नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपालिकामा वडा कमिटी गठन अभियान तीव्र

चन्द्र रोका मगर
सिर्प–रोल्पा
भाद्र ११ गते


नेपाल कम्युनिष्ट पार्टी लुङ्ग्री गाउँपालिका–२ सिर्प रोल्पाको वडा कमिटी आज गठन भएको छ । कमिटीले पूर्णतासँगै पार्टीको गतिवधिहरुले तीव्र रुपमा अगाडि बढाउन सहज बन्ने भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्लाको अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, विशिष्ट अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्लाको सचिव हरी प्रसाद घर्तीमगर, जिल्ला सदस्य तुलाराम खड्का, जिल्ला समन्वय समिति रोल्पाको सदस्य मिना पुन, अतिथिहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला सदस्य भिमबहादुर जि.सी, दिलबहादुर पुनमगर, दोरबहादुर पुनमगर, लुङ्ग्री गाउँपालिका कार्यपालिका सदस्य टेकबहादुर सुनार, लुङ्ग्री गाउँपालिका–३ नं. वडा अध्यक्ष नेमबहादुर खड्का, सोही गाउँपालिका ४ नं. वडा अध्यक्ष शिव प्रसाद के.सी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपालिका–४ वडा कमिटी प्रस्तावित अध्यक्ष वीरबल खड्का लगायतका अतिथिहरुले समसामयिक राजनीतिक, पार्टीको प्रशिक्षण गर्नुभएको थियो । । मुक्तबहादुर जि.सी.को अध्यक्षताम २९ सदस्य वडा कमिटी गठन भएको छ ।

जसमा सचिव गिरबहादुर खड्का, सदस्यहरु चन्दी बि.क, मनबहादुर खड्का, शैलेन्द्र जि.सी, लालबहादुर थापा, चामबहादुर खड्का, केशमाला परियार, रुकमति खड्का, हिमबहादुर जि.सी, चुमान खड्का, कुलमान खत्री, दुर्गे बानिया, हरिकला दमाई, श्यामलाल बि.सी, लालु खड्का, मनबहादुर बि.क, चामे खत्री, मोतिलाल खत्री, बालाराम खड्का, नेमलाल पुन, श्याम के.सी, बालाराम थापा, रेगम जि.सी, गोपाल घर्ती क्षेत्री, पिर्केश बि.क, बालाराम बि.क, ओमबहादुर बि.क र दीपक खड्कालाई वडा कमिटीमा चयन हुनुभएको छ । कार्यक्रममा स्वतन्त्रताबाट ४ जना , राप्रपाबाट ३ जना र नेपाली काँग्रेस पार्टीबाट २१ जनाले पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । पार्टी परित्याग गरी पार्टी प्रवेश गर्नेहरुलाई कार्यक्रमको प्रमुख अतिथि एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, विशिष्ट अतिथि एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला सचिव हरी प्रसाद घर्तीमगर लगायतका अतिथिहरुले फुलमाला अविरल्यापन गरी स्वागत गर्नुभएको थियो । साथै कार्यक्रममा जनबहादुर जि.सी.को संयोजकत्वमा ९ सदस्यीय वडा कमिटी सल्लाकार कमिटी समेत गठन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपालिका रोल्पा कमिटी अध्यक्ष पर्शुराम घर्तीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गाउँपालिका कमिटी सचिव खिमबहादुर के.सी.ले गर्नुभएको थियो ।

You may also like