सडक दुर्घटना नियन्त्रणमा सरोकारवाला निकाय र आम नागरिककाे सक्रिय भुमिका अपरिहार्य छः ट्राफिक प्रहरी सहायक निरीक्षक विक्रिम बि.क.

सडक दुर्घटना नियन्त्रणमा सरोकारवाला निकाय र आम नागरिककाे सक्रिय भुमिका अपरिहार्य छः ट्राफिक प्रहरी सहायक निरीक्षक विक्रिम बि.क.

This image has an empty alt attribute; its file name is t6.jpg

नेपालीहरुको महान चाडवर्प वडादशैं, दिपावली, छठ पर्व लगायतका अन्य विभिन्न ठूला चाडपर्वहरूको समय नजकिदै गर्दा यातायातका सधानहरू र मानिसहरुको चहलपहल बढ्दो क्रममा छ । चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला ट्राफिक कार्यालय रोल्पाले विभिन्न योजना सहित सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । चाडवर्पको समयमा सवारी दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक कार्यालयले सञ्चालन गर्दै आएका गतिविधि लगायतका विषयवस्तुमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको उप सम्पादक रेशम बि.क.ले जिल्ला ट्राफिक कार्यालय रोल्पाका प्रमुख प्रहरी सहायक निरीक्षक विक्रम बि.क.सँग गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।
 पत्रिकाको तर्फबाट हार्दिक स्वागत छ ।
धन्यवाद ।
कुन कार्यमा व्यवस्त हुनुहुन्छ ?
ट्राफिक व्यवस्थापन र सवारी दुर्घटनाको रोकथाम नियन्त्रण सर्वसाधरणलाई सरल एवम सुलभ ढंगबाट यातायात सेवा उपब्ध गराउन सम्बन्धित निकायहरुसँग समन्वय तथा जनचेतनामुलक कार्यक्रमहरुमा व्यवस्त छु ।
 जिल्लामा ट्राफिक अवस्थालाई कसरी नियाल्नुभएको छ ?
जिल्लामा ट्राफिक व्यवस्थापनका सन्दर्भमा हाल सवारी तथा यातायात सेवालाई प्रभाकारी रुपमा सञ्चालन गर्नका लागि ट्राफिक प्रहरीले गर्नुपर्ने सम्पूर्ण दायित्व र जिम्मेवारीहरुलाई एक अवसर र चुनौति दुवै रुपमा ग्रहण गर्दै यातायात सेवालाई पहुँच योग, सरल र सर्वसुलभ रुपमा उपलब्ध गराउनको लागि रोल्पा जिल्लाभित्र र बाहिर हुने सवारी आगामनलाई चुस्त, दुरुस्त राख्न जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको तर्फबाट हुने सम्पूर्ण सेवा प्रवाहका कुराहरुमा मैले विशेष कुराहरुमा ध्यान दिँदै आइरहेको छु ।
चाडपर्वलाई मध्यनजर गर्दै कार्यालयबाट कस्ता योजनाहरू तय भएका छन् ?
नेपालीहरुको चाडपर्वहरुमध्ये ठूला चडपर्वहरू वडादशैं, दिपावली र छठ लगायतका चडपर्वहरुलाई मध्यनजर गर्दै जिल्ला ट्राफिक कार्यालय रोल्पाले आन्तरिक सुरक्षा योजना तय गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्दै आइरहेको छ । नेपालीहरुको महान चाड विजय दशमी, दिपावली तथा छठको समयमा मानिसहरुको आवागमन बढ्ने सवारी सधानहरुमा यात्रुको चाप बढ्ने भएकोले महिला, बालबालिका, जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरू समेतमा असहज हुन सक्ने, निर्धारितभन्दा बढी भाडा लिने, दोहोरो टिकट बिक्री गर्ने, क्षमताभन्दा बढी यात्रु राख्नी सवारी सधानहरुको अवस्था प्रतिस्पर्धा हुन गई सवारी दुर्घटना समेत बढ्न सक्ने र विश्वमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणलाई विशेष ध्यान दिँदै चाडपर्वको समयमा यात्रुलाई आवश्यक सहयोग एवम् सहजता पु¥याउन सक्ने गरी हामीले विेशेष गरी बसपार्क, बस बिसौनी लगायत अन्य उपयुक्त स्थानहरुको छनौट गरी सुरीक्षत काम अगाडि बढाएका