गंगादेव गाउँपालिकामा ८ जना कोरोना पुष्टि, गाउँपालिका एक हप्ता सिल

गंगादेव गाउँपालिकामा ८ जना कोरोना पुष्टि, गाउँपालिका एक हप्ता सिल
असोज ४ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is k3-1024x683.jpg


रोल्पाको गंगादेव गाउँपालिकाले ८ जना कोरोना संक्रमित भएपछि आज बिहान १०ः०० बजेदेखि लागू हुने गरी एक हप्तासम्म गाउँपालिका सिल गरेको छ ।
गाउँपालिकाबाट ३५ जनाको राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परीक्षणमा ८ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो । कोरोना संक्रमितमध्ये २ नं. वडाका १८ वर्ष र २२ वर्षका पुरुष, ४ नं. वडाका २८, ३२ वर्षका पुरुष र २२ वर्षका महिला, ५ नं. वडाका ४५ वर्षका पुरुष, ७ नं. वडाका ३९ वर्षका महिला र ४७ वर्षका पुरुषलाई कोरोना रिपोर्ट पोजिटिभ देखिएको गाउँपालिका प्रेस संयोजक अशोक ‘परिवर्तन’वलीले बताउनुभयो । संक्रमित व्यक्तिहरु छिमेकी मुलक भारतबाट घर फर्किएका हुन् भने ७ नं. वडाका २ जना कोरोना संक्रमितको सम्पर्कमा आएका थिए । संक्रमित ८ जनालाई अस्थायी आइसुलेन केन्द्र लिबाङ पठाउने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख त्रिभुवन सिंह घर्तीले बताउनुभयो । गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, गैर सरकारी संघ संस्थाहरु, बैंक, वित्तिय संस्था तथा सहकारी, विद्यालयहरु, बजार क्षेत्र, धार्मिक स्थाल, सार्वजनिक क्षेत्रहरु पूर्ण रुपमा बन्द, सवारी साधान आवतजावत, विभिन्न कार्यक्रम, बैठक, भेला जस्ता कार्यक्रमहरु पूर्ण रुपमा बन्द, एक घरबाट अर्काे घर र एक वडाबाट अर्काे वडामा आवतजावत गाउँपालिपकाले सिल अवधिभर पूर्ण रुपमा बन्द गरेको कार्यबाहक अध्यक्ष जलेश कुमार के.सी.ले जानकारी दिनुभयो ।

You may also like