रोल्पामा जीप दुर्घटना : २ को मृत्यु, १२ घाइते

रोल्पा २४ मंसिर ।  रोल्पाको पाँङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने थप १२ जना घाइते भएका छन् । सुलिचौरबाट पाँङको लागि छुटेको लु १ च ५६२५ नम्बरको जीप गएराति दुर्घटनामा परेको थियो ।

घटनामा परि पाङ–९ का १७ वर्षका गणविर खत्री र गुम्चाल निवासी २५ वर्षे सोहि जीपका सहचालक रहेको राप्ती अंचल प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाइते मध्ये सात जनाको अवस्था गंभिर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई रोल्पाको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको राप्ती अंचल प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

जीपका चालक भने घटना लगतै फरार रहेको प्रहरीले बताएको छ ।

You may also like