छौं । ट्राफिक प्रहरी कार्यालयबाट चाडवर्पको अवसरमा यात्रुहरुको चाप, सवारी, सधानका चाप, माल सामान किनमेलका लागि बजार क्षेत्रमा मानिसहरू तथा सवारी सधानहरुको बढी भिडभाड हुने र ग्रामीण क्षेत्रका कच्चिा सडकहरुमा समेत यात्रुहरुको चाप बढ्ने हुँदा हामीले निम्ति लिखितका बुदाहरुलाई विशेष ध्यान दिई कार्य गर्दै आएका छौं, जसमा लामो दुरीका सवारी साधनहरुमा क्षमताभन्दा बढी यात्रु राख्ने हुँदा सम्भावित सवारी दुर्घटना भई ठूलो धनजनको क्षति हुन सक्ने, चाडपर्वको समयमा यात्रुको चाप सामान्य यात्रु ठगिन सक्ने, चाडपर्वको vvip/vip सवारी सधान आवागमन बढी हुने, मुख्य/मुख्य धार्मिक स्थलहरुमा तिर्थ यात्रीहरुको चापसँगै सवारी साधनको पनि चाप हुन सक्ने, मानिसहरू शहर बजारबाट चाडपर्व मनाउन गाउँ/गाउँ फर्किने हुँदा घरमा राखी छाडिएका सवारी साधनहरू चोरी हुन सक्ने, राजमार्ग क्षेत्रमा चोरी डकैति हुन सक्ने, चाडपर्वके समयमा विद्यालय तथा कलेजहरू विदा हुने हुँदा विद्यार्थीहरुले सडकमा सवारी सिक्ने र सिकाइने कार्यबाट सवारी दुर्घटना हुन सक्ने, ग्रामीण क्षेत्रका सडकहरुमा यात्रु बढी सवारी सधान कम हुने हँुँदा सम्भावित दुर्घटना वृद्धि हुन सक्ने, चाडपर्वको नाममा मादक पदार्थ सेवन गरी सवारी चलाउँदा सवारी दृर्घटनाहरू हुन सक्ने, विदाको समयमा नीजि प्रयोजनका लागि सरकारी सवारी सधान प्रयोग हुन सक्ने, धार्मिक स्थल, मठ मन्दिरमा दर्शनाथिहरुको भिडभाड तथा मेला लाग्ने हुँदा त्यस्ता स्थानहरुमा पार्किङ तथा डाइर्भसनको समस्या हुन सक्ने ।
माथि उल्लेखित कुराहरुलाई मध्यनजर गर्दै हामीले निम्नि कार्य विवरणहरू तयार गरी सुरक्षा योजना तय गरेका छौं, जसमा बासपार्कहरुमा यात्रु सहायता कक्ष स्थापना, आर्थिक शुन्य सहनशिलतालाई अक्षरह कार्यान्वयन गर्ने गराउने, लामो दुरीको चल्ने यात्रु बाहक सवारी साधनमा अनिवार्य २ जना चालकको व्यवस्था, यात्रु बाहक सवारी साधनको हुत, क्याभिनमा मानिसहरू तथा व्यापारीक प्रयोजनका लागि सामानहरू राख्न नदिने, तीव्र गतिमा सवारी साधान चलाउन नदिने, भाडादर यातायात सवारीमा टाँस्ने लगाउने, तोकिएकोभन्दा बढी भाडा असुल गरी यात्रु ठगिने, ओभर लोड तथा तीव्र गतिमा सवारी चलाउने, यात्रुहरुको चाप अनुसार सवारी साधन थप सञ्चालन, कोरोना भाइरस सम्बन्धित स्वास्थ्य मापदण्ड पालना गरी ट्राफिक सचेतनाकुलक कार्यक्रम गर्ने, ट्राफिक सचेतनामुलक, ट्राफिक संकेत वोर्डहरू राख्ने, सवारी साधन चोरी हुने र दराउने सक्ने सम्बन्धमा । यस जिल्लामा ट्राफिक प्रहरी कार्यालयले सम्पूर्ण साधन स्रोत, ट्राफिक प्रहरी जनशक्ति परिचालन गरी प्रभावकारी ट्राफिक व्यवस्थापन मिलाउने र जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकीहरुसँग समन्वय गरी आवश्यकता अनुसार जनशक्ति परिचालन गर्ने गराउँदै आएका छौं । साथै प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न यस जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पा मातहतका कार्यालयहरू अस्थायी ट्राफिक प्रहरी पोस्ट सुलिचौर, घर्तिगाउँ, होलेरी, दारबोटलाई आवश्यक निर्देशन दिने । सम्पादन भएका काम कारवाहीको यस कार्यालयबाट नियमित अनुगमन मुल्याङ्कन गरी तालुक कार्यालयमा जाहेर गर्ने कार्य गर्दै आएका छौं ।
 ट्राफिक नियम सम्बन्धि बताइदिनुहोस्, न ?
