विबेकशील नेपालको रोल्पामा केन्द्रीय विधान तथा नीति सम्मेलन

 

रोल्पा समाचारदाता
असार ७ रोल्पा

 


पहिलो पटक रोल्पा जिल्लामा विबेकशील नेपालले केन्द्रीय विधान तथा नीति सम्मेलन गर्ने भएको छ । यही असारको १३, १४ र १५ मा गर्ने तयारी गरेको छ ।
शनिबार रोल्पा समाचार साप्ताहिकसँग कुरा गर्दै विवेकशील नेपालका प्रदेश नं. ५ का अध्यक्ष एवं विधान तथा नीति सम्मेलनका संयोजक शिवप्रसाद थापाले रोल्पा जिल्लामा पहिलो पटक केन्द्रीय सम्मेलन गर्न लागिभएको कुरा जानकारी दिनुभयो । रोल्पामै किन ? भन्ने रोल्पा समाचारको जिज्ञाशामा भन्नुभयोः–“ विबेकशील नेपाल गाउँ गाउँमा जान चहान्छ, रोल्पा जनयुद्धको बेला जुर्मुराएको जिल्ला हो, यो राजनीतिक सचेतना भएको जिल्लाबाटै हामीले पनि केही सिक्नु पर्दछ भन्ने हो, दोश्रो कुरा रोल्पा जिल्ला जनयुद्धको बेलामा अशान्ति, द्वन्द्वको मारमा थियो हाल देशैभरीका साथीहरुबाट रोल्पामा शान्ति भएको सन्देश प्रवाह गर्ने हो ।”
रोल्पा जिल्लामा राजनीतिक हिसावले निकै सचेतना भएको जिल्लामा विवेकशील नेपालले आफ्नो नीति तथा विधान सम्मेलन गर्नुलाई अर्थपूर्ण रुपमा हेरिहएको छप । देशैभरीका प्रतिनिधीहरुको उपस्थितिमा हुने कार्यक्रमबाट के कस्ता नीति तथा विधान पारित गर्दछ भन्ने सबैको चासोको विषय नै बनेको छ ।

You may also like