दिलबहादुर बहादुर बचाउनका लागि योङ कम्युनिष्ट लिग नेपाल रोल्पाले ५ लाख ७८ हजार हस्तातरण सहित ६५ लाख ब्लडमनि जम्मा कुतनैतिक पहल उर्जा मन्त्री पुनमगरले गर्ने प्रतिवद्धता

दिलबहादुर बहादुर बचाउनका लागि योङ कम्युनिष्ट लिग नेपाल रोल्पाले ५ लाख ७८ हजार हस्तातरण सहित ६५ लाख ब्लडमनि जम्मा कुतनैतिक पहल उर्जा मन्त्री पुनमगरले गर्ने प्रतिवद्धता

मानसिंह विश्वकर्मा
२०७५ साउन १८
साउदी अवरमा मृत्यु दण्डको पर्खाइमा रहेका दिलबहादुर घर्तीमगर अब नेपाल फर्किने पक्का भएको छ । विहीबार योङ कम्युनिष्ट लिग नेपाल रोल्पा जिल्ला समितिले शुरुवात गरको दिलबहादुर बचाआँै अभियान अन्तर्गत गरेको ५ लाख ७८ हजार उर्जा, जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगर ‘अनन्त’ मार्फत सहयोग रकम दिलबहादुर घर्तीमगरका श्रीमति मनिका बुढामगर र मूल आयोजक समितिलाई हस्तातरण गरेको छ ।


विहीबार उर्जा, जलस्रोत तथा सिचार्ई मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी हस्तारण गरेको हो । योङ कम्युनिष्ट लिग रोल्पाले रोल्पा नगरपालिका–१० धबाङ निबासी दिलबहादुर घर्तीलाई स्वदेश नेपाल फर्काउनका लागि देशव्यापि रुपमा नै विभिन्न निकायहरुको पहलमा अर्थिक संयोग संकलन अभियानका विभिन्न सरोकारवालासँग सहयोग संकलन गरेको थियो । दिलबहादुर घर्ती साउदी अरबको (ल्लकभम ब्।िम्ष्बदबजष् अयलनभचष्लन बलम भ्कत च्ष्थबमल) कम्पनीमा कार्यरहत थिए । घर्तीले ड्राइभिङ गरिरहेको समयमा सडक दुर्घटना हुँदा सोही देशमा नागरिकको मृत्यु हुँदा जेल जीवन बिताउन बाध्य छन् । जेल जीवन बिताइरहेको समयमा नै साउदी अदालतले घर्तीको ७५ प्रतिशत गल्ती देखाउँदै अदालतले २,२५,००० (६५लाख नेपाली) रकम मृतक परिवारलाई क्षतिपूर्ति रकम नबुझाएको खण्डमा मृत्युदण्डको पीडामा छट्पटाइरहेको समयमा विभिन्न निकायहरुबाट दिलबहादुर बचाआँै अभियान अन्तर्गत आर्थिक संकलन भइरहेका छन् । दिलबहादुर बचाआँै अभियान मूल आयोजक समिति, योङ कम्युनिष्ट लिग नेपाल रोल्पा, अन्तराष्ट्रिय सेवा रोल्पाली सेवा समिति, रोल्पा उद्योग वाणिज्य संघ लगायतले सहयोग संकलन गरिहेका छन् ।
कार्यक्रममा बोल्दै उर्जा, जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगरले यो कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै भन्नुभयोः“यदी हामीले योजना बनाएमा जस्तो सुकै असम्भव जस्तै देखिएको काम पनि सम्पन्न गर्न सकिन्छ यो अभियान शुरुमा सबैलाई कठिन हुन्छ झै लागेको थियो तर हाल सम्भव भयो त्यसैले अब दिलबहादुर घर्तीमगरलाई बचाउन सकिने भएको छ, धन्यवाद छ ।’ अब सबैको सहयोगमा आर्थिक अभियान पुरा भएकोमा खुशी व्यक्त गर्दै भन्नुभयोः–“आर्थिक अभियान पुरा भएको करिव करिव पुरा भएको छ अब कुतनैतिक पहल गरि छिटो नेपाल फकाउने मेरो पनि पहल हुनेछ । ”


योग कम्युनिष्ट लिग नेपाल रोल्पा जिल्लाका अध्यक्ष एवं केन्द्रीय सचिवालय सदस्य रितमान पुनमगरको पहलमा अभियान सञ्चालन गरिएको थियो । अब रकम संकलन अभियानको क्रम अन्तिम चरणमा पुगेपछि हस्तारण गरिएको हो । अभियानको क्रममा ५ लाख ७८ हजार रुपैया दिलबहादुर बचाआँै अभियानको ग्लोवल बैंक रोल्पा शाखामा जम्मा भएको र त्यसलाई मन्त्री पुनद्वारा हस्तारण गरिएको बताउँदै सबै सहयोगी मनहरुलाई हार्दिक धन्यवाद दिनुभयो । उहाँले रोल्पा जिल्लामा रहनुभएका र रोल्पा जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने जनप्रतिधि, निर्माण व्यवसायी, उद्योगी, व्यापारी, पत्रकार नागरिक समाजहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै दिलबहादुर बचाआँै अभियान मूल समारोह समितिका अध्यक्ष दिपेश कुमार पुनमगरले आफूहरुले सञ्चालन गरेको अभियानमा सबै देश विदेशमा रहुनु भएका सहयोगदाताहरुलाई धन्यवाद दिनुभयो । उहाँले अब करिव ६५ लाख रुपैया संकलन भइ सकेको र अब अभियानलाई कुटनैतिक तरिकाले हल गर्न मात्रै वाँकी रहेको बताउनुभयो ।
यस्तै अभियानको क्रममा आफ्नो श्रीमान नेपाल र घर फर्किने बताउँदै अब सबै सहयोगी मनहरुलाई धन्यवाद दिदैै आफ्नो श्रीमानको उद्धार गर्ने सबै सहयोगीहरुलाई कहिल्यै पनि विर्ष नसक्ने बताउनुभयो ।
अभियानमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीयतह, जनप्रतिनिधी, विभिन्न सँस्था, विदेशमा रहनुभएका विभिन्न सामाजिक संघ संगठनहहरुले समेत सहयोग संकलन गरेका थिए । दिलबहादुर बचाआँै अभियानमा अब कुतनैतिक पहल गरी नेपाल फर्काउनको लागि पहल गरेमा मात्रै हामीले गरेको पहल सकरात्मक एवं सार्थक पाउनेछ । यो अभियान जबसम्म दिलबहादुर घर फर्किने छन् तव अभियानको लक्ष्य पुरा हुनेछ ।  

You may also like