ट्राफिक नियम भन्नाले सडक वा बाटो प्रयोग कर्ताले पालना गर्ने सम्पूर्ण नियमहरू नै ट्राफिक नियमहरू हुन् । सडकमा चल्ने सवारी साधन, पैदल यात्रुहरुले सडकको वा बाटोको सही तरिकाले प्रयोग गर्नै जानेको खण्डमा धनजनको क्षति, मानवीय क्षतिबाट बच्न सकिन्छ । सडकको दायाँ किनाराबाट मात्र पैदल यात्रु हिड्ने, जेब्रा क्रसिङबाट मात्रै बाटो क्रस गर्ने, सावरी सधानहरुले लेन अनुशासन पालना गर्ने, सहि र सुरक्षित स्थानबाट ओभरट्याक गर्ने, बसपार्क, बस बिसौनीहरुमा मात्र पार्किङ गर्ने विशेष प्राथमिकताका सवारी सवारी सधानहरू जस्तै एम्बुलेन्स, दम्कल, सेनाका ग सुरक्षा निकायका सवारी साधन, विशिष्ट व्यक्तिका सवारी सधान, शव बाहन इत्यादिलाई प्राथमिकता दिने कुराहरू ट्राफिक नियम अन्तरगत पर्दछन् ।
 कुन–कुन कार्य उलङ्घन गरेको खण्डमा ट्राफिकले कारवाहीको दायरामा ल्याउँछ ?
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ले यातायात नियन्त्रण वा प्रहरीले तत्काल सजा गर्न सक्ने गरी देहायको कसुर पहिला पटक गर्नेलाई रु ५ सय रुपैया, द्वितीय पटक उलङ्घन गर्नेलाई रु १ हजार, तृतीय पटक वा सोभन्दा बढी ट्राफिक नियम उलङ्घन गर्नेलाई रु १ हजार ५ सय रुपैयाको जरिवाना यातायात नियन्त्रण वा घटिमा सहायक प्रहरी निरीक्षसम्मको अधिकृतले अधिकार प्रत्याजोन गरिएको छ । ट्राफिक नियम उलङ्घन गरी सवारी चलाएको, सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको, सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनी संकेत दिएको, सडकमा गलत दिशाबाट तर्फबाट सवारी चलाएको, एकतर्फि सडकमा सो विपरीत सवारी चलाएको, अवस्था ठीक नभएको सवारी चलाएको, निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएको, राती बत्ती नबाली सवारी चलाएको, मादक पदार्थ सेवन गरी सवारी चलाएको, अरूलाई बाधा पुग्ने गरी सार्वजनिक स्थानमा सवारी राखेको, सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको, नम्बर प्लेट नराखी सवारी चलाएको, सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा निर्धारित वजनभन्दा बढी वजनको सवारी चलाएको, पेटी नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएको, सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हदभन्दा बढी राखी सवारी चलाएको, सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेको, निर्धारित भाडा दरभन्दा बढी भाडा लिई सवारी चलाएको, लापरवाही साथ सवारी चलाएको, बाटो इजाजतपत्र नलिई सार्वजनिक सवारी चलाएको, चालक अनुमतिपत्र साथमा नराखी सवारी चलाएको अवस्थामा ट्राफिक प्रहरीले कानुनी दायरामा ल्याउँछ ।
 ट्राफिक उलङ्घन कर्ताहरुलाई कुन–कुन साजयको व्यवस्था छ ?
ट्राफिक नियम तथा सवारी सधानको सञ्चालन नियन्त्रण सम्बन्धमा प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ तथा सवारी तथा यातायात सेवासँग सम्बन्धित सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय गरी तत्काल गरिने कारवाही तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, याताया व्यवस्था कार्यालयहरुबाट व्यवस्था भएका ऐन, नियमावली, आचारसंहिता, कार्य विधिमा तोकिएका नियमको आधारमा सजाय हुने व्यवस्था छ ।
यस आर्थिक वर्षमा कुन–कुन साधानबाट हालसम्मका कति राजश्व संकलन भएको छ ?
