पुत्लाचौरमा सहिद स्मृति प्रथम मार्शल आर्टस् हाप्किडो राष्ट्रिय प्रतियोगता आयोजना

भाद्र ९ गते
लिबाङ–रोल्पा


रोल्पा मार्शल आर्टस् हाप्किडो संघ रोल्पाले सोमबार लिबाङमा पत्रकार सम्मेलन मार्फत सहिद स्मृति प्रथम मार्शल आर्टस् हाप्किडो राष्ट्रिय प्रतिथियोगिता–२०७६ आयोजना गरेको सर्वाजनिक गरेको हो । प्रतियोगिताले जिल्लालाई राष्ट्रिय स्तरमा थप परिचित गर्नेभएको छ ।
उक्त प्रतितियोगिता नेपाल मार्शल आर्टस् हाप्किडो संघको हयोगार्थमा संघको केन्द्रीय वार्षिक कार्यक्रम अनुसार २०७६ साल कार्तिक महिनाको १ र २ गतेसम्म “स्वास्थ्यका लागि खेलकुदन, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नारा सहित परिवर्तन गाउँपालिका केन्द्र पुत्लाचौरमा  आयोजना गरिएको कार्यक्रम कार्यक्रम संयोजक यमुना घर्तीमगरले बताउनुभयो ।

सातै ओटा प्रदेश र आयोजकबाट १६÷१६ जना खेलाडी छनौट भई प्रतियोगितामा सहभागि बन्ने घर्तीमगरले बताउनुभयो । प्रतियोगितामा सात प्रदेशबाट छनौट भएका ११२ जना प्रतिस्र्पधी खेलाडी, आयोजनक १६ जना, निर्णायक (राष्ट्रि तथा अन्तर्राष्ट्रिय) ३० जना, संघ प्रतिनिधि १५ जना, स्वयसेवक ३० जना गरी जम्मा २०३ जनाको सहभागिता रहने कार्यक्रम संयोजक घर्तीमगरले बताउनुभयो । प्रतियोगतामा सहभागि बन्ने पुरुष तर्फको तौल समूह ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५ र ६५–७० निर्धारण आयोजकले गरेको छ भने महिला तर्फको तौल समूह ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५ र ६५–७० तौल समूहका खेलाडीहरु सहभागित बन्दै छन् । प्रतियोगितामा विजय खेलाडीलाई प्राप्त गर्ने पदकहरु स्वर्ण पदक १६ ओटा, रजत पदक १६ ओटा, काश्य पदक ३२ ओटा गरी ६४ ओटा पदक रहेका छन् भने ट्रफि संख्या टिम प्रथम एक, टिम द्वितीय एक, टिम तृतीय एक, पुरुष तर्फ उत्कृष्टि खेलाडी एक, महिला तर्फको उत्कृष्टि खेलाडी एक, उद्यमान खेलाडी एक, अनुशासित टिमटतर्फ एक, जुरीतर्फ १०, रेफ्रितर्फ ३०, मायाको चिन्नो १ सय जनालाई व्यवस्था गरेको छ । साथै प्रतियोगितामा उत्कृष्टि खेलाडी, उद्यमान खेलाडी, प्रशिक्षक र निर्णायक प्रत्येक व्यक्तिहरुलाई रु १० हजार र प्रतियोगितमा प्रथम, द्वितीय र तृतीयलाई आकर्षक ट्रफ्री, प्रमाण पत्र तथा नगद पुरस्कारको समेत व्यवस्था गरिएको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । दुईसम्म सञ्चालित प्रतियोगिता सम्पन्नसम्म नगद खर्च रु २५ लाख ७० हजार ७१० रमक खर्च हुने आयोजकले अनुमान गरेको छ ।

सोही रकमको ५० प्रतिशत परिवर्तन गाउँपालिका कार्यालय रोल्पाको सहयोग गर्दै छ भने बाँकी रकम जिल्लाका अन्य गाउँपालिका र सहयोगी निकायहरुसँग समन्वय सहकार्यबाट नै संकलन गर्ने कार्यक्रम संयोजक यमुना घर्तीमगरले बताउनुभयो । घर्तीमगरले पत्रकार सम्मेलनमा भन्नुभयो–“रोल्पा जिल्लामा राष्ट्रिय स्तरको मार्सल आर्टस् हाप्किडो प्रतियोगिता आयोजना हुनु भनेको जिल्लाकै गौरवको विषय भएकोले यो प्रतियोगिता सम्पन्नका लागि सक्दो सहयोगका लागि म अनुरोध गर्दछु ।”

घर्तीमगरले यस जिल्लामा खेलकुद क्षेत्रमा नयाँ पुस्ताहरुले सक्रियता देखाउँदै छौं भने यो संक्रियतमा जिल्लाका सरोकारवाल निकाय लगायत जिल्लाबासीहरुको थप सक्रिय भूमिकाको आवश्यक पर्ने आवश्यकता औल्याउनुभयो । प्रतियोगिता आयोजना ठाउँमा प्रतियोगिताका लागि संरचना सबै तयार छ कि छैन भनि पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा कार्यक्रम संयोजक घर्तीमगरले हो जिल्लाको सदरमुकाम लिबाङ, सुलिचौर, होलेरी, घर्तीगाँउ लगायत बाजर क्षेत्रको तुलनामा परिवर्तन गाउँपालिकाको पुत्लाचौरको यो प्रतियागिता सम्पन्नमा केही समस्या र चुनौती त होलान् तर आयोजकले व्यवस्थापकीय दृष्टिकोणले प्रभावकारी व्यवस्थापन गर्ने प्रयत्न गर्द छौं भने यसमा थप सहयोगका लागि सबैलाई घर्तीमगरले अनुरोध गर्नुभयो । पछिल्लो समयमा नयाँ पुस्ता खेलाडीहरुले रोल्पामा जिल्लामा खेलकुद क्षेत्रको विकासमा सक्रिय देखाउँदै आएका छन् । यस सक्रियतमा जिल्लाका स्थानीयतह, सरोकारवाला निकाय लगायत समग्रमा जिल्लाबासीहरुको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोगी भूमिका निर्वाह गर्न सकेयौं भने पक्कै पनि जिल्लामा मार्सल आर्टस् हाप्किडो लगायत अन्य खेलकुदका खेलाडीहरुलाई अगाडि बढ्न सहज वातावरण सिर्जना हुन सक्छ ।

You may also like