कविता

कविता
बुबाको फोटो

प्रेम प्रकाश थापा
गंगादेव गाउँपालिका–४ पाखापानी, रोल्पा
।।।

सम्झे आज बुबाको मुख हेर्ने दिन,
सोधे टीका लगाई दिन्छु है बाबा ?
अँह ! म त फोटो हेरिरहेछु ।
सम्झे बुबाको जन्मदिन,
सोधेँ जन्मदिन कसरी मनाउने बाबा ?
अँह ! म त फोटो हेरिरहेछु ।
सम्झे पारिवारिक कुरा,
सोधेँ किन दुःख दिएका बाबा ?
अँह ! म त फोटो हेरिरहेछु ।
सम्झे जनयुद्वको कुरा,
सोधेँ कति दुःख भोग्नु भा थियो बाबा ?
अँह ! म त फोटो हेरिरहेछु ।
सम्झे सँगसँगै हिडेको,
सोधेँ तपाईसँग सधैँ हिड्छु है बाबा ?
अँह ! म त फोटो हेरिरहेछु ।
सम्झेँसँगै कुरा गरेको,
सोधेँ सबैको प्रिय कसरी बन्ने बाबा ?
अँह ! म त फोटो हेरिरहेछ ु।
सम्झेँ विद्यालयमा प्रथम भएको,
सोधेँ अब के पढ्ने बाबा ?
अँह ! म त फोटो हेरिरहेछु ।
सम्झेँ मांसाहारी मान्छेहरू,
सोधेँ तिनिहरुले किन त्यस्तो गरेका बाबा ?
अँह! म त फोटो हेरिरहेछु ।

You may also like