आर्थिक वर्ष २०७८/२०७९मा यस जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले श्रावण र भाद्र महिनामा जम्मा कारवाही संख्या ६१७ वापत रु ३ लाख ९४ हजार ५ सय राजश्व प्राप्त भएको छ । कारवाही पर्ने सवारी साधनहरू ट्रक ५४ वटा, बस ५३ वटा, जीप, कार,भ्यान १३९ वटा, ट्याक्ट ८७ वटा, मोटर साइकल २१४ वटा, ट्याम्पो अन्य ७० वटा सवारी साधानहरुले ट्राफिक नियम उलङ्घन गर्ने सवारी साधनहरू कारवाहीमा परेको ट्राफिक कार्यालय रोल्पामा रेकर्ड रहेको छ ।
 यस कार्यालयमा जनशक्ति र स्रोत साधानको अवस्था के छ ?
जिल्ला ट्राफिक कार्यालय रोल्पाको प्रमुख आफै स्वयम प्रहरी सहायक निरीक्षक १ जना र प्रहरी जवान ४ जना र अस्थायी ट्राफिक प्रहरी पोस्टमा प्रहरी हवाल्दार १ जना, अस्थायी ट्राफिक प्रहरी पोस्ट होलेरीमा प्रहरी जवान २ जना, अस्थायी ट्राफिक प्रहरी पोस्ट घर्तिगाउँमा प्रहरी जवान १ जना, प्रहरी चौकी दारबोटमा प्रहरी जवान १ जना, अस्थायी ट्राफिक प्रहरी पोस्ट सातदोबाटोमा प्रहरी जवान १ जना गरी ११ जना जनशक्ति रहेको छ । स्रोत साधनको हकमा ट्राफिक प्रहरीले नियमित प्रयोग गर्ने आवश्यक सामाग्रीहरू स्केच व्याग, ट्राफिक कोण, म्याजिक लाइट, कालो रोसेन्ट जकेट, व्रेथलाइजर कार्यालय प्रयोजनका अन्य सामाग्रीहरू छन् ।
 कार्यालयले कुन–कुन निकायहरुसँग ट्राफिक सचेतना फैलाउँदै छ ?
जिल्लाभित्रका यातायात सेवासँग सम्बन्धित निकायहरू, जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय रोल्पा, स्थानीय तहहरू, वडा कार्यालय, यातायात व्यवसायी, यातायात समिति, वर्कशप सञ्चालनक, सडक कार्यालय, स्वास्थ्य कार्यालय, रोल्पा अस्पताल रेउघा तथा सम्बन्धित ट्राफिक प्रहरी र सवार तथा यातायात सेवासँग सम्बन्धित निकायहरुसँग समन्वय र सहकार्य गरी दुर्घटना रहित यातायात सेवा सञ्चालन गर्नका लागि पहल गर्दै अगाडि बढेका छौं । जनचेतनामुलक कार्यक्रमहरू सञ्चाल विद्यालयहरुमा ट्राफिक नियमसँग सम्बन्धित कक्षा सञ्चालन, सडक प्रयोगकर्ताहरुलाई कक्षा सञ्चालन, कोभिड सङ्क्रमणलार्य मध्यनजर गर्र्दै मास्क वितरण, छलफल तथा अन्तरक्रिया, प्रचा, पम्पलेट, पोस्ट टाँस तथा वितरण, चालकसँग एक मिनेट इत्यादी कार्यक्रमहरू नियमित रुपमा सञ्चालन भइरहेका छन् ।
 जिल्लामा कानुन विपपरित चालक अनुमति पत्र नभएका, चोरी बाइक, सवारी सधानहरू ‘बस, जीप’मा क्षमताभन्दा बढि यात्रु राख्ने जस्ता गरै जिम्मेवारी कार्य गर्दा पनि ट्राफिक आँखा चिम्लिएर बसेको भन्ने नागरिकको गुनासो छ ?
