दादुरा–रुबेला खोपा अभियान सम्बन्धि पत्रकार र सरोकारवाला निकायसँग अन्तरक्रिया

२५ गते , माघ

लिबाङ–रोल्पा


आर्थिक वर्ष २०७६÷२०७७ यस जिल्लामा सञ्चालन हुने ‘दादुरा–रुबेला खोपा अभियान’ जिल्लाका पत्रकारहरु र सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम शनिबार लिबाङमा सम्पन्न भएको छ । अभियान जिल्लामा दुई चरणमा सञ्चालन हुने भएको छ ।
यस  जिल्लामा पहिलो चरमा सञ्चालन हुने ‘दादुरा–रुबेला खोप अभियान’ २०७६ साल फागुन महिनाको ४ गतेदेखि १२ गतेसम्म सुनिल स्मृति गाउँपालिका, लुङ्ग्री गाउँपालिका, सुनछहरी गाउँपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका अन्तर्गतका खोप केन्द्रहरुमा सञ्चालन हुँदै छ । भने दोस्रो चरणमा २०७६ साल फागुन महिनाको १९ गतेदेखि २७ गतेसम्म रोल्पा नगरपालिका, रुन्टीगढी गाउँपालिका, त्रिवेणी गाउँपालिका, गंगादेव गाउँपालिका, र थबाङ गाउँपालिका अन्तर्गतका खोप केन्द्रहरुमा अभियान सञ्चालन हुँदै छ । सोही अभियान सम्बन्धि जिल्ला पत्रकारहरु र सरोकारवाला निकायसँग जिल्ला खोप समन्वय समिति रोल्पाले अन्तर क्रिया कार्यक्रम सम्पन्न गरेको हो । विश्व स्वास्थ्य संगठन नेपालको डाक्टर पवन उपाध्याय, रोल्पा अस्पताल रेउघा मेडिकल अधिकृत डाक्टर अनिल के.सी र जिल्ला स्वास्थ्य कार्यालय रोल्पा कार्यालय प्रमुख जनस्वाथ्य अधिकृत अनिल के.सी.ले दादुरा–रुबेला खोप अभियान सम्बन्धि सहजिकरण गर्नुभएको थियो । उहाँहरुले जिल्लामा खोप अभियानलाई प्रभावकारी रुपमा सफल बनाउन सञ्चारमध्यमहरुको महत्वपूर्ण भूमिका रहेको हुँदा सोही अनुसार सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘यस अभियानमा ९ महिनादेखि ५ वर्षमुनिका बच्चाहरुलाई दादुरा–रुबेला रोग विरुद्धको खोप लगाइदै छ । भने दादुरा–रुबेला रोग विरुद्ध बच्चाले खोप लगाएका । तर, विभिन्न कारण खोप लगाउन छुटेका २ वर्षसम्मका बच्चाहरुलाई मात्र यो खोप लगाइने व्यवस्था छ,’ विश्व स्वास्थ्य संगठन नेपालको डाक्टर पवन उपाध्यायले भन्नुभयो । उहाँले भन्नुभयो,‘अहिलेसम्मको संघीय सरकारको निर्देशीका अनुसार पहिलो पटक दादुरा–रुबेला खोप लिएका बच्चालाई मात्र पुनः खोप दिन सकिने व्यवस्था छ । तर, यो सरकारले यो निर्देशिका परिवर्तन गरी ५ वर्ष मुनीका बच्चाहरुलाई पनि खोप दिन व्यवस्था भयो । ति बच्चाहरुलाई पनि दादुरा–रुबेला रोग विरुद्धको खोप प्रदान गर्न सकिन्छ ।’ उहाँले बच्चालाई खोप प्रदान गर्दै गर्दा समान्य र जटिल समस्या सम्बन्धि समेत सहजिकरण गर्नुभएको थियो । सहजिकरणमा यस जिल्लामा पहिलो दादुरा–रुबेला खोप बच्चाहरुले लिए पनि दोस्रो खोप नलिनको संख्या अत्याधि रहेको तथ्याङ्कमा प्रस्तुत गरिएको थियो ।
यसैगरी खोप जिल्ला फोकल पर्सन नोखराज पोख्रेलले भन्नुभयो,‘यस जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला त घोषणा गरौं । तर, अध्ययनले यस जिल्लाका बच्चाहरुमा अझै पनि दादुरा–रुबेला रोग कायम भएको हुँदा खोप कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्नु पर्दछ ।’ ‘यस जिल्लामा सञ्चालन हुने खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीतहहरुलाई र स्वास्थ्य चौकी इञ्चार्जहरुलाई बच्चा भएको घरमा कम्तिमा पनि १५ ओटा बच्चाहरुमा खोप लिएको वा नलिएको सर्वेक्षणका लागि जिल्ला खोप समन्वय समितिबाट निर्दशन भएको छ । मलाई विश्वास छ, उहाँहरुले प्रभावकारी सर्वेक्षण गर्नुभयो । भने यस जिल्लालाई व्यवहारिक रुपमा पूर्ण खोप जिल्ला घोषणा गर्न सफल बन्ने छौं,’ फोकल पर्सन पोख्रेल भन्नुभयो । अभियानलाई पूर्ण रुपमा सफल बनाउनका लागि यस जिल्ला स्थित रेडियो र साप्ताहिक पत्रिकाबाट व्यापक प्रचार प्रसार गरी जिल्लाबासीहरुमा पु¥याउने निर्णय समेत सर्वसम्मत पारित भएको छ । जिल्ला खोप समन्वय समिति रोल्पाको कार्य बाहक अध्यक्ष कर्मलाल परियारको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन अभियान फोकल पर्सन नोखराज पोख्रेले गर्नुभएको थियो । भने स्वागत स्वास्थ्य कार्यालय रोल्पाको कार्यालय प्रमुख जनस्वास्थ्य अधिकृत अलिन के.सी.ले गर्नुभएको थियो ।

You may also like