५७ औं वार्षिक उत्सवको अवसरमा १९ गते रक्त समूह पहिचान

भाद्र ९ गते
लिबाङ–रोल्पा


जिल्लामा रक्त रञ्चार सेवा नियमित बनाउनको लागि जिल्लाका सरोकारवाला निकायहरुको बैठक आइतबार लिबाङमा सम्पन्न भएको छ । बैठकले रक्त सञ्चार नियमित बनाउने सरोकारवाला निकायहरु सक्रिय बन्ने जस्ता महत्वपूर्ण निर्णय पारित भएको छ । भए रक्तको अभावमा विरामी बाहिर जानु पर्ने अवस्था अन्त्य हुने भएको छ ।
उक्त बैठकमा जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राजबहादुर बुढाले रोल्पा अस्पतालमा रक्त सञ्चार र आवश्यक जनशक्ति नहँुदा रगतको अभावमा विरामी अस्पतालबाट बाहिर पठाउनुपर्ने बाध्यता छ भने अब अस्पतालमा नियमित रक्त सञ्चार र आवश्यक जनशक्तिको व्यवस्थापन भए रगतको अभावमा विरामी जिल्ला बाहिर पठानुपर्ने बाध्यत्मक अवस्था अन्त्य हुने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाटी जिल्लाका सरोकारवाला निकायहरुको पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उहाँले आवश्यकता औल्याउनुभयो । रोल्पा अस्पताल हाल १५ सौयाको सेवाका स्वीकृत प्राप्त गरेको छ तर अस्पताले ५० सौयाको सेवा प्रदान गर्दैै आएको हुँदा अब प्रदेश सरकारबाट ५० सौयाको सेवा स्वीकृत प्राप्तका लागि पहल गर्दै आएको जि.स.स. रोल्पा प्रमुख बुढाले बाउनुभयो । उहाँले भन्नुभयो–“म केही दिनभित्रै प्रदेश सरकरबाट रोल्पा अस्पताल रेउघमा ५० सौयाको स्वीकृतका लागि जादैछु भने जलजला बहुमुखी क्याम्पसको भवन हस्तारणकै विषयमा संघ सरकारसँग पहलका लागि काठमाण्डौं जादै छु ।” अब जिल्लाको पहिचान बोकेको रोल्पा अस्पताल र जलजल बहुमुखी क्याम्पसको सक्रिय नबन्दासम्म कहिले पनि समास्याको समाधान अन्त्य नहुने धारणा उहाँले व्यक्त गर्नुभयो ।


त्यसैगरी रोल्पा अस्पतालमा रक्त सञ्चार नियमितका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको ५७ औं वार्षिक उत्सवको अवसरमा २०७६ साल भाद्र महिनाको १९ गत्तेका दिन रक्त समूह पहिचान, उक्त कार्यक्रममा आवश्यक जनशक्ति व्यवस्थापनमा रोल्पा अस्पतालसँग समन्वय गर्ने निर्णय बैठकले निर्णय पारित गरेको छ । साथै आवश्यक अनुसार आकस्मिक रक्त सञ्चार सेवा उपलब्धका लागि जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, कर्मचारी, जलजल बहुमुखी क्याम्पसका विद्यार्थीहरुको रक्त समूह उपलब्ध गराउन अनुरोध गर्ने, रक्त सञ्चार सेवाका लागि आवश्यक सामाग्री खरिदको व्यवस्थापनका लागि रोल्पा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको समन्वय र पहल गर्ने निर्णयहरु पारित भएका छन् ।

बैठकमा रोल्पा नगरपालिका कार्यालय रोल्पाको नगर प्रमुख पुर्ण के.सी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्लाको अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, नेपाल काँग्रेस रोल्पा जिल्लाको कार्यबाह सभापति किशोर कुमार आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्मा, खड्गदल गण रोल्पाको प्रतिनिधि नवराज श्रेष्ठ, जिल्ला प्रहरीक कार्यालय रोल्पाको प्रनितिधि लिलाराम आचार्य, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौं जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपाने, संस्थापन अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेमबहादुर बुढामगर लगायतका सरोकारवाला निकायहरुको सहभागिता थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको सभापति डी.वी टुहुरोको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन मोकर्ण पुनमगरले गर्नुभएको थियो भने धन्यवाद उप सभापति टिका कुमारी बुढाले गर्नुभएको थियो ।

You may also like