आम जनगुनासोलाई मध्यनजर गर्दै हामीले ट्राफिक प्रहरी तथा जनपद प्रहरीले नियमित रुपमा सवारी सधानहरू चेकजाँच, गोप्य सूचनाहरू संकलन, चोरीका सवारी साधनहरू नियन्त्रण गरी सम्बन्धित धनीको खोजतलास गरी हस्तान्तरण गर्ने, धनी नखुलेका सवारी साधनहरुलाई सम्बन्धित यातायात कार्यालय तथा भन्सार कार्यालयहरुमा परिपत्र गरी पठाउँदै अएका छौं । रोल्पा जिल्ला भौगोलिक रुपमा पहाड तथा सडक पूर्वाधार निर्माणको दृष्टिकोणले कम विकास भएकोले सवारी चाप कम छ । तर, बाटो अप्ठ्यारो, सवारी कम, यात्रु संख्या बढी भएकोले जनगुनासो आएको हो । यस कुरालाई विशेष ध्यान दिँदै मैले अगाडि नै सम्पूर्ण कुराहरू ट्राफिक व्यवस्थापन सुरक्षा योजना तय गरी सकेको छु ।
 ट्राफिक प्रहरी आर्थिक प्रलोभनमा परहेको सरोकारवाला निकायको गुनासोप्रति कार्यालयको धारणा के हो ?
ट्राफिक प्रहरी आर्थिक प्रलोभनमा परेको सम्बन्धमा हामीले आर्थिक शुन्य सहनशिल्तालाई अक्षरह कार्यान्वयन गर्ने र गराउने तथा प्रत्येक जिल्ला ट्राफिक तथा प्रदेश ट्राफिक प्रमुखहरुले हरेक चेकजाँच तथा अनुगमन गर्ने, चेकजाँच तथा अनुगमनको क्रममा आर्थिक प्रलोभन लेनदेन तथा बार्गेनिङ सम्बन्धि कार्य गरेको पाइएमा वा आम सर्वसाधरण नागरिकहरुबाट सो सम्बन्धि ट्राफिक प्रहरी कर्मचारी विरुद्व उजुरी/गुनासो प्राप्त भएमा तत्काल कायरत स्थानबाट हटाई प्रहरी ऐन, नियमावली बमोजिम कारवाही गर्ने रणनीति सहित कार्य सम्पादन गर्दै आएका छौं ।
 जिल्ला ट्राफिक कार्यालयलाई सेवा प्रभावकारी बनाउन सरोकारवाला निकायहरुको भूमिका कस्तो रहेको छ ?
जिल्ला प्रहरी कार्यालय रोल्पामा म करीव २ महिना ६ दिनदेखि कार्यरत छु । ट्राफिक प्रहरी भनेको प्रहरीमा Ambester Of Nepal Police को रुप्मा (प्रहरी राजदुतका) रुपमा चिनिन्छ । विशेष गरी यस जिल्लामा यातायात सेवासँग सम्बन्धित सरोकारवाला निकायहरू, स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राजनीतिक दल, जनप्रतिनिधि, यातायात व्यवसायी विभिन्न संघसंस्था, सञ्चारमाध्यम तथा आम नागरिकहरुको सकारात्मक सहयोग महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । आगामी दिनम पनि ट्रापिक सेवालाई प्रभावकारी बनाउनका लागि सोही अनुसार सक्रिय भुमिका निर्वाहका लागि म पुनः अनुरोध गर्दछु ।
 सेवा प्रवाहमा कस्ता समस्याहरू भोग्नु परेको छ ?
जिल्लामा सागुरो सडक, बसपार्कको अभाव, अटोको मापदण्ड पूरा नगरी चाउने, हेल्मेटको प्रयोग सहि रुपमा नगर्ने, अव्यवस्थित पार्किङ, व्यवस्थित शहरीकरण नहुनु, पुराना साधनहरुको प्रयोग जस्ता कार्यहरुले ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएका छन् । तमाम समस्याका हुँदा हुँदै पनि जिल्ला ट्राफिक कार्यालय रोल्पाले अहोरात्र ट्राफिक नियमलाई कार्यान्वयन गर्दै आएको छ ।
 आगामी दिनमा कस्ता योजना तय गर्नुभएको छ ?
कार्यालयबाट प्रवाह हुने सेवालाई निरन्तरता दिँदै चाडपर्वलाई मध्यनजर गर्दै एकीकृत सुरक्षा कार्य योजना तय भएका छन्, जसमा चाडपर्व सुरक्षा कार्य योजना, जनचेतना कार्यक्रम, यातायात सेवालाई छिटो, सरल पहुँच पु¥याउन, दुर्घटना रोकथाम दुर्घटनाबाट पीडित पक्षयलाई क्षतिपूर्ति दिलाउन, विमा व्यवस्थापन, सर्वधारण् जनतालाई सरल एवम् सुलभ ढंगबाट यातायात सेवा सुविधा उपलब्ध गराउन र यातायात सेवालाई वृद्धि,सहरानीय तथा प्रभावकारी बनाउन रोल्पा जिल्लाभित्रका ट्राफिक प्रहरी आश्र्रालयबबबबाट उपलब्ध हुने सेवा सुविधालाई मध्यनजर गर्दै हाम्रो कार्यालय योजना सहित अगाडि बढेको छ ।
 व्यवसायी र नागरिक स्तरबाट के–के कुरामा ध्यान पु¥याउन आवश्यक छ ?
