जनसत्ता र स्थानीयतहको सरकार उस्तै हो ः पूर्व प्रधानमन्त्री प्रचण्ड

मानसिंह बिक
२०७४ भाद्र ३१ गते रोल्पा
पूर्व प्रधानन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले जनयुद्ध थबाङलाई केन्द्रीय आधार इलाका बनाएर गरेको बताउँदै थबाङलाई नेपालको नमूना गाउँपालिका बनाउने बताउनुभयो । थबाङ गाउँपालिकाको प्रथम गाउँसभाको उद्घाटन गर्दै उहाँले शनिबार रोल्पाको थबाङमा भन्नुभयोः–“थबाङ एउटा आस्थाको धरोहर, विचारको प्रतिक हो, त्यसैले हाम्रै नेतृत्वमा थबाङलाई केन्द्र बनाउने गरी गाउँपालिका निर्माण ग¥यौँ, नमूना गाउँ पालिका बनाउनको लागि केन्द्रीय सरकार, पार्टीको तर्फबाट विगतमा पनि पहल गरेको थिए, आगामी दिनमा पनि गर्नेछु, तपाईहरु सबै एक भएर लाग्नुहोस् ।”
नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूको नेतृत्वमा सञ्चालन गरेको १० वर्षको जनयुद्धको मुख्य लक्ष्य जनताको राज्यसत्ता प्राप्तीको गर्ने भएको बताउँदै विगत जनयुद्धको बेलामा केन्द्रीय जनसत्ता थबाङबाटै घोषणा गरेको स्मरण गराउँदै तत्कालीन जनसत्ता र हालको स्थानीयतहको सरकार उस्तै भएको बताउनुभयो । उहाँले भन्नुभयो ः–“ विगतको जनयुद्धको समयमा मेरै नेतृत्वमा थबाङमा जनसत्ताको घोषणा गरेका थियौँ, हाम्रो त्यतिबेलाको जनसत्तालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मान्यता पाएको थिएन, हाल हाम्रै नेतृत्वमा बैधानिकता प्रदान गरेको छाँै । यो हाम्रो जनयुद्धको लक्ष्य पुरा भएको छ, अब जसरी भए पनि थबाङ गाउँपालिकाको विकासका निम्ती लाग्नुहोस् म पनि लाग्नेछु ।”
जनयुद्धका सर्वाेच्च कमाण्डर समेत रहेका प्रचण्डले आफूले नै सिकाए, स्कुलिङ गरेका नेकपाका कार्यकर्ताबाट थबाङ गाउँपालिकाका अध्यक्ष विरबहादुर घर्तीमगरलाई अपहरण गरेकोमा जनयुद्धको लक्ष्य प्राप्ती गर्नका लागि फुटेर होइन, जुतेर मात्रै क्रान्तिको वाँकी अभिभारा पुरा गर्न सकिने बताउँदै भन्नुभयोः–“ बिप्लबको नेतृत्वमा रहेको नेकपा माओवादीका कार्यकर्तारुले गाउँपालिका अध्यक्षलाई अपरण गरेका छन्, हामीसँगै लडेका साथीहरुहरुबाटै अपहरण परेकोले मलाई निकै पीडा भएको छ, त्यो राजनीतिक सँस्कार भएन, तपाईहरुले यसरी कायरता प्रर्दशन नगरी वीरबहादुर घर्तीमगर सिंगो थबाङका जनताको प्रतिनिधीलाई पर्काइ दिनुहोस् ।”
उहाँले विरबहादुर घर्तीमगर जनयुद्धकै एउटा कमाण्डर भएकाले जनतको सेवाको लागि आगामी दिनमा पनि काम गर्नका लागि जनताले निर्वाचित गरेको अध्यक्षलाई अपहरण गर्दा सिंगो थबाङ गाउँपालिकाका जनतालाई अन्याय भएको बताउनुभयो ।
स्थानीयतहको निर्वाचनपछि पहिलो पटक थबाङ पुग्नुभएका अध्यक्ष प्रचण्डले थबाङ विगतका आन्दोलनमा प्रतिकका रुपमा रहेको बताउँदै थबाङप्रति सधै आफ्नो सदभाव रहेको बताउनुभयो । उहाँले शान्ति प्रक्रियामा शहीदमार्ग कालोपत्रे, थबाङमा क्याम्पस निर्माण गर्न, थबाङको गाउँलाई नमूना बताउनको लागि बजेट विनियोजन गर्नका लागि पहल गरेको, थबाङमा तत्बन्धन निर्माणको लागि पहल पनि आफ्नै नेतृत्वमा भएको बताउनुभयो ।
उहाँले थबाङ एउटा सपना भएको बताउँदै थबाङ आस्थाको धरोहरलाई बनाउनको लागि नमूना गाउँ पालिका बनाउनको लागि आपूm निरन्तर लागि पर्ने र त्यसमा थबाङबासी जनताको साथ अनिवार्य आवश्यक रहेको बताउनुभभयो ।
