरन्तर लडि रहने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो । दलित समुदायहरुलाई नेकपा (माओवादी केन्द्र) मै गोलबन्द भई अगाडि बढ्नका लागि अपिल गर्नुभयो ।


यस्तै कार्यक्रमका बिशिष्ट अतिथि प्रेस संगठन नेपाल, लुम्बिनी प्रदेशका संयोजक एवं अधिकारकर्मी मानसिंहले दलित समुदायको हकहितका लागि १० वर्षे जनयुद्ध एउटा युगान्तकारी समय भएको बताउँदै त्यसैको जगमा आज जातीय मुक्ति आन्दोलन अगाडि बढेको बताउनुभयो । उहाँले दलित समुदायलाई अग्राधिकार र विशेषाधिकारको व्यवस्था गरी अगाडि बढाउने संविधान २०७२ले व्यवस्थान गरेको र जातीय उत्पीडन गर्नेहरुलाई कानून उपचार गर्न सकिने बताउँदै अब चुप लागेर बस्न नहुने बताउनुभयो । गाउँमा हुने भोजभटेर पुजापाठ लगायतका स्थानमा जातीय विभेदका रोक्न वडा सरकारले समन्वय गर्न आग्रह समेत गर्नुभयो ।

This image has an empty alt attribute; its file name is rolpa-samachar.jpg

कार्यक्रममा लुंग्री गाउँपलिका कार्यपालिका सदस्य टेकबहादुर विक, नेपाल दलित मुक्ति मोर्चा लुंग्री गाउँपालिका अध्यक्ष घनश्याम विक, नेकपा माओवादी केन्द्रका नेता शनी, लुंग्री गाउँपालिका वडा नं. ४ का वडा सदस्य मैसरा विक, नेकपा (माओवादी केन्द्र) लुंग्री गाउँपालिका सदस्य देवेन्द्र रोका, अधिकारकर्मी उजिराम सुनार, वाइसिएल रोल्पा जिल्ला समिति सदस्य निराजन खड्का, बालव्योति आधारभूत विद्यालय प्र.अ. दर्शनलाल सुनार, अधिकारकर्मी विशा सुनार लगायतको आतिथ्यता रहेको थियो । बोल्ने बक्ताहरुले अधिकार मागेर भन्दा पनि खोसेर प्राप्त हुने भन्दै अधिकारका लागि लड्न आवश्यक रहेको बताउनुभयो ।
बैठकले वडामाा हुने विहे ब्रतबन्ध लगायतमा भान्सा एउटै सञ्चालन गर्ने, वडाको हरेक मन्दिरमा पुजा गर्दा समान तरिकाले गर्नुपर्ने, हरेक निकाकायमा प्रतिनिधित्व गराउँदा समावेशी हिसावले अग्रभागमा गराउनु पर्ने लगायतको माग रोको छ । आगामी निर्वाचनमा दलित समुदायको नेतृत्वको लागि पहल तथा सहजीकरण गर्ने लगायतको निर्णय गरेको छ । वडापालिकाभित्रका विभिन्न टोलबाट आएका समुदायको सहभागितमा कार्यक्रम सम्पन्न भएको थियो । नेपाल दलित मुक्ति मोर्चा वडा नं. ४ का वडा अध्यक्ष भरत सुनारको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन अजय विश्वकर्माले गर्नुभएको थियो भने स्वागत गायत्री विश्वकर्माले गर्नुभएको थियो ।

You may also like