आम ट्राफिक नियमहरू पालना गर्दा नागरिकहरुर्ला नै फाइदा हुन्छ । सवारी साध चलाउँदा विशेष गरी हेल्मेटको सही प्रयोग, सिट क्षमताभन्दा बढी यात्रु भएको सवारी प्रयोग नगर्ने, चोरीका सवारी साधनहरू प्रयोग नगर्ने, सवारी सधान चलाउँदा प्रहरीले खोजेको अवस्थामा देखाउनुपर्ने कागजातहरू लाइन्सेस, बिलुकक, जाँचपास, इजाजत पत्र, पटके, भन्सार पास इत्यादी कुराहरू साथमा राखी सवारी प्रयोग गरौं । सडक अनुसान, जथभावी बाटो क्रस नगर्ने, जथाभावी सवारी साधनहरुको मोडिकेशन नगर्ने, दुर्घटना धेरै दुःखत क्षण भएकाले आम नागरिकहरुले यस बारेमा जानकारी राख्न अत्यान्त आवश्व छ ।
नागरिकले कार्यलयमा सम्पर्कको माध्यम के हो ?
आम नागरिकले जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पा लिबाङको टुडिखेल स्थित पुरानो जिल्ला प्रहरी कार्यालय रोल्पाको (Control Room) हाल हाम्रो कार्यालयमा सम्पर्क राख्न सक्नु हुन्छ । त्यसैगरी कार्यालयको फोन नम्बर ९८६६५२५९२२ तथा ट्राफिक कन्ट्रोल नम्बर १०३, प्रहरी कन्ट्रोल नम्बर १०० मा सिधा सम्पर्क गर्न सक्नु हनेछ ।
जिल्ला स्थित सरोकारवाला निकाय र जिल्लाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
सरोकारवाला निकाय र आम जिल्लाबासीहरुमा म के भन्न चाहन्छु भने सडकमा हुने दुर्घटनाको परिणाम हृद्यविदारक हुने गरेको छ । यसको न्युनिकरणको लागि आवश्यक कदम सबैको तर्फबाट चाल्न अनिवार्य देखिन्छ । वर्षनी रुपमा हुने धनजनको क्षति आगामी दिनमा नहोस् भन्नका लागि सबै सरोकारवाला निकायहरू सजक र जिम्मेवारी हुनु पर्छ । सडक दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष भुमिका रहेता पनि अन्य सरोकारवाला सम्बन्धित निकाय र आम नागरिक दाजुभाइ, दिदि बहिनीहरुले यसमा आ–आफ्नो तह र तप्काबाट जिम्मेवारी पूरा गर्न अपरिहार्य छ । यसो गरेमा मात्र ट्राफिक प्रहरीलाई आफ्नो कार्य सम्पादनमा सहजता भई दुर्घटना न्युनिकरणमा सफल मिल्नेछ ।
अन्तिममा केही कुरा छुटेका छन्, कि ?
समय सापेक्ष कानुनको निर्माण तथा कार्यान्वय आधुनिक प्रविधिको प्रयोग सडक तथा यातायातको सञ्जालको व्यवस्थित विस्तार, जनचेतना अभिवृद्धि तथा धारणामा परिवर्तन भएमा मात्र यातायात सेवालाई सहज, सरल, पहुँच योग्य बनाउन सकिन्छ । साथै नजिकिदै आएको नेपालीहरुको महान चाड वडादशैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदिबहिनी समस्त नागरिकहरुमा मेरो कार्यालयको तर्फबाट र व्यक्तिगत तर्फबाट हार्दिक–हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । अन्तिममा जिल्ला ट्राफिक कार्यालय रोल्पाको गतिविधिहरू, चाडपर्व विशेष एकीकृत सुरक्षा योजना, आगामी योजना लगायतका विषयवस्तुमा आम पठकसम्म विचार पु¥याउने अवसर दिएकोमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको सम्पूर्ण टिमप्रति आभार प्रकट गर्दछु ।

You may also like