नेपाल रेडक्रस सोसाइटीद्वारा रोल्पा अस्पताल र स्वास्थ्य कार्यालय राेल्पालाई स्वास्थ्य सामाग्री प्रदान

नेपाल रेडक्रस सोसाइटीद्वारा रोल्पा अस्पताल र स्वास्थ्य कार्यालय राेल्पालाई स्वास्थ्य सामाग्री प्रदान


This image has an empty alt attribute; its file name is r1-1.jpg

६ गते असोज ।
नेपाल रेडक्रस सोसाइटीद्वारा विपद्मा गर्भवती तथा सुत्केरी स्याहारका लागि आज रोल्पा अस्पताल रेउघा र स्वास्थ्य कार्यालय रोल्पाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । अस्पताललाई गर्भवती तथा सुत्केरी स्याहारमा सहयोग पुग्ने भएको छ ।
उक्त स्वास्थ्य सामग्री जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढामगरले रोल्पा अस्पतालका डाक्टर प्रकाश बुढा र स्वास्थ्य कार्यालय रोल्पाका परिवार नियोजन शाखा अधिकृत कुमार थापालाई हस्तारण गर्नुभएको हो । अस्पतालमा गर्भवती तथा सुत्केरी स्याहारका लागि हामीलाई धेरै आवश्यक पर्ने सामग्रीहरू खरिद गर्न खोज्दा पनि पाइदैन उहाँले नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको स्वास्थ्य सामग्रीले विपद्मा गर्भवती तथा सुत्केरी स्याहारमा आवश्यक पर्ने सामग्री उपलब्ध भएको भन्दै खुसी व्यक्त गर्नुभयो । अस्पतालमा विपद्मा गर्भवती तथा सुत्केरी स्याहारमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

अस्पताललाई प्रदान भएको स्वास्थ्य सामग्रीलाई विपद्मा गर्भवती तथा सुत्केरीको स्याहारमा सदुपयोग गर्ने प्रतिवद्वता समेत उहाँले व्यक्त गर्नुभयो । अस्पतालाई गर्भवती तथा गर्भवती स्याहारका लागि आगामी दिनमा पनि थप आवश्यक पर्ने भएकोले थप व्यवस्थापनको लागि उहाँले नेपाल रेडक्रस सोसाइटीलाई उहाँले अनुरोध गर्नुभयो ।
रेडक्रसले यु.एन.एफ.पिए.को सहयोगमा जिल्लाको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्र र होलेरी प्राथमिक स्वास्थ्य केन्द्रलाई समेत विपद्मा गर्भवती तथा सुत्केरी स्याहारका लागि स्वास्थ्य सामग्री प्रदान गरेको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय कार्यक्रम संयोजक सविन अधिकारीले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is r2-1.jpg

जिल्लाका अन्य स्वास्थ्य चौकीहरुमा पनि सामग्री आवश्यक परेको खण्डमा नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गर्नका लागि उहाँले अनुरोध गर्नुभयो । रोल्पा जिल्ला शाखाका सभापतिले स्वास्थ्य सामग्री हस्तारण कार्यक्रममा सहभागीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा रोल्पा शाखाका उप सभापति टिका कुमारी बुढामगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगर, संस्थापक अध्यक्ष काशिराम डाँगी, पत्रकार माधव कुमार वली, स्वास्थ्यकर्मी लगायत सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

You may also like