उहाँले शहीदहरुको बलिदानबाट मात्रै जनयुद्धले यो उचाई हासिँल गरेको दावी गर्दै शहीदहरुको सपना कहिल्यै नभुल्ने बताउनुभयो । शहीद, घाइते, अपाङ्गहरुप्रति सम्मान व्यक्त समेत गर्नुभयो ।
थबाङको विकासका लागि आफू सधै सकरात्मक रहेको बताउँदै भन्नुभयोः–“विगतमा पनि म थबाङसँगै थिए, आज पनि पूर्व सांसद बरमान बुढामगरले रोल्पाको उत्तरी गाउँपालिका र रुकुमका पूर्वी गाउँपालिकालाई मिलाएर एउटा जिल्ला बनाएर थबाङ जिल्ला सदरमुकाम बनाइ दिएमा विकास हुने प्रस्ताव राख्नु भएको छ, म सकेसम्म पहल गर्नेछु ।”
यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनमगर ‘अनन्त’ ले थबाङ एउटा विगत जनयुद्धदेखि हालसम्म माओवादी आन्दोलनको केन्द्र भएकाले यसको विकास र सम्बृद्धका लागि माओवादी केन्द्रले नै गर्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द) का युवा तथा प्रभावशाली नेता अनन्तले थबाङलाई केन्द्र बनाएर गाउँपालिका निर्माणमा माओवादी केन्द्रले पहल नगरेको भए सम्भव नभएको जानकारी गराउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माओवादी केन्द्र आम राजनीतिक दलको सहमतिमा बनाउन पहल गरेको बताउनुभयो ।
अब मंसिर १० गते हुने संघीको निर्वाचनको लागि रोल्पाबाट संघमा उमेद्वारी दिने छलफल भइरहेको बेलामा थबाङको लागि विगत र वर्तमानमा निरन्तर थबाङसँगै रहेको बताउँदै आगामी दिनमा थबाङ र थबाङ गाउँपालिका एवं रोल्पालीको माझमै रहेर जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का पोलिट व्यूरो सदस्य दीपेन्द्र कुमार पुनमगर, जिल्ला समन्वय समिति रोल्पाका अध्यक्ष राजबहादुर बुढामगर‘अविनास’, नेपाली कांग्रेसका श्रीकुमारी रोका, नेकपा एमालेका हितबहादुर रोका, नेकपा (माओवादी केन्द्र)का रामधन रोका लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो । शुभकामना मनतव्यको क्रममा बक्ताहरुले थबाङ गाउँपालिका र थबाङबासीको जीवनमा आमूल परिवर्तको अपेक्षा रहेकोले त्यस कार्य पूरा गर्न सबैलाई शुभकामना व्यक्त गर्नुभएको थियो । साथै बक्ताहरुले गाउँपालिकाका अध्यक्षलाई विनाशर्त रिहाई गरिदिनका लागि अनुरोध समेत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनमगर, दुइखोली गाउँपालिका उपाध्यक्ष हितकुमारी बुढामगर, स्थानीय विकास अधिकारी सुशिल बैद्य, पत्रकार दिनेश सुवेदी लगायतको समेत आतिथ्यता रहेको थियो ।
प्रथम गाउँसभा गाउँपालिकाका उपाध्यक्ष रामकिरणी रोकामगरको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन कार्यकारी सुर्यलाल विकको सञ्चालन गर्नुभएको थियो भने स्वागत वडा अध्यक्ष फर्कबहादुर बुढामगरले गर्नुभएको थियो ।
गाउँपालिका विरबहादुर घर्तीको अनुपस्थितमा वडा अध्यक्ष बसन्त रोकामगरले नीति तथा बजेट प्रस्तुत गर्नुभयो । पुजीगत थबाङ गाउँपालिकाको आ.व. २०७४÷०७५ मा समानीकरण तर्फ १२ करोड १२ लाख २० हजार, सशर्त अनुदनतर्फ ४ करोड ३८ लाख ३१ हजार, नेपाल सरकारबाट जम्मा १६ करोड ५० लाख ५१ हजार रुपैया विभिन्न क्षेत्रमा विनिनियोजन गरेको छ ।
थबाङमा माओवादी केन्द्रका अध्यक्ष पुगेपछि थबाङबासी लगायत विभिन्न वडापालिकाबाट झाँकीले समेत स्वागत पञ्चेबाजाले गरेका थिए । फूलमालाले स्वागत गरेर कार्यक्रममा प्रवेश गर्नुभएका प्रचण्डले गाउँपालिका शहीदहरु परिवारलाई सम्मान गरेर रुकुम तर्फ लाग्नुभएको थियो ।

You may also like